विकासन्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दैनिक १८ घण्टा सञ्चालन, रात्रिकालीन उडानका लागि तयार

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । गत जनवरी १ तारिखदेखि औपचारिक रुपमा उद्घाटनमा आएको क्षेत्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएकोे हो । विमानस्थलमा इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ । विमानस्थलका प्रमुख विक्रम गौतम आइएफआर प्रणाली जडान भएसँगै दैनिक १८ घण्टा सञ्चालनमा आएको जानकारी दिए । उनका अनसार बिहान ६ बजेदेखि साँझ १२ बजेसम्म विमानस्थल खुला रहनेछ । विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताए । ‘एआइपी प्रकाशन भएको बिहीबार ४२ दिन पुग्दैछ, हामीले यसको जानकारी कम्पनीलाई दिएका छौँ, यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागिसमेत परिपक्क भएको छ’, उनले भने । यसअघि एआइपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रिकालीन उडानका लागि समय पर्खिनुपरेको बताइन्छ । हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ । विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् । बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको जनाएको छ । बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् । हाल दैनिक १० उडान गर्दै आएको बुद्धले मार्च ९ तारिखदेखि २ वटा रात्रीकालिन उडान गरी दैनिक १२ वटा उडान गर्ने जनाएको छ । हाल साँझ ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने विश्वास छ । यसबाट पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन । पोखरा विमानस्थलका प्रमुख गौतमले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकसँग कूटनीतिक पहलका लागि आफूले प्रधानमन्त्रीसँग समेत आग्रह गरेको बताए ।

सार्वजनिक सवारी साधनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् उपत्यकाका यात्रु

काठमाडौं । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ । प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मङ्सिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए् । ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए । त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो । क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ । रासस

बजार खुलेको डेढ घण्टामा ४८ अंकले घट्यो सेयर बजार

काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ । यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।

गौतमको अध्यक्षतामा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको छ । उक्त संघमा अध्यक्षको रुपमा रहेका कृष्ण प्रसाद गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका हुन् । संघको कार्यकाल तिन वर्षको हुने गर्दछ । अध्यक्षको उम्मेदवारमा हालका अध्यक्ष कृष्ण प्रसाद गौतमले प्यानलको घोषणा गरेका छन् । उक्त घोषणा बानेश्वरको एक होटलमा गरेका थिए । उक्त टिममा बरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उापध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषण गरेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए । उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशानै धर्मसंकटमा रहेको हुदाँ यसका लागि निर्माण व्यवसायीहरुको सुझाब अनुसार सधै लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।

आर्थिक संकटमा पाकिस्तान, मूल्यवृद्धि ४८ वर्षकै उच्च

एजेन्सी । कराँचीदेखि लाहोरसम्म गरिब मानिसहरूले मुद्रास्फीतिका कारण आधारभूत पीडा भोगिरहेका छन् । सरकारले पछिल्लो समय ३ अर्ब डलर विदेशी मुद्रा जोगाउन आयातमा रोक लगाएपछि हजारौं खाद्यान्न कन्टेनर बन्दरगाहमा अड्किएका छन् । गत महिना दक्षिणपूर्वी सिन्ध प्रान्तमा अनुदानको पीठो वितरण गरिरहेका बेला भागाभाग भएपछि एक व्यक्तिको मृत्यु समेत भएको थियो । मुद्रास्फीति ४८ वर्षकै उच्च बिन्दुमा पुगेपछि सहुलियतयुक्त खाद्यान्न किन्न खोज्ने मानिसहरूलाई दबाब परेको छ । मानिसहरुलाइ भान्छाकै आधारभूत आवश्यकता टार्न समस्या भएको सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । यस्तो कठिन समय कहिल्यै नदेखेको मानिसहरुले बताइरहेका छन् । धेरै साना व्यवसाय सञ्चालकहरूले विश्वव्यापी महामारीको दुई वर्षको संघर्ष पछि सन् २०२२ पुनःउत्थान वर्ष हुने अपेक्षा गरेका थिए । तर मुद्रास्फीति, अर्थिक मन्दी, आपूर्ति श्रृंखलामा समस्या र बेरेजगारीदरमा भएको विकासले समस्याहरु घट्ने होइन वृद्धि हुँदै गएका छन् । देशको क्रेडिट रेटिङ चार महिनामा दुई पटक फिच रेटिङ्स र दीर्घकालीन डलर बन्ड ट्रेडले संकटग्रस्त स्तरमा डाउनग्रेड गरेको छ । सयौं सूचकांकहरुले पाकिस्तान पछिल्लो दशकमा सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको विश्लेषकहरुले औंल्याएका छन् । विद्युत् कटौतीले देश अँध्यारो हुँदैछ । पूर्व नेतालाई सडकमा गोली हान्ने काम भएको छ । आर्थिक, मानवीय र राजनीतिक संकटमा पाकिस्तान निकै नजिक पुगिरहेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति ५.५ अर्ब डलर रहेकोले देशको कुल तरल विदेशी सञ्चिति फेब्रुअरी १०, २०२३ सम्ममा ८.७० बिलियन अमेरिकी डलर थियो । जुन घट्ने क्रम जारी छ । राजनीतिक उथलपुथल र आतङ्कवादले पनि समस्यालाई बढाउने काम गरेको छ । पाकिस्तानले आफ्नो अर्थमन्त्रीलाई बदल्ने क्रम जारी राखेको छ । भर्खरैका आतंकवादी हमलाहरूले लगानीकर्ताहरूलाई त्रसित बनाएका छन् । लगानीकर्ताहरुमा चरमपन्थले फेरि जरा गाड्दैछ भन्ने चिन्ता भएको प्रतिक्रिया दिएका छन् । अपदस्थ प्रधानमन्त्री खानसँगको अन्तहीन द्वन्द्वबाट विचलित सरकार र लामो समयदेखि राष्ट्रको राजनीतिमा धेरै प्रभाव पार्ने सेना पनि समस्यामा थपिएको छ । नोभेम्बरमा विरोध जुलुसको नेतृत्व गर्ने क्रममा खुट्टामा गोली लागेका खानले नयाँ राष्ट्रिय चुनावको लागि जोड दिइरहेका छन् । जलवायु परिवर्तनको असरले पनि देशलाइ थप समस्यातर्फ धकेलेको छ । गत ग्रीष्ममा बाढीले देशको एक तिहाइ भागलाइ डुबाएको थियो । जसमा १७ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो भने लाखौं विस्थापित भएका थिए । आर्थिक वृद्धिदर आधाले घट्न पुगेको छ । गत महिना विद्युत् कटौतीले देशका ठूला–ठूला सेवाहरू २४ घण्टासम्म बन्द हुने अवस्थाको सिर्जना भयो । मोबाइल सेवाहरू अवरुद्ध भए र ग्रामीण क्षेत्रका अस्पतालहरू अन्धकारमा सञ्चालन गर्नपर्ने अवस्था सिर्जना भयो । विश्लेषकहरूले पाकिस्तान अझै पनि समस्यालाइ समाधान गर्न सक्ने बताएका छन् । वाशिङटनमा काउन्सिल अन फरेन रिलेसनका आर्थिक नीति विशेषज्ञ ब्राड सेट्सरले देशले आफ्नो भुक्तानीको ‘गम्भीर रिप्रोफाइलिंग’ मा वार्ता गर्नुपर्ने बताएका छन् । अधिकतम पश्चिमी ऋणदाताहरूको समूह, अइएमएफ र चीनलाइ भुक्तान गर्नुपर्ने ऋण करिब ३० बिलियन डलर पुगेको छ । समस्याहरु बढ्दै गएपनि त्यसको समाधानका लागि पाकिस्तानसँग नयाँ नीति तथा कार्यक्रम देखिएको छैन । वर्षौंदेखि पाकिस्तानको आर्थिक समस्याले परिचित ढाँचालाई नै पछ्याइरहेको छ । आयातमा निर्भरता र डलरको न्यून प्रवाहले बारम्बार भुक्तानी सन्तुलनको संकट कायम छ । देशले विदेशी मुद्रा अम्दानी गर्न नसक्ने ऋणको थुप्रो पनि लिएको छ । विशेष गरी निर्यातको मात्रा बढाउन असफल भएका पावर प्लान्टहरूमा चिनियाँ लगानी गरिएका छन् । इन्धन मूल्यको विषय पाकिस्तानमा विवादास्पद मुद्दा हो । २०२२ मा तत्कालीन प्रधानमन्त्री इमरान खानले डिजेल र पेट्रोलको मूल्य घटाए र स्थिर मूल्य गर्ने प्रयत्न गरेका थिए । खानको पपुलिस्ट कदमले वर्तमान संकटको लागि आधार तयार गर्न मद्दत गरेको विश्लेषकहरुको भनाइ छ । विश्वव्यापी ऋणदाताहरूको मिश्रण विविधीकरण हुँदै जाँदा, चीनसँग सार्वभौम ऋणको पुनर्संरचनाको लागि प्रणाली परिवर्तन गर्न लबिङ भइरहेको विश्लेषकहरुले बताएका छन् । जसले सामान्यतया बहुपक्षीय ऋणलाई छुट दिन्छ । विश्व बैंक र अन्यले बेइजिङको मागलाई भने अस्वीकार गरेका छन् । पाकिस्तानलाई यसै हप्ता चीनले सात सय मिलियन अमेरिकी डलर ऋण दिने तयारी गरेको छ । सो ऋणले तत्काल केही वैदेशिक सामग्री खरिदका लागि राहत हुने अनुमान गरिएको छ । विश्व बैंकको तथ्याङ्क अनुसार सन् २०१० र २०२० को बीचमा गरिब राष्ट्रहरूको वैदेशिक ऋण दोब्बरले बढेर ८६० अर्ब डलर पुगेको छ । महामारी पछि धेरै गरिब राष्ट्रहरुले ऋण भुक्तान गर्न सकिरहेका छैनन्, किनकि ब्याजदर निकै माथि पुगेके छ । बलियो डलरले गरिब राष्ट्रहरुको मुद्रालाइ कमजोर बनाइरहेको छ । ऋणले डुबेका अन्य देशहरूमा पनि यस्तै प्रकारका समस्याहरु देखिएका थिए ।

नेपाल क्लियरिङ हाउसले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।  

वित्तीय संकटमा गुण एयर, क्यानको टिम अडिटका लागि जाँदै

काठमाडौं । वित्तीय संकटमा परेको भन्दै ग्राउण्डेड गरिएको गुण एयरको फाइनान्सियल अडिट हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको वित्तीय अवस्थाको बारेमा जानकारी लिन फाइनान्सियल अडिट गर्न लागेको हो । गुणको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेपछि मात्र नियमित उडानको विषयमा थप निर्णय हुने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘फागुन १ गतेदेखि नै गुणले सम्पूर्ण उडान बन्द गरेको थियो, उडान बन्द गरेसँगै हामी कहाँ कर्मचारीहरुले गुनासो गरेका थिए, गुनासो आउना साथ फाइनान्सियल अडिटको तयारी थियो’, उनले भने, ‘उडान सुरक्षालाई ध्यानमा राख्दै हामीले अडिटभन्दा अगाडि ग्राउण्डेड गर्यो, आज वा भोलिसम्म हाम्रो टोली अडिटमा गैसक्छ ।’ गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मत सम्भार तथा क्यानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने उनको भनाइ छ । अडिट टोलिले वित्तीय अवस्था, कर्मचारीको मानसिकता, तलब सुविधालगायतका विषयमा केन्द्रीत हुने जनाएको छ । ‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा एनलाइसीस गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, क्यानको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’ २०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रिक एयरको नाम फेरेर गुण बनाएका थिए । साढे ४ करोड बक्यौता गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने रकम भुक्तानी नगरेको हो । एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तरगत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चीत कालका लागि गुणको उडान बन्द गरेको छ । लामो समयदेखि कर्मचारीहरुलाई समेत सेवा सुविधा (तलब) दिन नसकेको गुनासोपछि क्यानले सुरुवाती चरणमा उडान बन्द गरिएको जनाएको छ । नियमित रुपमा सेवासुविधा नपाउँदा हवाई सुरक्षामा असर पर्ने देखेर उडान बन्द गरिएको क्यानका प्रवक्ता नरौला बताउँछन् । फागुन १ गतेदेखि गुणले उडान रोकेको थियो । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् । बाहिर आएको हल्लाजस्तो वित्तीय अवस्था खराब नभएको गुणले जनाएको छ । क्यानले कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै ग्राउण्डेड गर्दा गुणले भने बाहिर आएका कुरामा सत्यता नभएको दाबी गरेको छ । गुण एयरका प्रवक्ता तथा मार्केटीङ प्रमुख प्रज्वल थापाले नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिईएको बताए । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे । ‘हामीले सोमबारदेखि जहाज मर्मत सकेर नियमित रुपमा उडान सुचारु गर्ने तयारीमा थियौँ, तर क्यानले तलब नदिएको भन्दै उडान रोक्यो,’ उनले भने, ‘क्यानको अडिट टोलीले अडिट गरेपछि हामी नियमित रुपमा उडान सुरु गछौँ ।’ ‘एक साताभन्दा बढी समयदेखि उडान नहुँदा नियामक निकायले चासो देखाउनु स्वभाविक हो, जहाज मर्मत भैसकेको छ, क्यानको अनुमति पाएसँगै १८ सिटे जेटस्ट्रिम जहाजबाट उडान सुरु भैहाल्छ’, उनले भने । उनले ५ वटा जहाज बिक्री प्रक्रियामा रहेको समेत बताए ।

कोरियाली प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

  विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपांगता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनीहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए । कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उनीहरूको भनाइ छ । कला, शिक्षा तथा कानुन संकायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ । विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, यसमा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा संकायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ । रासस