गौतमको अध्यक्षतामा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

<p>काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको छ । उक्त संघमा अध्यक्षको रुपमा रहेका कृष्ण प्रसाद गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका हुन् [&hellip;]</p>

काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको छ ।

उक्त संघमा अध्यक्षको रुपमा रहेका कृष्ण प्रसाद गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका हुन् । संघको कार्यकाल तिन वर्षको हुने गर्दछ । अध्यक्षको उम्मेदवारमा हालका अध्यक्ष कृष्ण प्रसाद गौतमले प्यानलको घोषणा गरेका छन् । उक्त घोषणा बानेश्वरको एक होटलमा गरेका थिए ।

उक्त टिममा बरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उापध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषण गरेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए ।

उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशानै धर्मसंकटमा रहेको हुदाँ यसका लागि निर्माण व्यवसायीहरुको सुझाब अनुसार सधै लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।

Share News