समृद्धि फाइनान्सको इटहरी र जनकपुर शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले उक्त कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका संचालन विभाग प्रमुख चुडामणी खनालले जानकारी दिएका छन् । समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टमा छुट
काठमाडौं । कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । यस सम्झौता अनुसार कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशभरका ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
प्रिमियममा आईपीओ जारी गर्न सन नेपाल लाइफले बढायो प्रकृया, प्रतिकित्ता कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १५०.५५ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । यससँगै कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा आईपीओ जारी गर्ने भएको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाको दरमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ ।
एकीकृत कारोबार गर्न सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले पाए अन्तिम स्वीकृति
फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । मर्जरको प्रकृयामा रहेका यी दुई जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन् । ‘कम्पनीहरुलाई आज अन्तिम स्वीकृति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी बराबर हैसियत अर्थात एक बराबर एकको अनुपात (स्वाप रेसियो) मा मर्ज हुन लागेका हुन् । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न
काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ । सम्मेलनको उद्घाटन बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । पहिलो दिनको प्राविधिक सत्रमा युज अफ स्पन्ज आइरन फर द प्रडक्सन अफ फ्ल्याट एन्ड लङ प्रडक्ट्स थ्रु आईएफ रुट अफ स्टिल मेकिङ र स्टिल मेल्टिङ टेक्नोलोजिज एन्ड इम्प्रुभिङ इफिसिइन्सिज शीर्षकमा छलफल भएको थियो । दोस्रो दिनको सत्रमा र मेटेरियल सोर्सिङ अप्सन फर नेप्लिज स्टिल इन्डस्ट्रिज, आउटलुक अन नेप्लिज सिमेन्ट इन्डस्ट्रिज र ¥यासनलाइजेसन अफ इन्पुट कस्ट्स इन स्टिल मेकिङ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञ र सहभागीबीच छलफल भएको थियो । नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो । सम्मेलन निकै फलदायी रहेको सहभागीहरुको प्रतिक्रिया छ । सम्मेलनको तेस्रो संस्करण सन् २०२५ मा काठमाडौंमा गर्ने स्टिलमिन्ट ग्रुपका सिएमओ सुमित अग्रवालले बताए । प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको यो सम्मेलनमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल थिए । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप थिए । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग थियो ।
युएईलाई हराउँदै नेपाल यू–१९ को विश्वकप खेल्ने सपना साकार
काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । बिहीबार नेपालले यूएईलाई पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सपना साकार पारेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पु¥याएका हुन् । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
सभापोखरी हाईड्रोपावर आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा लंखुवा खोला साना जलविद्युत आयोजना निर्माण गर्दै छ । ५ मेगा वाट क्षमताको उक्त आयोजनाको निमार्ण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।