काठमाडौं । कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभरका ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।