विकासन्युज

सुकुम्वासीका छोराछोरी पढ्ने दाङको नमूना विद्यालय

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । ‘मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने । त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए । विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ’, उनले भने, ‘अहिले चार सय ५० विद्यार्थी छन् ।’ प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् । घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उहाँसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए । केही समय उनले निःशुल्क काम गरे । ‘सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाउनुभयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, ‘छ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ ।’ ‘नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ’, अभिभावक निर्मल परियारले भने । उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे । ‘उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्’, निरीक्षक भण्डारले भने, ‘विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।’ आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन् । घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ’, विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।’  रासस

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए । जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो । डा चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज जेलमुक्त भएका छन् । जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झै–झगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए । पत्नी नेहा चौधरीले पति डा पङ्कज चौधरीले आफ्नो माइती पक्षसँग विवाहकै बेला एक करोड बढी दाइजो लिइसकेको र अहिले थप दाइजोका रुपमा काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई घरेल हिंसा र मानसिक तथा शारीरिक यातना दिँदै आएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । यता पति डा पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो कैरियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् । बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डा पङ्कज चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरीलाई पनि महोत्तरी जिल्ला अदालतले गत फागुन ३० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो भने उनी अझै जेलमै छन् ।

सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो । गण्डकीमा माओवादीबाट चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जुग्जाली उद्योग मन्त्री छन् ।  

निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुआत गरिएको जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिए । सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताए । गैँडाकोट नगरपालिका–१७ को पाँच लाख रुपैयाँ सहयोग र होटल व्यवसायीहरुको १६ लाखको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो । निकुञ्जभित्र जङ्गल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिङ्गे गैँडा धेरै सङ्ख्यामा देख्न सकिने अध्यक्ष धितालले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जङ्गल सफारीका क्रममा १४ एकसिङ्गे गैँडा फेला परेका थिए । धेरै मात्रामा एक एकसिङ्गे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पु¥याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जङ्गल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो । यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जङ्गल सफारी गराउँदै आएका थिए । नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जङ्गल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न । बिहीबार सुरु गरिएको जङ्गल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ । रासस

महासंघ निर्वाचन : सात वटै प्रदेशमा अध्यक्ष चुनिए, उमेशलाल समूहलाई टेवा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समुह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएको उमेशलालको  सचिवालयले जनाएकाे छ । महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रुपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । यसैगरी सोही समुहबाट वागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेष प्रदेशमा पनि उमेश समुहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समुहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन् । उनीहरू सबै उमेशलाल समूहकाे समर्थक भएकाे उनकाे सचिवालयले जनाएकाे छ । वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफु पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उनको वलियो भएको एक जिल्ला अध्यक्षले जानकारी दिए । ‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्लार नगरमा दिनेश दाईको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाई र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’ यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफूलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

इन्फिनिटी लघुवित्तमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंककाे मण्डलाचित्र अंकित क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमकाबीच मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरे । ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए । चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए । नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ रहेको थियो । ‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ,’ कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् ।

सबै मन्त्रीहरुलाई प्रधानमन्त्रीको फोन : तत्काल सिंहदरबार आउनु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका छन् । उनले सबै मन्त्रीहरुलाई सचिवालयमार्फत् तत्काल सिंहदरवारमा आइपुग्न भनेका हुन् । प्रधानमन्त्री प्रचण्डले यसअघि १० गतेभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । उनी केही दिन यता मन्त्रिमण्डल विस्तारको दौडधूपमा छन् । आज प्रधाननमन्त्री प्रचण्डले नयाँ मन्त्रीहरु नियुक्त गर्न सक्ने सम्भावना बलियो छ । शुक्रबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि नै सबै मन्त्रीलाई सिंहदरबार बोलइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘मन्त्रिपरिषद् बैठकभन्दा अगाडि नै सबै मन्त्रीलाई बोलाइएको छ, तर विषय के भन्ने जानकारी आइसकेको छैन’, स्रोतले भन्यो । शुक्रबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा हाल भारतको भ्रमणमा छन् । उनी पनि मन्त्रिपरिषद् बैठकमा उपस्थित हुने गरी आउन लागेको बुझिएको छ ।