विकासन्युज

एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला, १ लाखमा बुक गर्न सकिने

काठमाडौं । एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजि जेड एसयुभिको लागि प्रि–बुकिङ खुल्ला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रिले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयुभिको ब्याट्रि लाइफ भने ८ वर्षको रहेको छ । सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०।१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट रहेको छ । यसका साथै यसमा क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ । दुई वटा भेरीयन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मुल्य ४८ लाख ४९ हजार रुपैयाँ राखिएको छ भने डिलक्स भेरियन्ट्को मुल्य ५२ लाख ४९ हजार राखिएको छ । वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

सिद्धार्थ बैंकले अमरसिंह माविलाई २० थान कम्प्युटरका साथै हल बनाउन ४० लाख दिने

काठमाडाैं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नाे नयाँ भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरेका हुन् । बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ । यस अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर र त्यसकाे लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा सिद्धार्थ बैंकले अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटरका साथै हल बनाउन ४० लाख दिने विद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाखसम्मको सहयोग गर्ने सम्झौता भएकाे छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाइड्रोपावरले एकै गाउँका २२ जनाविरुद्ध मुद्दा हालेपछि…

काठमाडौं । गत फागुन १५ गते सोमबारको दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ की किशोरी नोर्नी वाङमु लामाको मृत्यु भयो । निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजना निर्माणको लागि लगेको विद्युतका तारबाट करेन्ट लागेर उनको मृत्यु भयो । ७ कक्षामा पढ्ने नोर्नी वाङमु घरको काम गर्नको लागि विद्यालय नगई घरमै बसिन् । गाउँ घरमा आलु रोप्ने चटारो । नोर्नी वाङमुसँगै दाजु राजमान लामा र आमा सोमरानी तामाङ आलु रोप्न बारीमा निस्किए । जुगल गाउँपालिकाको सिम खोलामा निर्माणाधीन न्यासिम खोला जलविद्युत आयोजना सीता हाइड्रोपावर कम्पनीले निर्माण गर्दैछ । सो आयोजनाको निर्माणको लागि प्रसारण लाइनबाट ११ हजार भोल्टेजको डाइरेक्ट बिजुलीको लाइन प्रवाहित थियो । तार अड्याइएको पोलदेखि तीन मिटर पर नोर्नी वाङमुुसहित दाजु र आमा काममा व्यस्त थिए । जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरू नाङ्गा थिए । पहिला नै तारको सुरक्षित व्यवस्थापन गर्नु भनेर कम्पनीलाई स्थानीयले पटक–पटक आग्रह गरिरहेका थिए । कम्पनीले स्थानीयको कुरा चासो दिएन । तर, बारीमा काम गरिरहेकी नोर्नी वाङमुुलाई एक्कासी करेन्ट लाग्यो र घटनास्थलमै मृत्यु भयो । दाजु राजमान र आमा सोमरानी भने करेन्ट लागेर घाइते भए । सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरू लापरबाही ढङ्गले छाड्दा उक्त घटना हुन पुगेको स्थानीय बताउँछन् । नोर्नी वामु मृत्यु हुनु अघि आयोजनाकै लापरबाहीका कारण वि.सं. २०७४ फागुन ६ गते मजदुर सरोज थारुको पनि मृत्यु भएको थियो । त्यस पश्चात् स्थानीयले वि.सं. २०७५ फागुन ६ गते निवेदन दिई आयोजना सुधार गरेर मात्र सञ्चालन गर्न माग राखेका थिए । तर, आयोजनाले कुनै मर्मत सूचना नै नदिई २०७५ फागुन १४ गते पुनः लाइन प्रसारणमा ल्यायो र सोही लापरबाहीले पछिल्लो घटना घट्न पुग्यो । दुर्घटनापछि स्थानीय आक्रोशित भए । नोर्नी वामुका साथी रस्थानीय मिलेर आयोजनामा तोडफोड पनि गरे । स्थानीयद्वारा आयोजनामा सामान्य क्षति हुन पुग्यो । स्थानीयले घटना बारे वास्तविक छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरिरहेका बेला सीता हाइड्रोपावरले भने जलविद्युत आयोजनामा तोडफोड गरेको आरोपमा करोडौंको बिगोसहित घटनामा संलग्न २२ जना विरुद्द मुद्दा दायर गरेको छ । यो बिचमा धेरै छलफल भयो । विद्युत निर्माण कम्पनीले आयोजनामा तोडफोड हुँदा १२ करोड क्षति भएको बताएको छ । आयोजना कम्पनीले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपुर्ति दिने र परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिवद्धता गरेपनि त्यो प्रतिवद्धताले पूर्णता पाएन । अहिले पीडित परिवार र स्थानीयहरुले क्षतिपुर्तिको मागसागै मुद्दा फिर्ता लिनु पर्ने माग राखिरहेका छन् । उनीहरुले २२ जना विरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिएसम्मर पीडित परिवारले क्षतिपुर्ति नपाएसम्म काम अगाडि बढाउन नदिने अडान राखेका छन् । जुगल गाउँपालिकाका पूर्व अध्यक्ष होम नारायण श्रेष्ठले २२ जना विरुद्ध मुद्दा फिर्ता र पीडितलाई क्षतिपूर्ति दिई सुरक्षित कामको प्रत्याभूति नदिलाएसम्म काम अगाडि बढाउन नदिने बताए । ‘हामी विकास विरोधी होइनौं, आयोजनाको काम अगाडि बढाउनु पर्छ, तर हाम्रो माग सम्बोधन नहुजेलसम्म काम गर्न दिदैनौ, उहाँहरू शक्तिको आडमा हिँड्नु भएको छ, अहिले २२ जना विरुद्ध मुद्दा दायर गर्नु भएको छ, २२ जना मात्रै होइन माग पुरा नभए गाउँपालीका नै जेलमा जान तयार छ तर काम अगाडि बढाउन दिँदैनौं,’ उनले भने । स्थानीय कमल नेपालले माग सम्बोधन भए मात्र काम गर्न दिने बताए । ‘पटक–पटक निर्माण कम्पनीसँग समन्वय गर्न खोज्दा पनि सकेनौं, घटनासँग नजोडिएका गाउँलेमाथि पनि पनि मुद्दा दायर गरियो, पीडितलाई न्याय दिनु पर्ने ठाउँमा आफै न्याय माग्दै हिँड्नु भएको छ,’ उनले भने । यस विषयमा हाइड्रोपावर कम्पनीका सञ्चालक सीताराम तिमिल्सीनासँग कुरा गर्न खोज्दा पनि उनीसँग सम्पर्क हुन सकेन । अध्यक्ष तिमिल्सिनाका पुत्र तथा सञ्चालक समितिका सदस्य प्रल्हाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न भएको भन्दै २२ जना स्थानीय विरुद्ध जाहेरी हालेका हुन् । जिल्ला अदालत सिन्धुपाल्चोकले जाहेरी परेकाहरूविरुद्ध पक्राउ पूर्जी पनि जारी गरिसकेको छ । जसमा जुगल गाउँपालिकाका वडा नं. ३ का अध्यक्षसहित वडा सदस्य लगायतका स्थानीयहरु छन् । पक्राउ पुर्जी नै जारी भएपछि अहिले गाउँमा त्रास सिर्जना भएको छ । यसअघि स्वतन्त्र उर्जा उत्पादक संघले यो घटना विषयमा पत्रकार सम्मेलन पनि गरेको थियो । संघले भने घटनामा संलग्नलाई कारवाही हुनु पर्ने माग राखेको थियो । यस विषयमा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो । प्रचण्डले पनि कारवाही हुनु पर्ने धारणा राखेका थिए ।

मंगलबार २४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । मंगलबार नेपालमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार ४२९ जनामा गरिएको परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको हो । सोमबार ६९ जनामा संक्रमण देखिएको थियो । योसँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमित संख्या ७८ पुगेको छ ।

आरआर, नेपाल कमर्श र पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएकाे हो । ‘विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको’, आदेशमा भनिएको छ । आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ । आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए । ती तीनवटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो ।

प्रथम बीमाशुल्कमा १८ कम्पनी : नेशनल लाइफ आक्रामक, छलाङ मार्दै अघि बढ्यो सूर्यज्योति

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले गत फागुनसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जुन अघिल्लो महिनाको तुलनामा १२.७३ प्रतिशतले बढी हो । कम्पनीहरुले गत माघसम्ममा १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी रकमको बीमाशुल्क संकलन गर्नेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्सनै रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा १४.५३ प्रतिशतले बढी हो । त्यस्तै, दोश्रोमा रहेको नेशनल लाइफ एग्रेसिभ देखिएको छ । कम्पनीले एक महिनाको अवधिमा १६.४० प्रतिशतले प्रथम बीमाशुल्क बढाएको छ । जुन प्रतिशतको आधारमा अन्य कम्पनीको तुलनामा बढी हो । गत माघसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको नेशनल लाइफले फागुनसम्ममा २ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै, सूर्यज्योति लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लाई उछिन्दै, नेशनल लाइफलाई पछ्याउँदै अघि बढेको छ । साविकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सो कम्पनीले एक महिनाको अवधिमा १३.०१ प्रतिशतले प्रथम बीमाशुल्क बढाएको छ । गत माघसम्ममा एक अर्ब ४७ करोड रहेको कम्पनीको प्रथम बीमाशुल्क फागुनमा बढेर एक अर्ब ६७ लाख रुपैयाँ पुगेको छ । बढी प्रथम बीमाशुल्क संकलन गर्नेको चौथोमा लाइफ इ. कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले समीक्षा अवधिमा १०.६७ प्रतिशतले उक्त सूचकको आकार बढाई एक अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, अर्बबढी प्रथम बीमाशुल्क संकलनमा अन्य दुई कम्पनी सन नेपाल र सिटिजन लाइफ रहेका छन् । जसमध्ये सन नेपालले एक अर्ब २० करोड र सिटिजनले एक अर्ब १५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन गत माघको तुलनामा क्रमशल् ९.५४ र १२.९४ प्रतिशतले बढी हो । समीक्षा अवधिमा एक अर्बभन्दा कम र ५० करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको सूचीमा ८ कम्पनी रहेका छन् । एशियन लाइफले ९२ करोड ४१ लाख, रिलायबल नेपालले ९२ करोड ६ लाख, युनियन लाइफले ८३ करोड ३३ लाख, आइएमई लाइफले ८२ करोड ७५ लाख, मेट लाइफले ८० करोड ४९ लाख, रिलायन्सले ५९ करोड ४८ करोड, प्राइमले ५१ करोड ८४ लाख र सानिमा लाइफले ५० करोड ७२ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन् । योअनुसार एशियन र रिलायबल लाइफबीच, युनियन, आइएमई र मेटलाइफबीच, प्राइम र सानिमा लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी, सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले ४२ करोड ७० लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जसलाई पछ्याउँदै प्रभु लाइफ छ । जसले फागुनसम्ममा ४१ करोड १७ लाख रुपैयाँ बराबरको प्रथम प्रिमियम उठाएको छ । प्रभुसँग मर्जहुन लागेको महालक्ष्मी लाइफले समीक्षा अवधिमा २८ करोड ८७ लाख रुपैयाँ बराबरको प्रथम प्रिमियम संकलन गरेको छ । प्रतिशतका आधारमा यी तीनवटै कम्पनीले क्रमशः ८, १३ र १० प्रतिशतले उक्त बीमाशुल्क संकलनमा वृद्धि गरेका हुन् । यता सबैभन्दा कम प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा गुराँस लाइफ देखिएको छ । कम्पनीले एक महिनामा १३.३५ प्रतिशतले उक्त बीमाशुल्क आर्जन बढाई २२ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । प्रथम बीमाशुल्कमा कुन कम्पनी कुन स्थानमा ? कसको कति बढ्यो ?

नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्सको सेयर प्रत्याभुति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लगानी कोषले इन्सोरेन्सको १ सय रुपैँया मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्नेछ ।