विकासन्युज

नेप्सेमा ४ कम्पनीको साढे ६७ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्तको गरी कूल ६७ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, अपि पावर कम्पनीको ७.५ प्रतिशत बोनस वापतको २८ लाख ८३ हजार ६८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विभिन्न २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त र विजय लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन हो । यी दुवै लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गतेदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १३औँ वार्षिक साधारण सभा चैत २९ गते बुद्धचोक पोखरामा बिहान ९ बजे बोलाएको छ । यस्तै, विजय लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौँ वार्षिक साधारण सभा चैत २८ गते गैडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बोलाएको छ ।

भुगोल इनर्जिले चैत २३ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । त्यसैले अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

नबिल बैंकले ४ किलोमिटर टाढासम्म शाखा कार्यालय सार्दै

काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका २ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले चैत १९ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ । बैंकले कैलालीको धनगढी र बाँकेको नेपालगञ्ज शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले हालको शाखा कार्यालयबाट ४ किलोमिटरको दुरीमा धनगढी उपमहानगरपालिका ३ बोराडाडीमा स्थानान्तरण गरेको हो । धनगढी २ बाट लकर तथा खाता स्थानान्तरण भइ सेवा सुचारु रहने बैंकले जनाएको छ । यस्तै, नेपालगञ्ज नगरपालिका २ मा रहेको शाखा नेपालगञ्ज ३ भानुभक्त चोक न्युरोड स्थानान्तरण भएको बैंकले जनाएको छ । उक्त शाखा हालको शाखा कार्यालयबाट २ किलोमिटर टाढा रहेको बैंकले बताएको छ । शाखा कार्यालहरुको लकरमामा कुनै टुटफुट हुेन सामान भएमा लकर सार्नु अगावै चैत १६ गतेसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।

यूनियन लाइफको सेयर संरचना परिवर्तन, १९ प्रतिशत सर्वसाधारण समूहमा थपियो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ प्रतिशतमा परिणत गरिएको हो । कम्पनीको सस्थापक समूहको १९ प्रतिशत सेयर घटाएर सर्वसाधारण समूहमा थप गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०:३० प्रतिशत रहेको थियो । साथै कम्पनीको माघ २६ गते सम्पन्न पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ । सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

मान्छे जम्मा पारेर धमाधम बैंकको पैसा निकाल्न लगाउने उद्योगी केडियाको धम्की, गभर्नर हेरेको हेर्यै

काठमाडौं । पछिल्लो सयम अर्थतन्त्र सकसमा छ । नेपाल मात्रै नभएर विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको छ । शक्तिशाली देशहरुमा धमाधम बैंकहरु डुब्न थालेका छन् । उद्योगधन्दाहरु बन्द भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् । यस्तै, स्थिती नेपालमा पनि देखिन थालेको छ । अर्थतन्त्र चलायमान कम अर्थात् सुस्ताएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न गतिविधि भइरहेका छन् । सबैले अब अर्थतन्त्र के होला भनेर चासो दिइरहेका छन् । अर्थतन्त्रका विषयमा सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । चिया पसलदेखि पाटीपौवमा चियोचर्चा भइरहेको छ । विदेशमा बैंकहरु डुब्न थालेपछि नेपाली बैंकिङ्ग क्षेत्रमा तरङ्ग मच्चिएको छ । निक्षेपकर्ताहरुमा त्रासको वातावरण छ । कतै नेपाली बैंकहरु पनि डुब्छन् की भन्ने डर छ । बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ता र लगानीकर्ता त्रास र शसंकित भइरहेका बेला उद्योगी विमल केडियाले आगोमा घ्यू थप्ने काम गरेका छन् । उनले कुनै निजी क्षेत्रले स्पोन्सर गरेर बैंकबाट निक्षेप निकाल्न लाग्न सक्ने चेतावनी दिएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको वर्तमान आर्थिक अवस्थाका विषयमा छलफल कार्यक्रममा बोल्दै उद्योगी केडियाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई यस्तो चेतावनी दिएका हुन् । ‘बैंक तथा वित्तीय संस्थामा जनता आवद्ध छन् तर, जनतामा कुनै डर त्रास नभएपनि सञ्चार माध्यम र चिया पसलमा बैंकबाट निक्षेप निकाल्न लाइन लाग्न थाले भन्ने हल्ला फैलियो भने के हुन सक्छ ?, बैंकमा पैसा निकाल्नेको लाइन लाग्न सुरु भयो, झनै निजी क्षेत्रले स्पोन्सर गरेर बैंकमा लाइन लगाउन सुरु गर्याे भने के हुन्छ ?,’ उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्था विरुद्ध देशव्यापी आन्दोलन चर्किएका बेला उद्योगी केडियाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले निजी क्षेत्रले युवाहरुलाई स्पोन्सर गरेर बैंकबाट निक्षेप निकाल्न लाइन लगाउन सक्ने बताए । संविधान सभा सदस्य समेत रहेका केडियाले ब्याजदर एकल अंकमा झार्नुपर्ने बताए । अहिलेको अर्थतन्त्रको मुद्धालाई कुनै राष्ट्रिय पार्टीले आफ्नो मुद्धा बनाएमा अर्काे चुनावमा बहुमत ल्याउने उनको भनाइ छ । तर, राजनीतिक दलहरु अहिले सत्ताकै लागि अभ्यास गरिरहेको उनले बताए । ‘अहिले नेपालका राष्ट्रिय पार्टी अलमलिएका छन्, यदि कुनै पार्टीले ब्याजदर घटाउने र अहिलेको अर्थतन्त्रको मुद्धालाई बोक्यो भने अर्काे चुनावमा त्यो पार्टीले बहुमत ल्याउँछ,’ उनले भने । केही न केही समस्या भएर यस्तो स्थिती आएको उनले बताए । नेपालको अर्थ व्यवस्था रकेट साइन्स जस्तो रहेको उनको भनाइ छ । कुनै पनि बैंक २० लाख रुपैयाँ ऋण दिनसक्ने स्थितीमा नरहेको उनले बताए । ‘बैंकका सीईओहरुलाई गभर्नरका विरुद्ध बोल्ने आँट छैन, गभर्नरको विरुद्धमा बैंकका सीईओहरु बोल्नै सक्दैनन्, बैठक शुरु हुनुअघि एउटा कुरा बोल्छन्, बैठकमा अर्कै कुरा बाल्छन्, अहिले यर्थात् चुनौति जे हो भन्नु पर्याे नी, जनतालाई झुक्याउन मिल्दैन,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनतालाई उत्तेजित गराएर गलत भ्रम नछर्न आग्रह गरे । नेपालका बैंकहरु डुब्ने सम्भावना न्यून रहेको बताउँदै बैंकिङ्ग क्षेत्र पारदर्शी रुपमा सञ्चालन भइरहेको बताए । उनले उद्योगी केडियालाई संकेत गर्दै तथ्याङ्क र भाषणले मात्रै सबै काम नहुने बताए । ‘साढे २ वर्षदेखि ब्याजदरमा ब्यापक कडाई गरियो, पहिला ४/५ प्रतिशतसम्म प्रक्रियागत शुल्क लिने बैंकहरु अहिले ०.७५ प्रतिशत मात्रै लिन्छन्, लघुवित्तको डेढ प्रतिशत मात्रै छ, बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन गरिएको छ,’ उनले भने, ‘एउटा बैंक मात्रै फेल भयो भने त्यसको असर समग्र अर्थतन्त्र र सिस्टममा पर्छ, राष्ट्र बैंकको गभर्नर भएको नाताले हाम्रो सिस्टमका बैंकमा डुब्ने त्रास छैन, कहिलेकाहीँ उतार चढाव हुन्छ, उतारचढाव भएन भने हामी पनि बाँच्दैनौं नी, फ्ल्याट भयो भने त सकिगो नी, यो त हुनै पर्छ, जीवन भनेको यहि हो ।’ ब्याजदरलाई २०४६ सालदेखि स्वतन्त्र छाडेको हो । अहिले पनि २ करोड भन्दा सानो कर्जामा आधार दर प्लस २ प्रतिशत मात्रै लिन पाउने व्यवस्था गरेको छ । लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाउँदैनन् । अमेरिकामा गत वर्षभन्दा ४ गुणा बढेको छ । २ प्रतिशतमा पाइने ऋण ८ प्रतिशत पुगेको छ । आइएमएफलाई दिने ब्याजदर ५६ गुणा बढी तिरेको उनको भनाइ छ । साथै अघिल्लो असारमा गरेको बजेटले नपुगेर राष्ट्र बैंकले ६० करोड बजेट रकमान्तर गरेको उनले बताए । ‘नकारात्मक कुरा गरेर मान्छेलाई गलत छाप पार्ने तिर लाग्नु हुँदैन, राष्ट्र बैंकको नियमन बाहिर रहेका सहकारी संस्थाहरुको पनि पाइपाई निक्षेप पाउँछन्, उनीहरुले कुनै न कुनै सम्पत्तिमा लगानी गरेको हुँदा खतरा छैन, हाम्रो बैंकिङ्ग धितोमा आधारित कर्जा दिने हो,’ उनले भने ।

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित, संचालकमा ३ जना निर्विरोध

काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । कृषि विकास बैंकले देशभर रहेको २८० वटा शाखाहरुबाट बैंकिङ सुविधा दिँदै आएको छ । ‍    

गठबन्धन बैठकमा भएन मन्त्रालय बाँडफाँटको विषय प्रवेश, भोली फेरी बस्ने

काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताए । उनले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको बताए । ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरुको बेठक बस्यो सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो, भोलि फेरि बस्ने भन्नेछ, भागबण्डाको बारेमा छलफल भएन, सरकार चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो,’ उनले भने ।