विकासन्युज

सगरमाथा जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनीबीच सम्झौता भएको छ । क्यापिटल र सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको हो । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

सिद्धार्थ बैंकले चार हजार बढी विद्यार्थीलाई सिकायो वित्तीय साक्षरता

काठमाडौं ।  बैंक तथावित्तीय संस्थाको मुख्यकामवित्तीय कारोबार हो । वित्तीय कारोबारसँगै संस्थागत सामाजिकउत्तरदायित्व र वित्तीय साक्षरतामापनि बैंकहरु अग्रसर छन् । पछिल्लो समय आम सर्वसाधारण तथा आम युवाहरुमाझ वित्तीय साक्षरता सिकाएर सबैको मन जितिरहेको छ सिद्धार्थ बैंक । यतिबेला सिद्धार्थ बैंक स्कूल–स्कूल र कलेज–कलेजमा पुगेर विद्यार्थीहरुलाई वित्तीय साक्षरता सिकाइरहेको छ । ‘मनी म्यानेज्मेन्ट’ कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुसामू पुगेर बैंकले आम युवाहरुको मन जितिरहेको छ । पछिल्लो समय नोटको कारोबारमा कमि आउनुका साथै डिजिटल कारोबारमा सबैको आकर्षण बढेपछि वित्तीय कारोबारलाई कसरी डिजिटलमा जोड्ने भन्ने विषयमापनि बैंकले युवाहरुलाई सिकाइरहेको छ । बैंकले गत साताअर्थात् चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमाभएको ‘ग्लोवल मनी विक २०२३’ को अवसरमा पनि विभिन्न कलेज तथा विद्यालयहरुमा पुगेर वित्तीय साक्षरता कार्यक्रमहरु गरिरहेको छ । आम युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाउँदै आएको ग्लोबल मनी विक सिद्धार्थ बैंकले पनि देशभरमा रहेका आफ्ना शाखाहरु मार्फत् भव्यताका साथ मनाएको हो । ग्लोबल मनी विक २०२३ को थिम ‘‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’’ र ग्लोबल मनिविकको स्थायीनारा ‘लर्न, सेभ, अर्न’ (सिक, बचाउ र कमाउ)लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशको सातै प्रदेशकाशाखाहरुमार्फत् वित्तीय साक्षरताको कार्यक्रम गरेको हो । बैंकले कोशी प्रदेशमा १७ वटा,मधेश प्रदेशमा ८ वटा, बाग्मतीप्रदेश (उपत्यकाभित्र) मा ५१ वटा, बाग्मतीप्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरीकुल ९८ स्थानहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरेको हो । ती कार्यक्रमहरुमा २ हजार १ सय १८ जनामहिला र २ हजार ७२ जनापुरुष गरी कुल ४ हजार १ सय ९० जनाको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले आयोजना गरेको कार्यक्रमबाट धेरै वित्तीय ज्ञान हासिल गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले बैंकले आयोजना गरेको कार्यक्रमबाट ‘मनीम्यानेज्मेन्ट’मा पनि धेरै सहयोग पुग्ने पनिबताएका छन् । बैंकले भौतिक रुपमाकार्यक्रम आयोजना गरेर ग्लोबल मनी विक आयोजना गरेको छ भने पछिल्लो समय निकै चर्चामा रहेका सामाजिक सञ्जालहरुको पनि सदुपयोग गरेर वित्तीय साक्षरताकार्यक्रम गरेको छ । बैंकले सामाजिक सञ्जाल फेसबुक मार्फत् सातदिन दैनिक क्विज प्रतियोगिता आयोजना गरेको थियो । यसका साथै टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट प्रतियो गिताआयोजना गरीअधिकतमलाईक्स प्राप्त गर्ने तीन प्रतियोगीहरुलाई क्रमश: ३० हजार,२० हजार र १० हजार रुपैँयाको पुरस्कार पनि प्रदानगरेको थियो । ती प्रतियोगितामा उल्लेख्नीय सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतनाप्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमामनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोवलमनीविक २०२३’ को उद्देश्यहरुलाई प्राप्तगर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ । युवामावित्तीय ज्ञान र सीपमार्फत्व्यवहारिकरूपमा सबल र सक्षमबनाई विवेकशीलवित्तीय निर्णय लिन सक्षमबनाउने उद्देश्यका साथग्लोबल मनीविकमनाएको बताएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामामनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफइकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइन्छ । नेपालमापनि राष्ट्र बैंकको संयोजकत्वमाविभिन्न बैंक तथावित्तीय संस्थाहरुले मनाएका छन् । विश्व वित्तीय सप्ताहकिशोर तथा युवाहरुमा वित्तीयशिक्षाको महत्व बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमामनाइने अभियान हो । बालबालिकातथायुवाहरुमावित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिनअभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।

२२ औं वर्षमा कुमारी बैंक, विभिन्न सेवामा छुटको घोषणा

काठमाडाैं । कुमारी बैंकले २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना ल्याएकाे छ । बैंकले ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि ल्याएकाे छ । यसका साथै बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गर्ने जनाएकाे छ । साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा ल्याएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।

टिभिएसले ल्यायो नयाँ वर्षको अफर, पक्का डिस्काउन्टदेखि नि:शुल्क हेलमेट पनि

काठमाडौं । टिभिएसले नयाँ वर्षको अवसरमा आकर्षक अफरहरु लिएर आएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीको अनुसार यस अवसरमा अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ । त्यसका साथै, कम्पनीले ० प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने जनाएको छ । चैत्र १९ बाट सुरु भएको यो अफर देशैभर सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि छानवीन समिति गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेको सो छानवीन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितहरुको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको पनि नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । मिटरव्याज पीडितहरुलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले सो निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् । त्यसैगरी, मन्त्रीपरिषद बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ । गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको सो कार्यविधि खारेज गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताइन् ।

विदेश जाने बढेसँगै बीमा कम्पनी मख्ख, नाफामा उछाल आउने

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिनानुदिन बढ्दो छ । स्वदेशमा भन्दा विदेशमा राम्रो अवसर देखेको र देश आर्थिक संकटको घडीमा रहेसँगै विदेश जानेहरुको क्रम ह्वात्तै बढेको हो । विदेश जानेको संख्या बढेसँगै त्यसको सकारात्मक प्रभाव जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेखमा परेको छ । गत साउनमा ८ लाख ७९ हजार जनाले उक्त बीमा गरेका थिए भने फागुनसम्ममा संख्या बढेर १३ लाख ९३ हजार नाघेको छ । जसले प्रिमियम संकलन पनि ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्ष अर्थात साउनदेखि फागुनसम्ममा मात्रै यो बीमा पोलिसीबाट २ अर्ब २३ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन भएका छन् । जुन गत साउनको तुलनामा ८०९ प्रतिशत बढी हो । गत साउनमा ५ कम्पनीले उक्त बीमा पोलिसीबाट २४ करोड ५४ लाख रुपैयाँ संकलन गरेका थिए । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन साविकको बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) ले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा सम्बन्धमा निर्देशिका ल्याएको हो । सोही अनुसार जीवन बीमा कम्पनीहरुले उक्त पोलिसी बिक्री गरिरहेका छन् । उक्त पोलिसी बिक्री गर्नेमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनी मात्रै आवद्ध छन् । आवद्ध रहेका ११ वटा कम्पनीमध्ये १० वटा कम्पनीले मात्रै उक्त पोलिसी बिक्री गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भने चालु आवमा वैदेशिक रोजगार बीमालेख बिक्री नगरेको बीमा प्राधिकरणले तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले सर्वाधिक प्रिमियम उठाएको छ । इन्स्योरेन्सले फागुनसम्ममा वैदेशिक रोजगार बीमालेख बिक्री गरि ८३ करोड ७१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा ८.०३ प्रतिशतले बढी हो । गत माघसम्ममा कम्पनीले ७७ करोड ४९ लाख रुपैयाँ बराबरको उक्त पोलिसीबाट प्रिमियम गरेको हो । त्यस्तै, प्रतिशतको आधारमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ छ । माघदेखि फागुनसम्मको एक महिनामै नेपाल लाइफले ५२.३९ प्रतिशतले प्रिमियम बढाएर २ करोड ४२ लाख बढी रुपैयाँ संकलन गरेको छ । त्यसैगरी रिलायन्स लाइफले ४१.४९ प्रतिशत, नेशनल लाइफले ३६.७९ प्रतिशत, आइएमई लाइफले २१.६५ प्रतिशत, रिलायबल नेपाल लाइफले १८.१६ प्रतिशत र सिटिजन लाइफले १०.७७ प्रतिशतले वैदेशिक रोजगार बीमालेख बिक्रीबाट प्रिमियम उठाएका छन् । १० कम्पनीमध्ये पनि ७ वटा कम्पनीले अर्बौं बढी प्रिमियम संकलन गरेका छन् । जसमा सन नेपाल, सूर्यज्योति लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । बाँकी तीन कम्पनी नेशनल लाइफ, रिलायन्स र प्रभु लाइफले १० करोडभन्दा कम प्रिमियम संकलन गरेका छन् । ‘कुनै पनि व्यक्ति वैदेशिक रोजगारमा जाँदा बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था छ, त्यसको प्रत्यक्ष प्रभाव जीवन बीमा व्यवसायमा परेको हो,’ सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार खत्रीले बताए । व्यवसाय बढेसँगै नाफामा वृद्धि हुने उनको भनाई छ । ‘प्रिमियम आएपछि क्लेम अनुसारको भ्यालुएशन गर्नुपर्ने हुन्छ, उक्त भ्यालुएशनको रिर्पोटको आधारमा नाफामा कति असर गर्छ भन्ने हुन्छ, प्रिमियम बढेपछि नाफा ह्वात्तै बढ्छ भन्ने हुँदैन तर केही सुधार हुन्छ,’ उनले भने । कुन इन्स्योरेन्सले कति उठाए ?

महासंघको कार्यकारिणि समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी, यस्ता छन् एजेण्ड

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ उम्मेदवारी घोषणा भइरहेका छन् । यस क्रममा युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले कार्यकारिणि समिति सदस्यको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । लन्डन स्कुल अफ इकोनोमिक्स एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित कार्यकारिणि समिति सदस्यको घोषणा गरेको बताएका छन् । उनले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने उनले बताए । सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने उनी बताउँछन् । पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह-संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह-संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेकाे अनुभव छ । उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताएका छन् । यस्ताे छ पाैडेलकाे याेजना : पहुँचयोग्य र सुलभ लगानी – विकासका लागि नयाँ अवसर – भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार । – न्यायपूर्ण वित्तिय र बैन्किङ अभ्यासहरूको पक्षमा काम । – सार्वजनिक निजि साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना । – अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी  सन्चालन। सबैको सशक्तिकरण – ठूलो होस् वा सानो – स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोग । – युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोहि अनुरूपको साथ । – नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहेनत। – प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धी केन्द्रहरूको स्थापना । स्मार्ट समाधान – समस्या समाधान गर्न डेटामा आधारित निर्णय – प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग – व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ । – चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास । – उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य । टीमवर्क – सहकार्यमा शक्ति – व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैंक, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहोल सिर्जना । – महासंघ र यसका सदस्यहरूबीच कम्युनिकेशनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरु समाधान । – महासंघको मिसनलाई अघिबढाउन महासंघका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरुलाई पूर्ण सहयोग ।

राष्ट्र बैंकले फेरी भन्यो : क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो

काठमाडौं । राष्ट्र बैंकले फेरीपनि क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको बताएको हो । राष्ट्र बैंकले यसअघि यस विषयमा मिति २०७४/०४/२९, २०७८/०५/२४, २०७८/१०/०९ र २०७९/०४/३० मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो । नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ । यस्ता‍ ‍कारोबार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले यस्ता कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।