काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ उम्मेदवारी घोषणा भइरहेका छन् ।
यस क्रममा युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले कार्यकारिणि समिति सदस्यको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लन्डन स्कुल अफ इकोनोमिक्स एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित कार्यकारिणि समिति सदस्यको घोषणा गरेको बताएका छन् ।
उनले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने उनले बताए । सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने उनी बताउँछन् ।
पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह-संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह-संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेकाे अनुभव छ ।
उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताएका छन् ।
यस्ताे छ पाैडेलकाे याेजना :
पहुँचयोग्य र सुलभ लगानी – विकासका लागि नयाँ अवसर
– भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार ।
– न्यायपूर्ण वित्तिय र बैन्किङ अभ्यासहरूको पक्षमा काम ।
– सार्वजनिक निजि साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना ।
– अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी सन्चालन।
सबैको सशक्तिकरण – ठूलो होस् वा सानो
– स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोग ।
– युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोहि अनुरूपको साथ ।
– नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहेनत।
– प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धी केन्द्रहरूको स्थापना ।
स्मार्ट समाधान – समस्या समाधान गर्न डेटामा आधारित निर्णय
– प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग
– व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ ।
– चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास ।
– उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य ।
टीमवर्क – सहकार्यमा शक्ति
– व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैंक, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहोल सिर्जना ।
– महासंघ र यसका सदस्यहरूबीच कम्युनिकेशनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरु समाधान ।
– महासंघको मिसनलाई अघिबढाउन महासंघका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरुलाई पूर्ण सहयोग ।