काठमाडौं । प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनीबीच सम्झौता भएको छ । क्यापिटल र सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको हो ।
सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।