विकासन्युज

स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै परिषद

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ नारामा परिषदले सो सम्मेलन गर्ने भएको हो । यही महिनाको आगामी २८ र २९ गते सम्मेलन हुने र सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता हुने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुने छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सचिव डा प्रदिप ज्ञवालीले सम्मेलनका लागि दुई सय एकवटा अब्स्ट्रयाकहरु प्राप्त भएको र सो मध्ये एकसय ३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण हुने बताए । प्रस्तुतीकरण मध्येबाट विधागत रुपमा उत्कृष्ट एक–एक जनालाई अवार्ड प्रदान गरिने उनले बताए । साथै अन्य विभिन्न विधामा एवार्ड तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेको डा ज्ञवालीले बताए । परिषदले सम्मेलनमार्फत स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको योजना नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी गर्ने विश्वास लिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने परिषदले जनाएको छ ।

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न अदालतकाे आदेश

काठमाडौं ।  उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो । चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।

किसान लघुवित्तको दिपायल शाखाको केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न 

काठमाडौं । किसान लघुवित्तवित्तीय संस्थाको शाखा कार्यालय दिपायलको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वित्तीय संस्थाका १०४ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए । उक्त कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिमव्यवस्थापन विभाग प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । संस्थामा हालसम्म ९ हजार ३५२ वटा केन्द्। १ लाख १८ हजार ९३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरु बाट बित्तीय सेवा प्रदानगर्दै आईरहेको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट हुने भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिनेछ । बैंकका ग्राहकहरुले बुढानिलकण्ठकाे मर्की होलस्टिक वेलनेस रिटिटका सेवाहरुमा अधिकतम १५ प्रतिशत, जावलाखेल, ललितपुरमा अवस्थित बरगर स्याककाका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । साथै, बुटवल उपमहानगरपालिका, अमरपथमा अबस्थित सम्रीद्ध हेयर डेसिग स्यालोन एन्ड एकेडेमीका सेवामा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित छोटु युनिसेक्स स्यालोनका सेवाका सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ। यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएकाे छ ।

नेपालमै वर्षमा १० हजार विद्युतीय स्कुटर उत्पादन गर्ने ग्रन्थ इभीको लक्ष्य, अन्यभन्दा १ लाख सस्तो

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेइकलले एफडी मोटर्स नेपाल ब्राण्डको स्कुटर उत्पादनको तयारी थालेको छ । कम्पनीले नेपालमै एसेम्बल गरेर ग्रन्थ ब्राण्डका इभी स्कुटर उत्पादनको तयारी थालेको हो । कम्पनीले आगामी वर्षको बैशाखदेखि ईभी स्कुटर उत्पादन गर्ने तयारीका साथ काम गरिरहेको बताएको छ । भैरहवामा एसेम्बल प्लान्ट जडान गर्ने काम सम्पन्न भएपछि सो ठाउँमा ग्रन्थ ईभी स्कुटरको उत्पादन सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । उनका अनुसार कम्पनीले पहिलो चरणमा कम्पनीले चीनबाट तयारी ईभी आयात गरेर बिक्री गर्ने र एसेम्बल प्लान्ट तयार भएपछि नेपालमै स्कुटर उत्पादन गर्ने तयारी भइरहेको बताए । कम्पनीका अनुसार नेपालै उत्पादन हुने भनिएको ग्रन्थ ईभीका दुइटा मोडल छन् । उक्त मोडल ‘एफ फाइभ’ र ‘एफ फाइभ ए’ हुन् । कम्पनीले एफ फाइभको २ लाख ६० हजार र एफ फायब एको २ लाख ९० हजार रुपैयाँभन्दा कम मूल्य तोकेको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी एक लाख सस्तो रहेको कम्पनीको भनाइ छ । सीईओ ढुंगेलका अनुसार ग्रन्थ इलेक्ट्रिक स्कुटर आगामी वैशाखको १५ देखि बुकिङ खुल्ला भइ बिक्री हुन सुरु हुनेछ । ‘यो स्कुटर बजारमा नआए पनि धेरैले चासो देखाएका छन्, बुकिङको लागि विभिन्न कम्पनी तथा व्यक्तिहरूले कुरा गरिरहनु भएको छ,’ उनले भने । नेपालमा पाइने अन्य स्कुटरहरु भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको सो कम्पनीका स्कुटर बैशाखदेखि सस्तो मूल्यमा पाइनेछ । १० करोडमा एसेम्बल प्लान्ट कम्पनीले भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट स्थापना गर्दैछ । सो प्लान्टको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सीईओ ढुंगेलले बताए । कम्पनीले उक्त एसेम्बल प्लान्ट निर्माणको लागत ५ करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि काम सम्पन्न हुँदासम्म १० करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उनका अनुसार सो इभी स्कुटरमा प्रयोग हुने पार्टपुर्जाहरु चीनबाट आयात गरिनेछ । कम्पनीले इभीमा जडान हुने ब्याट्री, मोटर लगायतका अन्य पार्टहरू अन्य भेन्चरहरुबाट ल्याउने योजना बनाएको छ । भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट सञ्चालन आएपछि दैनिक २०/२५ वटा इभी तयार हुनेछन् । भैरहवामा निर्माणाधीन प्लान्टबाट वार्षिक १० हजार इभी स्कुटरको उत्पादन गर्न सकिने ढुङ्गेलको दाबी छ । मूल्य नबढाउने केही समयअघि विदेशी उत्पादक तथा तिनका वितरकले विद्युतीय स्कुटर ग्रन्थको मूल्य बढाउन दवाव दिएको भन्दै कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । विदेशी स्कुटकर उत्पादकहरुले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएको ढुंगेलले बताए । आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गा¥हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको र विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । तर, विदेशी उत्पादक तथा तिनका वितरकले दबाब दिए पनि ग्रन्थ ईभीका मूल्य नबढाउने ढुंगेलले बताए । मूल्य बढाउनु पर्याे भन्दै दुई कम्पनीबाट दबाब आएको ढुङ्गेलको भनाइ छ । पहिलो चरणमा स्कुटर काठमाडौंमा बिक्री हुनेछ भने त्यसपछि उपत्यका बाहिर पनि शाखा विस्तार गर्दै बिक्री गर्ने उनले बताए । यस्ता छन् विशेषता अहिले ग्रन्थ स्कुटरको विषयमा धेरैले चासो राखेका छन् । ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने कम्पनीको दाबी छ । अन्य स्कुटरहरुमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ । यो स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्रीको रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइनेछ । ४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ । राम्रो र पावरफुल पफर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगलले बताउँछन् । उनका अनुसार यसमा प्रयोग भएका विशेषताहरु नेपालमा उपलब्ध स्कुटरमा पनि छैन ।

मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा एमाले

काठमाडौं । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिएकाे राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताए । ‘केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ’, मुख्यमन्त्री यादवले भने, ‘केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरुले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।’ बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उनको भनाइ छ । मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गरे । नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताए । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरु सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए । मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको सीइओमा मोहन गौतम

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर लि।स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । नवनियुक्त सिइओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए । रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ। इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ । साथैै, रोल्वालिङ खोला माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ । योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ । रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ । २०६०मा प्राधिकरणको सेवा प्रवेश गर्नु भएका उनले २०६४–२०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । सिइओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए । उनले २०७३–२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् । उनी प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समेत हुन् । चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लि।मा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।

सार्वजनिक हुनुअघि विशेष मूल्यमा जिपको पहिलो सेभेन–सिटर मेरिडियनको बुकिङ खुल्ला

काठमाडौं ।अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी जिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो । जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभी हो जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ । जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ । प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जिप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयुभी’ मध्येमा अब्बल बनाएको छ । भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो । जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ । मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।