स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै परिषद

<p>काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ नारामा परिषदले सो सम्मेलन गर्ने भएको हो । यही महिनाको आगामी २८ र २९ गते सम्मेलन हुने र सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता हुने परिषदले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ नारामा परिषदले सो सम्मेलन गर्ने भएको हो ।

यही महिनाको आगामी २८ र २९ गते सम्मेलन हुने र सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता हुने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुने छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सचिव डा प्रदिप ज्ञवालीले सम्मेलनका लागि दुई सय एकवटा अब्स्ट्रयाकहरु प्राप्त भएको र सो मध्ये एकसय ३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण हुने बताए । प्रस्तुतीकरण मध्येबाट विधागत रुपमा उत्कृष्ट एक–एक जनालाई अवार्ड प्रदान गरिने उनले बताए । साथै अन्य विभिन्न विधामा एवार्ड तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेको डा ज्ञवालीले बताए ।

परिषदले सम्मेलनमार्फत स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको योजना नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी गर्ने विश्वास लिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने परिषदले जनाएको छ ।

Share News