काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट हुने भएको छ ।
सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिनेछ ।
बैंकका ग्राहकहरुले बुढानिलकण्ठकाे मर्की होलस्टिक वेलनेस रिटिटका सेवाहरुमा अधिकतम १५ प्रतिशत, जावलाखेल, ललितपुरमा अवस्थित बरगर स्याककाका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
साथै, बुटवल उपमहानगरपालिका, अमरपथमा अबस्थित सम्रीद्ध हेयर डेसिग स्यालोन एन्ड एकेडेमीका सेवामा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित छोटु युनिसेक्स स्यालोनका सेवाका सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएकाे छ ।