काठमाडौं । किसान लघुवित्तवित्तीय संस्थाको शाखा कार्यालय दिपायलको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वित्तीय संस्थाका १०४ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए ।
उक्त कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिमव्यवस्थापन विभाग प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
संस्थामा हालसम्म ९ हजार ३५२ वटा केन्द्। १ लाख १८ हजार ९३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरु बाट बित्तीय सेवा प्रदानगर्दै आईरहेको छ ।