विकासन्युज

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारको न्युनतम साझा कार्यक्रममा देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने, उत्पादमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार गर्नेदेखि लिएर खर्च कटौतीको विषयहरु प्राथमिकतामा छ । कार्यक्रममा गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने पनि उल्लेख छ । देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको शर्माले बताएकी छिन् । [pdf id=400558]  

पैसाको ओछ्यानमा सुत्ने व्यक्ति पत्ता लागे, को हुन् उनी ?

काठमाडौं । नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा रहेको रकम सबै वैद्य भएकाले सचेत गरेर छाडिएको उनको भनाइ छ । ‘वैद्य च्यानल (बैंक)बाट झिकेर भोलिपल्ट बैंकमा नै राखेको देखिन्छ, त्यसैले थप कारवाही गर्न सकिएन, नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न पाइदैँन भनेर सचेत गराएका छौं, थप गतिविधि नगरोस् भनेर निगरानीमा राखेर छोडिएको हो,’ शाहले भने । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका सुलभ आचार्य रहेको प्रहरीले जनाएको छ । विदेशमा कलेजको शुल्क तिर्नका लागि ल्याएको रकम खाटमा विछ्याएर भिडियो बनाएका थिए । उनले ल्याएको रकम एभरेष्ट बैंकबाट निकालेकाे प्रहरीले बताएको छ । प्रहरीको अनुसार नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर उनलाई छाडिएको हो । यदि उनले प्रयोग गरेको पैसा अवैद्य भएको भए कारबाहीको भागिदार हुनु पर्ने थियो । तर, उनले प्रयोग गरेको रकम बैद्य रहेको उनको भनाइ छ । ‘बैंकबाट निकालेर बैंकमै राखिएको छ भने त्यो पैसा बैद्य हुन्छ, वैद्य पैसामा थप कानुनी प्रावधान छैन, उहाँ विद्यार्थी मान्छे हो, विदेश पढ्न जानको लागि आएको पैसा सम्बन्धीत ठाउँमा बुझाउनुभन्दा अघि रहरले भिडियो बनाएर पोस्ट गरेको रहेछ,’ उनले भने, ‘यसरी नोटमाथि सुतेर सामाजिक सञ्जालमा पोस्ट गर्नु हुँदैन, नोटको दूरुपयोग गर्नु हुँदैन भनेर सचेत गरायौं ।’ ओछ्यानमा नोटमाथि पैसा राखेर फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने अन्य व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत साता ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको बताएका थिए । सोही विषयमा विकासन्युजले गत आइतबार (चैत १९ गते) ‘ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेपछि राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताएका थिए । ‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भनेका थिए । गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताएका थिए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ थियो । ‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भनेका थिए ।

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिए, बजार पहुँचका लागि भारत जान पाउने

काठमाडौं । ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिएका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस कार्यक्रमअन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका हुन् । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रमअन्तर्गत छनोट भएका हुन् । छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राईट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी ट्रेडिङ रहेका छन् । छनोट भएका स्टार्टअपहरुलाई तीन महिनासम्म मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने भएका छन् । छानिएका स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुनेछ । ४ वटा संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ । जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने छ । ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्नेछ । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ ।

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सर्भिस बुथ हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले बाँसवारीको जुत्ता मेन्डरको लागि बुथ हस्तान्तरण गरेको हो । कामना सेवा विकास बै‌ंकले चैत्र २२ गते आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बूथ प्रदान गरेको छ । उक्त बूथले स्थानिय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावारण बनाउने उद्देश्य रहेको छ । उक्त बूथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य  कृष्ण राज चालिसेले गरेका हुन् । बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो । बै‌ंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको बैंकले लिएको छ ।

नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रणमा लिनु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएका छन् । बिहीबार महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा उनले यस्तो आदेश दिएका हुन् । राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपुर्ण भूमीका खेले पनि पछिल्लो समय यसको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै उनले अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताए । ‘सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलपलल गरेर निश्कर्ष निकाल्नु पर्छ,’ उनले भने, ‘आम नागरिक समेत प्रभावित छन् । सहकारी क्षेत्र पनि समस्यामा छन्, यस चुनौतिपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ ।’

अब ग्राहकले पेवालेटबाट रकम लोड र ट्रान्फर गर्न सक्ने

काठमाडौं । आइएमई पे र एम बैंकबीच सम्झौता भएकाे छ । सहकारी संस्थालाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड गर्न  सक्नेछन् । साथै, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।

बजारमा रेड्मी १२ सी सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ । रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सीस्मार्टफोनमा १२ सी मिडियाटेक हिलियो जी ८५ चिपसेटकासाथ साथै ५ हजार एमएएच ब्याट्री जडान गरिएको छ ।’ १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । ६ं५ जीबीसम्म विस्तारित र्‍याम र १ टिबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सीले छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यस संगै मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५०० रुपैयाँ छुट पाउन सकिन्छ । रेड्मी १२ सीस् ३+३२ जीबी, ४+६४ जीबी, ६+१२८ जीबी गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ र यो फोनको मूल्य क्रमशः १३,४९९ ,१४,४९९ र १६,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं ।  शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भोलि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ । सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ । यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मीलगायतले आचारसंहिताको पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, र वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई आचारसंहिता लाग्ने प्रवक्ता पौडेलले जानकारी दिए । आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ ।