कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

<p>काठमाडौं । कामना सेवा विकास बैंकले सर्भिस बुथ हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले बाँसवारीको जुत्ता मेन्डरको लागि बुथ हस्तान्तरण गरेको हो । कामना सेवा विकास बै‌ंकले चैत्र २२ गते आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले सर्भिस बुथ हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले बाँसवारीको जुत्ता मेन्डरको लागि बुथ हस्तान्तरण गरेको हो ।

कामना सेवा विकास बै‌ंकले चैत्र २२ गते आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बूथ प्रदान गरेको छ । उक्त बूथले स्थानिय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावारण बनाउने उद्देश्य रहेको छ ।

उक्त बूथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य  कृष्ण राज चालिसेले गरेका हुन् । बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो ।

बै‌ंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको बैंकले लिएको छ ।

Share News