काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।
बिहीबार एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सरकारको न्युनतम साझा कार्यक्रममा देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने, उत्पादमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार गर्नेदेखि लिएर खर्च कटौतीको विषयहरु प्राथमिकतामा छ ।
कार्यक्रममा गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने पनि उल्लेख छ ।
देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको शर्माले बताएकी छिन् ।
[pdf id=400558]