काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएका छन् । बिहीबार महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा उनले यस्तो आदेश दिएका हुन् ।
राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपुर्ण भूमीका खेले पनि पछिल्लो समय यसको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै उनले अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताए ।
‘सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलपलल गरेर निश्कर्ष निकाल्नु पर्छ,’ उनले भने, ‘आम नागरिक समेत प्रभावित छन् । सहकारी क्षेत्र पनि समस्यामा छन्, यस चुनौतिपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ ।’