काठमाडौं । आइएमई पे र एम बैंकबीच सम्झौता भएकाे छ । सहकारी संस्थालाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड गर्न सक्नेछन् ।
साथै, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।