विकासन्युज

अमेरिकाको फ्लोरिडामा ६ हप्तापछिको गर्भपतन गर्न नपाइने

एजेन्सी । अबदेखि अमेरिकाको फ्लोरिडा राज्यमा ६ महिना भन्दा माथिको गर्भपतन गर्न नपाइने भएको छ । फ्लोरिडाका गर्भनर रोन डेसेन्टिस (आर) ले गत बिहीबार राति ६ हप्ता पुरा भएको गर्भ पतन गर्न नपाइने कानूनमा हस्ताक्षर गरेका छन् । सो सँगै फ्लोरिडा गर्भपतनमा प्रतिवन्ध लगाउने पछिल्लो राज्य बनेको छ । फ्लोरिडा गर्भपतन गर्न चाहनेहरुको लागि उपयुक्त राज्य बनेको थियो । किनकी केही समय अगाडि देखि नै सो नजिकका अन्य राज्यहरु अलाबामा, जर्जिया, लुइसियाना र मिसिसिपीले गर्भपतन गराउने क्लिनिकहरुलाई बन्द गराएका थिए । फ्लोरिडा एलायन्स अफ प्लान्ड पेरेन्टहुड एफिलिएट्सका नीति निर्देशक एनी फिल्कोस्कीले एक्सियोससँग कुरा गर्दै सो निर्णयले अमेरिकाको दक्षिणी क्षेत्रमा ठूलो समस्या पर्न सक्ने भन्दै यसले आर्थिक समस्या समेत निम्त्याउन सक्ने बताएकी छन् । राज्यले लिएको निर्णयको विरुद्धमा महिला अधिकारवादीहरुले विरोध समेत जनाएका छन् ।

लुम्बिनी विकास बैंकका डेपुटी सीइओमा सुमन आचार्य

काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ । बैंकले आजबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्ती गरेको हो । उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमविएमा केन्द्रिय विभाग (व्यवस्थापन), किर्तीपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत भएका थिए । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गरेका थिए । उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।

एमाले अध्यक्ष ओली परे बिरामी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । उनलाई ज्वरो आएको छ । चिकित्सकहरुले उनलाई एन्टीबायोटिक औषधि चलाएका छन् । अहिले उनी घरमै स्वास्थ्य लाभ गरेर बसेको बताइएको छ । त्यसो त ओली स्वयंले आफू अस्वस्थ भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । उनले आफूलाई भाइरल ज्वरोको कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् । आफू अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरेको उल्लेख गरेका छन् ।

के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुदलाई प्रबल जनसेवा श्री

काठमाडौं । के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन । मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।

विदेशिने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको कर दोब्बर, कर संकलनमा विभागको छलाङ

काठमाडौं । पछिल्लो समय आन्तरिक राजश्व विभागले संकलन गर्ने राजश्वमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालू आवको चैतसम्मको अबधिमा ९८ प्रतिशत राजश्व संकलन भएको हो । विभागले हालसम्म साढे ३ खर्ब राजश्व संकलन भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन भएको महानिर्देशक दीर्घराज मौनालीले बताए । सरकारले चैत मसान्तसम्म कुल आन्तरिक राजस्व ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ५५ करोड कम संकलन भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा कुल ३ खर्ब ४२ आर्थिक वर्षको आन्तरिक कर उठेको थियो । चैत महिनामा मात्रै विभागले ५५ अर्ब कर उठाएको छ । गत वर्षको चैत महिनामा विभागले ५७ अर्ब ५३ करोड रुपैयाँ उठाएको थियो । चैत महिनामा मात्र अघिल्लो चैतको तुलनामा झन्डै २ अर्ब ५५ करोड कम राजस्व संकलन भएको हो । चालू आर्थिक वर्षको ९ महिनामा आयकर १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा एक खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको थियो । यसैगरी, आन्तरिक तर्फको मुल्य अभिबृद्धि कर गत वर्षको तुलनामा २ प्रतिशत कम संकलन भएको छ । गत वर्ष ८० अर्ब ९१ करोड रुपैयाँ बराबर भ्याट संकलन भएकोमा चालू आवको चैत मसान्तसम्म ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । गत वर्ष भ्याट (आन्तरिक) ८० अर्ब ९१ करोड १५ लाख रुपैयाँ संकलन भएकोमा चालू आवमा ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । अन्तशुल्क भने गत वर्ष असुली भएको भन्दा १०४ प्रतिशतले बढी असुली भएको छ । आन्तरिक तर्फको अन्तशुल्क गत आर्थिक वर्ष ७१ अर्ब ४९ करोड २९ लाख रुपैयाँ संकलन भएकोमा चालू आवको चैतसम्म ७४ अर्ब २८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, ब्याजबाट प्राप्त हुने कर पनि गत वर्षको तुलनामा १४४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष १७ अर्ब ५६ करोड ९० लाख रुपैयाँ ब्याज बापत कर असुली भएकोमा चालू आवमा २५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ । यस अवधिमा शिक्षाबाट प्राप्त हुने कर दोव्वरभन्दा बढीले (२०२ प्रतिशतले) बृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ शिक्षा कर संकलन भएकोमा चालु आवमा १ अर्ब २६ करोड ६९ करोड रुपैयाँ संकलन भएको हो । यसैगरी, स्वास्थ्य सेवाकर पनि यस अवधिमा ११६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ४५ करोड ३५ लाख ४२ हजार रुपैयाँ कर संकलन भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ५६ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । चैत महिनामा विभागले आयकरबाट ३३ अर्ब, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट) बाट १० अर्ब, आन्तरिक अन्तःशुल्कबाट ९ अर्ब ४७ करोड, ब्याज आम्दानीबाट १ अर्ब ३५ करोड, घरबहाल करबाट २७ करोड ५९ लाख, स्वास्थ्यसेवा करबाट ५४ करोड ६४ लाख र शिक्षाबाट २० करोड ४० रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार राजश्वमा धक्का आन्तरिक राजश्व विभागले उठाउने राजश्व पछिल्लो समय बृद्धि हुन थालेतापनि भन्सार विभागले उठाउने राजश्वभने बढ्न सकेको छैन् । सरकारले आयातमा लगाएको प्रतिबन्ध, आयातमा आएको गिरावट तथा पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा समग्र भन्सार राजश्वमा कमी आएको भन्सार विभागका अधिकारीहरु बताउँछन् । भन्सार विभागको चैत महिनासम्म २ खर्ब ८५ अर्ब ५८ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । चालू आवको ९ महिना अर्थात चैत मसान्तसम्म भन्सारले ४ खर्ब ९० अर्ब बढी भनसार भन्सार संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले राखेको लक्ष्यभन्दा करिब २ खर्ब ४ अर्ब रुपैयाँ कम भन्सार राजस्व असुली भएको छ । जुन लक्ष्यको ५८ प्रतिशत मात्र हो । यस्तै, विभागले चैत महिनामा मात्रै ५७ अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ३४ अर्ब ७६ करोड अर्थात ६१ प्रतिशत राजस्व संकलन भएको छ । सरकारले मूल्य अभिवृद्धि कर (बाह्य) बाट १ खर्ब २६ अर्ब, भन्सार महसुलबाट १ खर्ब २५ अर्ब र अन्तशुल्क (बाह्य) बाट २ अर्ब राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा भन्सारबाट संकलन हुने मूल्य अभिवृद्धि कर(भ्याट) बाट १ खर्ब ८५ अर्ब, भन्सार महसुलबाट २ खर्ब २८ र अन्तःशुल्कबाट ५ अर्ब असुली गर्ने लक्ष्य राखिएको थियो । भन्सार विभागका निर्देशक पूर्णविक्रम खड्का आयातमा कमी, इन्धनको खपतमा आएको कमी र सवारी साधानको भन्सार जाँचपास रोकिँदा भन्सार राजस्व संकलन प्रभावित बनेको हो । शिक्षा क्षेत्रको कर दोब्बर शिक्षाबाट प्राप्त हुने कर दोव्वरभन्दा बढीले (२०२ प्रतिशतले) बृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ शिक्षा कर संकलन भएकोमा चालु आवमा १ अर्ब २६ करोड ६९ करोड रुपैयाँ संकलन भएको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक मैनाली विभिन्न देशमा अध्ययन गर्नका लागि जाने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको कर दोब्बर भएको बताउँछन् । बाहिर पढ्न जाने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको करमा बृद्धि भएको उनको भनाइ छ । ‘कोरोना महामारीका कारण विदेश जाने विद्यार्थीहरु रोकिएका थिए, पछिल्लो समय एकैपटक धेरै जादा कर संकलन बढेको देखिएको हो, तर कोरोना महामारीको तुलनामा अझै कम हो’, उनले भने ।

राष्ट्रिय वाणिज्य बैंकले उपेन्द्र देवकोटा मेमोरियलका कर्मचारीलाई १५ लाखसम्म सरल कर्जा दिने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पतालबीच सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंक र अस्पतालबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने विषयमा सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैंयासम्म प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ

काठमाडौं । नेपाली अर्थतन्त्र अहिले सकारात्मक अवस्थामा छैन । अर्थतन्त्रमा आएको सकसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थासँगै सहकारीमा पनि परेको छ । सहकारीमा कतिपय वाह्य कारणले समस्या सिर्जना भइरहेको छ भने कतिपय संस्थामा नेतृत्वको नियतले पनि समस्या आइरहेको छ । यस्तै, नेतृत्वको नियतले समस्या आएको संस्था हो गतिशील बचत तथा ऋण सहकारी संस्था । ललितपुुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था अहिले संकटको अवस्थामा छ । बचतकर्ताले बचत गरेको पैसा फिर्ता पाउन सकेका छैनन् । सहकारीका बचतकर्ताले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको छैन ।  हुन त धेरै संस्थाहरु तरलताको संकटमा छन् । तर, देशका अधिकांश ठूला भनिएका सहकारीहरु नेतृत्वको अब्बलता र व्यवस्थापकीय कौशलताले स्वस्थ किसिमले सञ्चालन भइरहेका छन् । ती संस्थाहरुलाई कुनै समस्या छैन । बचकर्ताले निरन्तर पैसा जम्मा गरिरहेका छन् भने ऋणाीहरुले निर्वाद रुपमा ऋण लिइरहेका छन् । तर, नेतृत्वको नियत खराब भएका सहकारीहरु भने अहिले ठूलो संकटमा छन् । यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा देखिएको छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् डा. बलराम पाठक । अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् । उनले सहकारीलाई समस्यामा पारेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बने । तर, सहकारीको अध्यक्ष भने उनले छोडेका छैनन् । उनले विकास थापालाई कार्यवाहक अध्यक्षको रुपमा अगाडि सारेर राष्ट्रिय बैंकको अध्यक्ष बन्न पुगे । सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो । गत असारसम्मको तथ्यांक अनुसार कुल ९ करोड २८ लाख ४४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ । असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ । संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ । सहकारी विभागले पनि अहिले अधिकांश सहकारीमा संस्थाको नेतृत्व तथा अध्यक्षले आफुखुसी ऋण लगानी गर्ने, ऋण लगानी गर्दा विना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्ने र अनुत्पादक क्षेत्रमा लगानी गर्नाले समस्या सिर्जना भएको बताएको छ । सोही परिपाटी गतिशिल सहकारीमा पनि देखिएको हो । सर्वसाधारणको रकम डुबाउने तिनै पाठकलाई सरकारले सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अहिले पनि सहकारीको अध्यक्षका रुमा छन् । उनले सहकारीमा राजीनामा दिएपनि स्वीकृत हुन सकेको छैन । अर्को अध्यक्ष सहकारीको वार्षिक साधारणसभाले नै चयन गर्नु पर्ने हुन्छ । यसअघि बीमा संस्थानको संचालक समेत भइसकेका पाठक पाटन क्याम्पसमा पार्ट टाइम पढाउने गरेका पनि छन् । पुरानो घर चितवन भएका उनी अहिले ललितपुरमा बस्छन् । उनी गत वर्षको कात्तिकमा बैंकको अध्यक्षमा नियुक्त भएका थिए । सरकारले सरकारी बैंकको अध्यक्षमा आफुलाई चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन पाउँछ । विशेष गरेर सरकारका कर्मचारीहरु अध्यक्षका लागि सरकारी बैंकमा आउँछन् । तर, पाठक न कुनै सरकारी निकायमा काम गरेको नत उनको कुनै सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकमा छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । वाणिज्य बैंकमा सञ्चालकलाई समितिको बैठकले बोर्ड अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यसपछि मात्र नेपाल राष्ट्र बैंकका गभर्नरले शपथ गराउने कानुनी प्रक्रिया छ । राष्ट्रिय वाणिज्य बैंकभित्र पनि उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि बढी निर्णय गराउने प्रवृति बढेको स्रोतको भनाइ छ । हुनत गतिशील सहकारीमा पनि पाठकको बढी सेयर छैन । उनको यो सहकारीमा १ प्रतिशत पनि सेयर स्वामित्व छैन । संस्थामा सेयर स्वामित्व बिनै नेतृत्व पाउने अवसर पाठकले पाइरहेका छन् ।

वार्षिकोत्सवमा नर्भिकले एकसाता सबै स्वास्थ्य प्याकेजमा छुट दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ । यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौं भित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।