काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । उनलाई ज्वरो आएको छ ।
चिकित्सकहरुले उनलाई एन्टीबायोटिक औषधि चलाएका छन् । अहिले उनी घरमै स्वास्थ्य लाभ गरेर बसेको बताइएको छ ।
त्यसो त ओली स्वयंले आफू अस्वस्थ भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । उनले आफूलाई भाइरल ज्वरोको कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् । आफू अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरेको उल्लेख गरेका छन् ।