विकासन्युज

राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृशोक

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रकी आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको हो । ८४ वर्षको उमेरमा आफ्नै निवास दमक झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय मिश्रको वि.सं. १९९६ जेठमा जन्म भएको थियो । उनी लामो पेट सम्बन्धी रोगबाट ग्रसित थिइन् । पारिवारिक स्रोतका अनुसार उनलाई केही समय अघि अस्पतालबाट डिस्चार्ज गरेर घरमै राखिएको थियो । उनका श्रीमान होम बहादुर मिश्र हुन् । मिश्रका चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर बम बहादुर मिश्र उनका कान्छो छोरा हुन् ।

एसबीआई क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच सम्झौता

काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ । उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीचकाे सम्झाैताकाे लक्ष्य परियोजनामा लगानी, सिन्डीकेसन, प्राजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।

सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ लाख सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रूस् दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बैंकले  एक समारोहका बीच बैंकले संस्थाका संचालक राज कुमार पुनलाई चेक हस्तान्तरण गरेको छ । उक्त बेबी लाईफ होममा रहेका २७ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए । त्यसैगरि बैंकले कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्मको छुट

काठमाडाैं । सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसुती गृहका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यामाहाको नयाँ स्कुटर ‘एरोक्स १५५’ नेपालमा, मूल्य ४ लाख ७५ हजार पर्ने

काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटरकाे बिक्री सुर गरेकाे छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा बििक्री सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो । यामाहा एरोक्स १५५ मा आर १५ भी ३ मा भएको १५५ सीसी क्षमताको पावरफुल इन्जिन रहेको छ । योसँगै यामाहा एरोक्स नेपालमा नै पहिलो पटक एबीएस फिचर तथा लिक्विड कुल्ड इन्जिन भएको पहिलो स्कुटर भएको हो । कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा ५.८ इन्चको एलसीडी डिस्प्ले दिइएको छ । यो स्कुटरमा स्मार्ट कनेक्ट फिरच ‘वाइ कनेक्ट’ समेत उपलब्ध रहेको छ । एरोक्स १५५ मा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।

नबिल बैंकका सीइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् । बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

बजारले माग गर्ने जनशक्ति उत्पादन गर्न पाठ्यक्रम विकास गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)का अधिकारीहरुसँग छलफलमा उनले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ कोर्ष आवश्यक पर्ने बताएकी हुन् । ‘सूचना प्रविधि अब सामान्य सिपमा आधारित विषय रहेन’– उनले भनिन्, ‘जसरी चिकित्साशास्त्रमा फरक फरक विषयमा विशेषज्ञ उत्पादन गरिन्छ, त्यसरी नै सूचना प्रविधिमा पनि फरक फरक विषयका विशेषज्ञ उत्पादन गर्नुपर्ने अवस्था आएकाले दक्ष र अर्धदक्ष जनशक्ति उत्पादन गर्ने सबै निकायले समयानुकूल पाठ्यक्रममा सुधार ल्याउनु आवश्यक छ ।’ नेपालमा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अर्धदक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने सवालमा के कस्ता कार्यक्रम तयार गर्न सकिन्छ, त्यसमा ध्यान दिन पनि उनले शिक्षा मन्त्रालय र सिटिईभिटीका अधिकारीहरुलाई आग्रह गरिन् । ‘हुन त यो शिक्षा मन्त्रालयको काम हो तर सूचना प्रविधिका जनशक्ति उत्पादनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि चासो छ’– उनले भनिन्– ‘अन्तर मन्त्रालय समन्वयको माध्यमबाट यसलाई अझै व्यवस्थित गर्न आवश्यक देखिएको छ, हामी हाम्रो मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं ।’ सिटिईभिटीका अधिकारीहरुले प्रिडिप्लोमा र डिप्लोमाअन्तर्गत कम्प्युटर इञ्जिनियरिङ र सूचना प्रविधिमा पठनपाठन भइरहेको भए पनि विद्यार्थीहरुको अपेक्षाकृत आकर्षण नदेखिएको जानकारी गराएका थिए । यो वर्ष प्रिबोर्डतर्फ कम्प्युटर इञ्जिनियरिङमा एक हजार नौ सय ६० कोटा रहेकोमा नौ सय १६ र सूचना प्रविधितर्फ दुई सय ५० कोटा रहेकोमा दुई सय ५० जनाले अध्ययन गरिरहेका छन् । तर, डिप्लोमातर्फ भने कोटाभन्दा आधा संख्यामा मात्रै विद्यार्थीहरुले पढिरहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर इञ्जिनियरिङमा दुई हजार ५६ कोटा रहेकोमा नौ सय ३२ र सूचना प्रविधितर्फ एक हजार दुई सय कोटा रहेकोमा छ सय पाँच जनाले मात्रै पढिरहेका छन् ।

अब नेपालमै पाइलट पढ्न पाइने, दुई एभिएसन स्कुलले पाए अनुमति

काठमाडौं । नेपालमै पाइलट उत्पादनको लागि फ्लाइिङ स्कुल खोल्न दुई एभिएसन स्कुलले अनुमति पाएका छन् । आइतबार पर्यटन मन्त्रालयले शुभम एभिएसन र चन्द्र सुर्य एभिएनलाई फ्लाइिङ स्कुल खोल्न अनुमति दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीस्तरिय निर्णय गर्दै दुई एभिएसन स्कुललाई  इजाजत दिएको बताए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने छन् । नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभिएसन स्कुल रहेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको रोजाइमा पर्ने विषयमध्ये पाइलट पनि एक हो ।