विदेशिने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको कर दोब्बर, कर संकलनमा विभागको छलाङ

<p>काठमाडौं । पछिल्लो समय आन्तरिक राजश्व विभागले संकलन गर्ने राजश्वमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालू आवको चैतसम्मको अबधिमा ९८ प्रतिशत राजश्व संकलन भएको हो । विभागले हालसम्म साढे ३ खर्ब राजश्व संकलन भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन भएको महानिर्देशक [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय आन्तरिक राजश्व विभागले संकलन गर्ने राजश्वमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालू आवको चैतसम्मको अबधिमा ९८ प्रतिशत राजश्व संकलन भएको हो ।

विभागले हालसम्म साढे ३ खर्ब राजश्व संकलन भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन भएको महानिर्देशक दीर्घराज मौनालीले बताए ।

सरकारले चैत मसान्तसम्म कुल आन्तरिक राजस्व ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ५५ करोड कम संकलन भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा कुल ३ खर्ब ४२ आर्थिक वर्षको आन्तरिक कर उठेको थियो ।

चैत महिनामा मात्रै विभागले ५५ अर्ब कर उठाएको छ । गत वर्षको चैत महिनामा विभागले ५७ अर्ब ५३ करोड रुपैयाँ उठाएको थियो । चैत महिनामा मात्र अघिल्लो चैतको तुलनामा झन्डै २ अर्ब ५५ करोड कम राजस्व संकलन भएको हो ।

चालू आर्थिक वर्षको ९ महिनामा आयकर १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा एक खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको थियो ।

यसैगरी, आन्तरिक तर्फको मुल्य अभिबृद्धि कर गत वर्षको तुलनामा २ प्रतिशत कम संकलन भएको छ । गत वर्ष ८० अर्ब ९१ करोड रुपैयाँ बराबर भ्याट संकलन भएकोमा चालू आवको चैत मसान्तसम्म ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

गत वर्ष भ्याट (आन्तरिक) ८० अर्ब ९१ करोड १५ लाख रुपैयाँ संकलन भएकोमा चालू आवमा ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । अन्तशुल्क भने गत वर्ष असुली भएको भन्दा १०४ प्रतिशतले बढी असुली भएको छ । आन्तरिक तर्फको अन्तशुल्क गत आर्थिक वर्ष ७१ अर्ब ४९ करोड २९ लाख रुपैयाँ संकलन भएकोमा चालू आवको चैतसम्म ७४ अर्ब २८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।

यस्तै, ब्याजबाट प्राप्त हुने कर पनि गत वर्षको तुलनामा १४४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष १७ अर्ब ५६ करोड ९० लाख रुपैयाँ ब्याज बापत कर असुली भएकोमा चालू आवमा २५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ । यस अवधिमा शिक्षाबाट प्राप्त हुने कर दोव्वरभन्दा बढीले (२०२ प्रतिशतले) बृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ शिक्षा कर संकलन भएकोमा चालु आवमा १ अर्ब २६ करोड ६९ करोड रुपैयाँ संकलन भएको हो ।

यसैगरी, स्वास्थ्य सेवाकर पनि यस अवधिमा ११६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ४५ करोड ३५ लाख ४२ हजार रुपैयाँ कर संकलन भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ५६ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।

चैत महिनामा विभागले आयकरबाट ३३ अर्ब, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट) बाट १० अर्ब, आन्तरिक अन्तःशुल्कबाट ९ अर्ब ४७ करोड, ब्याज आम्दानीबाट १ अर्ब ३५ करोड, घरबहाल करबाट २७ करोड ५९ लाख, स्वास्थ्यसेवा करबाट ५४ करोड ६४ लाख र शिक्षाबाट २० करोड ४० रुपैयाँ राजश्व संकलन गरेको छ ।

भन्सार राजश्वमा धक्का

आन्तरिक राजश्व विभागले उठाउने राजश्व पछिल्लो समय बृद्धि हुन थालेतापनि भन्सार विभागले उठाउने राजश्वभने बढ्न सकेको छैन् । सरकारले आयातमा लगाएको प्रतिबन्ध, आयातमा आएको गिरावट तथा पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा समग्र भन्सार राजश्वमा कमी आएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

भन्सार विभागको चैत महिनासम्म २ खर्ब ८५ अर्ब ५८ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । चालू आवको ९ महिना अर्थात चैत मसान्तसम्म भन्सारले ४ खर्ब ९० अर्ब बढी भनसार भन्सार संकलन गर्ने लक्ष्य राखेको थियो ।

सरकारले राखेको लक्ष्यभन्दा करिब २ खर्ब ४ अर्ब रुपैयाँ कम भन्सार राजस्व असुली भएको छ । जुन लक्ष्यको ५८ प्रतिशत मात्र हो । यस्तै, विभागले चैत महिनामा मात्रै ५७ अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ३४ अर्ब ७६ करोड अर्थात ६१ प्रतिशत राजस्व संकलन भएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर (बाह्य) बाट १ खर्ब २६ अर्ब, भन्सार महसुलबाट १ खर्ब २५ अर्ब र अन्तशुल्क (बाह्य) बाट २ अर्ब राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा भन्सारबाट संकलन हुने मूल्य अभिवृद्धि कर(भ्याट) बाट १ खर्ब ८५ अर्ब, भन्सार महसुलबाट २ खर्ब २८ र अन्तःशुल्कबाट ५ अर्ब असुली गर्ने लक्ष्य राखिएको थियो ।

भन्सार विभागका निर्देशक पूर्णविक्रम खड्का आयातमा कमी, इन्धनको खपतमा आएको कमी र सवारी साधानको भन्सार जाँचपास रोकिँदा भन्सार राजस्व संकलन प्रभावित बनेको हो ।

शिक्षा क्षेत्रको कर दोब्बर

शिक्षाबाट प्राप्त हुने कर दोव्वरभन्दा बढीले (२०२ प्रतिशतले) बृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ शिक्षा कर संकलन भएकोमा चालु आवमा १ अर्ब २६ करोड ६९ करोड रुपैयाँ संकलन भएको हो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक मैनाली विभिन्न देशमा अध्ययन गर्नका लागि जाने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको कर दोब्बर भएको बताउँछन् । बाहिर पढ्न जाने विद्यार्थी बढ्दा शिक्षा क्षेत्रको करमा बृद्धि भएको उनको भनाइ छ ।

‘कोरोना महामारीका कारण विदेश जाने विद्यार्थीहरु रोकिएका थिए, पछिल्लो समय एकैपटक धेरै जादा कर संकलन बढेको देखिएको हो, तर कोरोना महामारीको तुलनामा अझै कम हो’, उनले भने ।

Share News