नेप्सेमा नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको १५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता १ हजार २४७.८३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपालको अर्थतन्त्रमा एसबिआई बैंकको योगदान महत्वपूर्ण छ : अध्यक्ष खारा
काठमाडौं । भरतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले नेपालको अर्थतन्त्रमा नेपाल एसबिआई बैंकको महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै अध्यक्ष खाराले अर्थतन्त्र विकास र विस्तारमा बैंकको ठूलो योगदान रहेको बताएका हुन् । साथै, उनले नेपाल सरकार र राष्ट्र बैंकका नीति दिर्देशनलाई पालना गर्दै बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए । ‘नेपालको अर्थतन्त्र विकासमा नेपाल एसबिआई बैंकले टेवा पुर्याउदै आएको छ, सरकारका सबै निति निर्देशनलाई पालना गर्दै ग्राहकलाई नयाँ–नयाँ प्रडक्ट ल्याइरहेको छ, बैंकले क्यापिटल एडुकेसी रेसियो १३ प्रतिशतको सीमा कायम राख्न सफल छ,’ उनले भने । साथै, सेयरधनिहरुलो रोजाईको बैंक बन्न सफल भएको उनको भनाइ छ । बैंकले रेमिटेन्स भित्र्याउन पनि मद्दत गरिरहेको उनले बताए । ‘जापान र अस्ट्रेलियाबाट रेमिटेन्स भित्र्याउन मद्दत गरिरहेको छ, भारतीय आर्मीबाट धेरै नेपालीले अवकाश पाउदै छन्, उनीहरुको लागि आकर्षक प्रडक्ट ल्याउने बैंकको तयारी छ,’ उनले भने । साथै, ३ दशकपश्चात् बैंकले आफ्नै हेड अफिसको भवन निर्माण गर्न सफल भएको उनले बताए । अब बैंकले ठूला जलविद्युत आयोजना र अन्य ठूला प्रोजेक्टमा लगानी गर्न तयार रहेको उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो
काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता ११४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २१ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी कुनाल कयाल नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, अन्य केही संस्थापक सेयरधनीहरुले समते आफ्नो नामको सेयर आंशिक वा पुरै बिक्री गर्ने भएका छन् । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकले बोलपत्र पेश नगरे सर्वासधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ४ गते अन्तिम दिन हो । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले १ अर्ब रुपैयाँको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
मेन्छियाम हाइड्रोको आईपीओ बिक्री खुला, १० हजार कित्ता खरिद पाइने
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले आज बैशाख ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ निष्कानश गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । यस्तै, २२ हजार ४३९ कित्ता सेयरमा कर्मचारी, ५६ हजार ९९ कित्ता सेयरमा सामूहिक लगानी कोष र ९ लाख ३४ हजार ९१५ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेपाल एसबिआई बैंकको हेड अफिस कमलादीमा, भारतीय स्टेट बैंकका अध्यक्ष खाराले गरे उद्घाटन
काठमाडौं । नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरिएको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले कमलादी स्थित बैंकको हेड अफिस (कर्पोरेट अफिस) कार्यालयको उद्घाटन गरेका हुन् । एक कार्यक्रमको आयोजना गरी भारतीय स्टेट बैंकका अध्यक्ष खाराले नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरेको बैंकले जनाएको छ । अब बैंकको सम्पूर्ण बैंकिङ्ग सम्बन्धी कार्य सोही कार्यालयबाट हुने बैंकले जनाएको छ । बैंकको कर्पाेरेट कार्यालय उद्घाटन कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे रहेका थिए । साथै, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, स्वतन्त्र सञ्चालक गोपाल प्रसाद भट्ट, बैंकका उपमहाप्रबन्धक प्रियरंजन, नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत श्रीयादवेंद्र कांतको पनि उपस्थिती रहेको थियो । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडांैैस्थित पशुपति क्षेत्र विकास कोषलाई सहयोग पनि गरेको छ । बैंकले कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र १० वटा डस्टबीन प्रदान गरेको जनाएको छ । हाल बैंकका ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिस रहेको बैंकले जनाएको छ । साथै १३० एटिएम मेसिनबाट बैंक्गि सेवा प्रद्यान गर्दै आएको बैंकले बताएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृशोक
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रकी आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको हो । ८४ वर्षको उमेरमा आफ्नै निवास दमक झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय मिश्रको वि.सं. १९९६ जेठमा जन्म भएको थियो । उनी लामो पेट सम्बन्धी रोगबाट ग्रसित थिइन् । पारिवारिक स्रोतका अनुसार उनलाई केही समय अघि अस्पतालबाट डिस्चार्ज गरेर घरमै राखिएको थियो । उनका श्रीमान होम बहादुर मिश्र हुन् । मिश्रका चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर बम बहादुर मिश्र उनका कान्छो छोरा हुन् ।
एसबीआई क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच सम्झौता
काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ । उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीचकाे सम्झाैताकाे लक्ष्य परियोजनामा लगानी, सिन्डीकेसन, प्राजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।