विकासन्युज

गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाखकाे मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीको अनुसार स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।

अब कर्जाको ब्याजदर घटाउनु पर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले अर्थतन्त्र चलायमान भएको बताउँदै उनले भने,’बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर घट्दै गएको छ, अब कर्जाको पनि ब्याज घटाउनुपर्छ, जसले अर्थतन्त्र पनि चलायमान भइरहेको छ ।’ यस्तै, उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमुलक उद्योग व्यवसायमा कर्जा लगानी गर्न जोड दिइरहेको बताए । उनले अर्थतन्त्र विकास र विस्तारमा राष्ट्र बैंकले अग्रणी भूमिका खेल्ने गरेको उनले बताए । पछिल्लो समय अर्थतन्त्र समस्या पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेर सहज स्थितीमा ल्याएको उनी बताउँछन् । ‘२०७८/७९ मा सोधानान्तर स्थिती घट्न गई विदेशी मुद्रा संचित घट्न गयो, राष्ट्र बैंकले १० बिलासी वस्तुको आयातमा कडाइ गरेर सहज भयो, पुनः आयातमा खुकुलो भइरहेको छ, नियामकित सुबिधा पनि राष्ट्र बैंकले हटाएको छ,’ उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्धका गतिविधि बढेका कारण खराब कर्जा बढ्न गएको उनको भनाइ छ । राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व भएका नेपाल स्टक एक्सचेञ्ज, नेपाल क्लियरिङ्ग हाउसको आंशिक र ग्रामीण विकास लघुवित्तको सेयर पूर्ण रुपमा बिक्री गरिसकेको उनले जानकारी दिए ।

बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले दिए हवाई बीमा प्रशिक्षण

काठमाडौं । नेपाल बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले हवाई बीमा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेका छन् । उक्त दुई कम्पनीले सो कार्यक्रम बैशाख १३ गते काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा गरेका हुन् । कार्यक्रममा नेपाल बीमक संघको संरक्षण अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा इन्स्योरेन्स इन्स्टिच्युट नेपालका प्रतिनिधिहरु गरी कूल ५० जनाको सहभागिता रहेको थियो । साथै, सहभागीहरुले उक्त कार्यक्रम उपलब्धिमूलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई आग्रह गरेका थिए ।

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले दुर्घटना बीमा रकम भुक्तानी गरेको हो । बैंकका मधेश प्रदेश प्रमुख  दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । बैंकको अुनसरा स्वर्गीय साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक

काठमाडाैं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी आज मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौँमा आज आयोजित विशेष समारोहका बिच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्नेछन् । सम्मेलनका संयोजकसमेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए । उनका अनुसार सम्मेलनले उद्यमी–व्यवसायीले गर्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने विश्वास गरिएको छ । शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम र व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षासमेत राखिएको छ । मुलुकका विभिन्न १३४ शाखार एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको कामना सेवा विकास बैंकका ७७ स्थानबाट एटिएम सेवा दिँदै आएको छ ।

गुराँस लाइफले गर्यो १३ लाखको मृत्यु दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका छन् । रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताए ।

बजेटमा आइटी क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष पोद्दार

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) का अध्यक्ष रञ्जीतकुमार पोद्दारले आगामी बजेटले सूचना प्रविधि (आईटी) लाई उद्योगको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले विकासन्युजसँग कुरा गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ल्याउने बजेट तथा कार्यक्रममा आईटी सेक्टरलाई उद्योगको रूपमा अगाडि बढाउनेगरी विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् । ‘आइटी सेक्टरलाई अब उद्योगको रूपमा स्थापना गर्नुपर्छ, उद्योगको रूपमा स्थापना भयो यहीँ विभिन्न सफ्टवेयर तथा एप्सको उत्पादन गरी निर्यात गर्न सकिन्छ, जसबाट धेरै नेपालीले रोजगारी पनि पाउँछन् भने आर्थिक आम्दानी पनि वृद्धि हुन्छ,’ उनले भने । आगामी बजेटमा उत्पादित क्षेत्रलाई लक्षित गर्दै ल्याउनु पर्ने पनि पोद्दारले बताए । उनका अनुसार सबै भन्दा बढी जनशक्ति उत्पादन गर्ने फिल्ड पनि आइटी हो । स्टार्टअप बिजनेसलाई लक्षित गरेर पनि नयाँ कार्यक्रम बजेटमा शमावेस गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘स्टार्टअप लक्षित नयाँ कार्यक्रम बजेटमा ल्याउन आवश्यक छ, स्टार्टअप कार्यक्रमबाट कुनै प्रडक्ट बन्यो भने त्यो नेपालको लागि मात्र नभई त्यसलाई निर्यात गरेर हामी डलर पनि भिञ्याउन सक्छौं, त्यसोगर्दा अर्थतन्त्र पनि चलायमान भएर जान्छ,’ उनले भने । डिजिटल साक्षरताको क्षेत्रमा पनि सरकारले कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको पनि पोद्दारले बताएका छन् । मान्छेको सिप विकासमा बजेटले जोड दिनुपर्ने विषयलाई औंल्याउदै उनले देशको जनशक्ति बाहिर पठाउनु भन्दा यहीँ आइटीको व्यापार व्यवसाय गर्न चाहने लागि प्रोत्साहन गर्नुपर्ने बताए । प्रत्येक विद्यालयमा कम्प्युटर ल्याब राखे पनि त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति नभएको पोद्दारको गुनासो छ । ‘अहिले नेपाल सरकारले लगभग प्रत्येक सरकारी विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ, कम्प्युटर व्यवस्था गरे पनि कतै जनशक्तिको अभाव त कतै यस्ता प्रविधिको अभाव छ, अब हामीले विद्यार्थीलाई पनि सानैबाट प्रविधिमा अभ्यस्त बनाउनु पर्छ,’ उनले भने । आगामी दिनमा दक्ष जनशक्तिको आवश्यकता पर्ने विषयलाई मध्यनजर गर्दै सूचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम दिने कार्यक्रम ल्याउनु पर्ने पोद्दारको भनाइ छ ।

एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता

काठमाडौं । एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता भएको छ । एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटलका तर्फबाट संस्थागत परामर्शप्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको उपस्थिती रहेको थियो । एलायन्स फर्मास्यिुटिकल्स कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । साथै बारा जिल्ला सिमरास्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनि ले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त बस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त वस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिुटिकल्स औषधी उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनि हो । उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटलले एलायन्स फर्मास्यिुटिकल्सलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजिमा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । साथै, सर्वसाधारणमा सेयर निष्काशन पूर्व कम्पनीलाईचाहिने आवश्यक पूँजि सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ । एनआएबीएल एसले संस्थागत परामर्श सेवामार्फत्व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आइरहेको छ ।