एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता

<p>काठमाडौं । एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता भएको छ । एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटलका [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता भएको छ ।

एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटलका तर्फबाट संस्थागत परामर्शप्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको उपस्थिती रहेको थियो ।

एलायन्स फर्मास्यिुटिकल्स कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । साथै बारा जिल्ला सिमरास्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ ।

उक्त कम्पनि ले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त बस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त वस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिुटिकल्स औषधी उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनि हो ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटलले एलायन्स फर्मास्यिुटिकल्सलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ ।

जस अन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजिमा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

साथै, सर्वसाधारणमा सेयर निष्काशन पूर्व कम्पनीलाईचाहिने आवश्यक पूँजि सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

एनआएबीएल एसले संस्थागत परामर्श सेवामार्फत्व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आइरहेको छ ।

Share News