बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक

<p>काठमाडाैं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने [&hellip;]</p>

काठमाडाैं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ ।

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी आज मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

काठमाडौँमा आज आयोजित विशेष समारोहका बिच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्नेछन् ।

सम्मेलनका संयोजकसमेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।

उनका अनुसार सम्मेलनले उद्यमी–व्यवसायीले गर्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने विश्वास गरिएको छ ।

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम र व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षासमेत राखिएको छ ।

मुलुकका विभिन्न १३४ शाखार एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको कामना सेवा विकास बैंकका ७७ स्थानबाट एटिएम सेवा दिँदै आएको छ ।

Share News