सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

<p>काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले दुर्घटना बीमा रकम भुक्तानी गरेको हो । बैंकका मधेश प्रदेश प्रमुख  दिपेश सिंह ठकुरीले बीमा प्रदायक [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले दुर्घटना बीमा रकम भुक्तानी गरेको हो ।

बैंकका मधेश प्रदेश प्रमुख  दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।

बैंकको अुनसरा स्वर्गीय साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

Share News