निगमका अध्यक्ष अधिकारीलाई हटाउने मुडमा सरकार, तेस्रो पटक सोधियो स्पष्टिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज घिमिरेलाई तेस्रो पटक स्पष्टिकरण सोधेको छ । ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नगरेको भन्दै क्यानले उनलाई तेस्रो पटक स्पष्टिकरण सोधेको हो । नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतमा लाग्ने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने आफ्नो निर्णय यथासिघ्र कार्यान्वयन गर्न निगमलाई पत्राचार गरेकोमा हालसम्म पनि भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ)सम्बन्धी नीतिगत निर्णय कार्यान्वयन नगर्नु नगराउनुको कारण तीन दिनभित्र बुँदाहरुमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न निगमका अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिइएको छ । क्यानले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति घिमिरेलाई जिम्मेवारीबाट किन नहटाउने भन्ने विषयको पनि प्रश्न सोधिएको छ । तीन बुँदामा स्पष्टिकरण १. नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो ? २. नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागु गर्नुपर्ने गरी स्वीकृत गरेको Civil Aviation Authority of Nepal, Ground Handling Service Charges–2022 बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ् शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ संचालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरुले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने ? ३. नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईलाई निगमको Accountable Manager बाट किन नहटाउने ?+
एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । प्रणय कुमारलाई आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ । उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) पदमा कार्यरत थिए । यसअघि कम्पनीको सीईओमा लक्ष्मी प्रसाद दास कार्यरत थिए । उनको कार्यकाल गत माघमा सकिएको भएपनि ६ महिनाको लागि म्याद थप गरेको थियो । उनको ६ महिनाको अवधि नसकिँदै प्रणय कुमारलाई नयाँ सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
व्यवसायी गङ्गा हत्याका अभियुक्त सार्वजनिक
बलेवा । जिल्लाको बडिगाड गाउँपालिका-३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शेरचनको हत्यामा संलग्न थम्मनबहादुर घर्ती, लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ । गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका-७ न्वारमा गङ्गादेवी शेरचनको हत्या भएको थियो । हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । ५७ वर्षीय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हात–खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला पारेका थियो । बागलुङको बडिगाड-३ सिसाखानीकी गङ्गादेवी मुसिकोट नगरपालिका–७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएका थियो । भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धानअघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो । उनै घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो । त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यलाई तीव्रता दिइएकोे गुल्मी प्रहरीले जनाएको छ । रासस
अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्द्दन गर्नुपर्छ : उपाध्यक्ष डा. श्रेष्ठ
काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो । भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे । मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ मूख्यमन्ी चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए । जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ । रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’ भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विस्वासको मत पाएका थिए ।
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने पनि बताए । आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फछ्र्योट गर्ने सम्बन्धमा प्रतिवेदनले औंल्याएका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने बताएका छन् । दाहालले आर्थिक विषयमा जिम्मेवारी लिएकाले इमान्दार भएर काम गर्न र पूर्णरुपमा कार्यान्वयन कुरालाई पनि जोड दिए । यस्तै, महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले औंल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण दिएका थिए । उनले बेरुजु फछ्र्योटका सन्दर्भमा संघीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने कामलगायत विषयमा प्रस्तुती दिएका थिए । मुख्यसचिव शंकरदास बैरागीले महालेखाले उठाएका सवालमा कुनै तलमाथि नहुने गरी कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिए । महालेखाले क्षेत्रगतरुपमा औंल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न, कमजोरी नगर्न र आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा निर्मम बन्नै पर्ने उनको भनाइ रहेको नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले जानकारी दिए । रासस
‘नेप्से–३० इन्डेक्स’का लागि सुझाव माग, २० हजार सेयरधनी र २५ प्रतिशत आईपीओ जारी गरेको कम्पनी छनोट हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव आह्वान गरेको छ । नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको हो । नीतिगत, संस्थागत तथा प्रविधि मार्फत पूँजी बजारको विकास गरी लगानीकर्ताहरुलाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको नेप्सेले नेप्से–३० इण्डेक्स पनि सञ्चालनमा ल्याउने भएको हो । दोस्रो बजार कारोबारलाई थप सुदृढ गर्न, सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा हुने नेप्सेले जनाएको छ । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेड फण्ड सञ्चालनमा सहयोग पुग्े अपेक्षा नेप्सेले गरेको छ । दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने बताइएको छ । दीर्घकालिन महत्व राख्ने यस सूचकांकको गणना विधि र यसमा समावेश गरिने सूचीकृत संगठित संस्था छनौटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकार राख्ने सबैको रायसुझाव आवश्यक पर्ने बताइएको छ । सोही बमोजिम प्रस्तावित नेप्से ३० इन्डेक्सका लागि तय गरिएको सूचीकृत संगठित संस्था छनौटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गतेभित्र रायसुझाव पेश गर्न नेप्सेले आग्रह गरेको हो । प्रतिसेयर चुक्ता मूल्य भन्दा प्रतिसेयर कितावी मूल्य बढि हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । यस्तै, सेयरधनीको संख्या कम्तीमा २० हजार, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको र पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएमा प्रस्तावित नेप्से–३० इण्डेक्समा समावेशका लागि सूचीकृत कम्पनी छनोट हुने जनाएको छ । [pdf id=407102]
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि पाण्डेविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।
गृहमन्त्री नारायणकाजीको टार्गेटमा बादल र टोप बहादुर, भन्छन् : अब कसैलाई छोडिँदैन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन् । उनले जोसुकै व्यक्ति भएपनि दोषीलाई कारवाही गरेरै छोड्ने बताएका छन् । यो प्रकरणमा एकपछि अर्को व्यक्तिको नाम बाहिरिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्काली सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् । यस्तै, नेकपा एमालेका सचिव तथा पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रायमाझी पूर्व उर्जामन्त्री पनि हुन् । गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताएका छन् । यो प्रकरणमा पूर्व गहृमन्त्री बादल पनि तानिन सक्ने बुझिएको छ ।