गृहमन्त्री नारायणकाजीको टार्गेटमा बादल र टोप बहादुर, भन्छन् : अब कसैलाई छोडिँदैन

<p>काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन् । उनले जोसुकै व्यक्ति भएपनि दोषीलाई कारवाही गरेरै छोड्ने बताएका छन् । यो प्रकरणमा एकपछि अर्को व्यक्तिको नाम बाहिरिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन् । उनले जोसुकै व्यक्ति भएपनि दोषीलाई कारवाही गरेरै छोड्ने बताएका छन् ।

यो प्रकरणमा एकपछि अर्को व्यक्तिको नाम बाहिरिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्काली सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।

यस्तै, नेकपा एमालेका सचिव तथा पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रायमाझी पूर्व उर्जामन्त्री पनि हुन् ।

गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताएका छन् । यो प्रकरणमा पूर्व गहृमन्त्री बादल पनि तानिन सक्ने बुझिएको छ ।

Share News