निगमका अध्यक्ष अधिकारीलाई हटाउने मुडमा सरकार, तेस्रो पटक सोधियो स्पष्टिकरण

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज घिमिरेलाई तेस्रो पटक स्पष्टिकरण सोधेको छ । ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नगरेको भन्दै क्यानले उनलाई तेस्रो पटक स्पष्टिकरण सोधेको हो । नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज घिमिरेलाई तेस्रो पटक स्पष्टिकरण सोधेको छ । ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नगरेको भन्दै क्यानले उनलाई तेस्रो पटक स्पष्टिकरण सोधेको हो ।

नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतमा लाग्ने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने आफ्नो निर्णय यथासिघ्र कार्यान्वयन गर्न निगमलाई पत्राचार गरेकोमा हालसम्म पनि भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ)सम्बन्धी नीतिगत निर्णय कार्यान्वयन नगर्नु नगराउनुको कारण तीन दिनभित्र बुँदाहरुमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न निगमका अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिइएको छ ।

क्यानले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति घिमिरेलाई जिम्मेवारीबाट किन नहटाउने भन्ने विषयको पनि प्रश्न सोधिएको छ ।

तीन बुँदामा स्पष्टिकरण

१. नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो ?

२. नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागु गर्नुपर्ने गरी स्वीकृत गरेको Civil Aviation Authority of Nepal, Ground Handling Service Charges–2022 बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ् शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ संचालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरुले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने ?

३. नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईलाई निगमको Accountable Manager बाट किन नहटाउने ?+

Share News