विकासन्युज

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

खोटाङ । चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौंले लिएको थियो । निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दीपेश मनकर्मीले जानकारी दिए । कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजना कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का तोड्न सिफारिस गरेलगत्तै काममा फर्किएका निर्माण व्यवसायी पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माण व्यवसायीले कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण कार्यालयले ठेक्का तोड्नका लागि गत मङ्सिर–१८ गते सडक विभागसमक्ष सिफारिस गरिएको थियो । ठेक्का तोड्न सिफारिस गरेपछि ठेक्का जोगाउन सम्पर्कमा आएका व्यवसायीले कल्भर्ट, स्ट्रक्चर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो । तर केही समय काम गरे झैँ गरेका व्यवसायी निर्माणस्थलबाट कसैले पत्तो नपाइ हिँडेको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले वैशाख ३ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालालाई लिखित रुपमा उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए । सडक विभागले कालोपत्रको ठेक्का तोड्नका लागि सिफारिस गरेपछि काम सुरु गरेको निर्माण व्यवसायी कम्पनीले चैत पहिलो सातादेखि ‘डिबिएसटी’को काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा ‘डिबिएसटी’को काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । ठेक्का तोड्नका लागि सिफारिस भएको अवस्थामा स्थानीय पनि ठेक्का तोड्न दबाब दिन प्रशासन पुगेपछि साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईको रोहवरमा पुस २२ गते मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर, त्यो प्रतिबद्धता कागजमै सीमित बनेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गतेमै नाघिसकेको छ । नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था देखिएको थिएन । कालोपत्रको काम सुरु गरेको सात वर्षसम्म अलपत्र बनेको उक्त सडकखण्ड भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले रु ३२ करोडमा ठेक्का सम्झौता गरेको थियो । पछिल्लो समय निकै तीव्र गतिमा काम गरेर अन्तिम चरणमा पु¥याइएको सडक कालोपत्र नसकी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । रासस

कनेक्ट आइपिएसमा रिफर गर्दा ५० रुपैयाँ खातामा

काठमाडाैं । कनेक्ट आइपिएसको रिफर अ फ्रेन्ड अफर अन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रिफरियरले २५ आफ्नो बैंक खतामा र रिफरीले  २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन रिफरियर आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्नेछ । रिफरिले भने कनेक्टआइपिएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी ए पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफरी ले रु. २५ को मोबाईल टप–अप प्राप्त गर्नेछ । रिफररले आफ्नो रिफरल कोडसँगै लिन्क पनि र गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछन् । कनेक्ट आइपिएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याटफर्म मार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

दव्ल्याङमा पहिरो : बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् । ‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्का भन्छन्, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।’ रासस

रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता

काठमाडौं । आईटी टेक डिजिटल फुटसल प्रतियोगिता सनिबार सम्पन्न भएको छ । हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा अरोएनबि विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो । यो कार्यक्रम फुट(टेक फुटसलको पहिलो संस्करण थियो र यो वार्षिक कार्यक्रम निरन्तर अर्को वर्ष पनि गर्दै लाने कुरा आयोजक ‘लेट्स प्ले स्पोर्टस्’ ले निर्धारण गरेको छ । यो प्रतियोगिताले आगामी दिनमा पनि आईटीरटेकरडिजिटल कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न हुन र टिमवर्क र खेलकुदलाई प्रवर्द्धन गर्न प्लेटफर्म प्रदान गर्दछ। ‘फुट(टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं’, कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्‌का नरेश खनालले भने। यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट(टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर थियो।

नेपाल बैंकले बनाएर हस्तान्तरण गर्यो चैनपुरमा विद्यालय

काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ । बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत९सीइओ० कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा।पा। का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका सीइओ अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताएका थिए । २०७५ चैत्र १७ आईतबार बेलुका हावा हुण्डरीले बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको थियो ।

तलब खुवाउन नसकेपछि प्राधिकरणले हटायो करारका कर्मचारी, ६ महिनाको तलब बाँकी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले करारका कर्मचारीलाई हटाएको छ । प्राधिकरणले करारका कर्मचारीलाई तलब खुवाउन सकस परेपछि कर्मचारीलाई हटाएको हो । प्राधिकरणका अनुसार स्रोत सुनिश्चित भएका करार कर्मचारीलाई राखेर अन्य कर्मचारी सबैलाई हटाइएको छ । प्राधिकरणले करारका कर्मचारीको भुक्तानी समेत नगरी कर्मचारी हटाएको बुझिएको छ । करिब ३/६ महिनाको भुक्तानी बाँकी राखी करारका कर्मचारीलाई बिदाइ गरेको प्राधिकरणको स्रोतले बताएको छ । ‘प्राधिकरणले कर्मचारीका केही महिनाको भुक्तानी बाँकी राखि बिदाइ गरेको छ, अहिले सरकारले कर्मचारीको नै तलब खुवाउन नसकी रहेको अवस्था छ, यस्तो अवस्थामा कर्मचारीलाई तलब नखुवाई कममा राख्नु भन्दा बिदाइ गर्नु नै उपयुक्त ठानी हटाएका हौं,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्राधिकरणले हटाइएका कर्मचारीलाई असारसम्ममा तलब दिने प्रतिबद्धता छ । सरकारले कर्मचारीलाई तलब खुवाउन सकस परेपछि धमाधम एकपछि अर्का निकायका करारका कर्मचारीले जागिर गुमाइरहेका छन् । प्राधिकरणले करारका केही कर्मचारीलाई तलबको मेसो मिलाउन नसकेपछि हटाएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । ‘हामीले उहाँहरूलाई तलब दिन नसक्ने भयौं, थप भएर तलब आउने अवस्था होला नहोला भनेर करार कर्मचारी हटाएका हौं,’ उनले भनिन् । करार दक्ष जनशक्ति नहुँदा काममा समस्या हुने पनि ढकालले बताइन् । त्यसैले बजेट ब्यवस्थापन गरि केही समय पछि कर्मचारी नियुक्ती गर्ने पनि जानकारी दिइन् । उनले पनि केही अस्थायी कर्मचारीको तलब भुक्तानी हुन बाँकी रहेको कुरा उल्लेख गरिन् । तलब नदिई हटाएका करारका कर्मचारी रकम भुक्तानी गर्न बजेटको माग गरेको पनि ढकालले जानकारी दिइन् । यस्तै, जिल्ला आयुक्त काठमाडौंका प्रमुख जगदिश लामिछानेले तलब दिन सक्ने रकम नभए उपलब्ध नभए पछि करार कर्मचारी हटाइएको बताए । उनका अनुसार करिब १०/१५ जना करारका कर्मचारीलाई हटाइ सकिएको छ । उनले पनि स्रोत व्यवस्थापन भएका कर्मचारीलाई राखेर बाँकी अस्थाई कर्मचारीलाई हटाइएको बताए । करार कर्मचारी अटाएपछि जिल्ला आयुक्त कार्यलयमा काठमाडौंमा २/३ जना मात्र करार कर्मचारी कार्यरत रहेको लामिछानेले जानकारी दिए । लामो समय विति सक्दा पनि केही कर्मचारीको तलब दिन नसक्दा पछि रकम भुक्तानी गर्ने शर्तमा करार कर्मचारीलाई हटाउनु पर्ने बाध्यता आइलागेको लामिछानेले बताए । तलब खुवाउने बजेटको व्यवस्थापन भएपछि उनीहरूलाई पुन नियुक्त गर्ने पनि लामिछानेले जानकारी दिए ।

तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी

काठमाडौं । तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी सुरु भएकाे छ । २५६७ औं बुद्ध जयन्तिको अवसरमा नेपाली कला आकाशको तीन पुस्ता कलाकारहरुद्वारा सृजना गरिएका कलाकृतिको  सामुहिक प्रर्दशनी ३ जेनेरेशन अन्डर द फुल मुन शीर्षकमा यहि बैशाख २२ गते सम्पन्न भएको हाे । उक्त प्रर्दशनीको उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड ईन्डष्ट्रिजका अध्यक्ष सन्तोष कुंवरद्वारा संयुक्त रुपमा मोक्षको विन्स हर्स ग्यालरी, झम्सीखेलमा गरेका थिए । प्रर्दशनी जेठ १२ सम्म रहनेछ । प्रर्दशनीको संयोजन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व संस्थापक कुुलपति किरण मानन्धरले गर्नु भएका थिए भने कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेका थिए । प्रर्दशनीको अवधारणा र शिर्षक कलाकार उमेश श्रेष्ठले गरेका थिए । प्रर्दशनीमा पहिलो पुस्ताका कलाकारहरु कलाकारहरु किरण मानन्धर,विजय थापा, गोविन्दलाल सिं डंगोल, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, गौतमरत्न तुलाधर, विपिन घिमिरे, आईविमल्ल, राधेश्याम मुल्मी, शशी शाह, रागिनी उपाध्याय दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम, एससीसुमन, डा.सिमा शाह, सुषमा राजभण्डारी, उमाशंकर शाह, उमेश श्रेष्ठ तथा तेस्रो पुस्तका कलाकारहरु अनिता भट्टराई,गौरव तुुलाधर, कौशल श्रेष्ठ,प्रविन श्रेष्ठ, राजेश मर्हजन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दुराज, सुष्मिता कंवरका चित्रहरु प्रर्दशनीमा रहेका छन् ।

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएको १२ जनालाई ४ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो । गत बुधबार नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका, २३ का सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् । यस्तै, सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका ७ का टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का पूर्ववडाध्यक्ष सागर राई, काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परिसकेका छन् । सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।