काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ ।
बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत९सीइओ० कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा।पा। का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो ।
उक्त समारोहमा बैंकका सीइओ अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताएका थिए ।
२०७५ चैत्र १७ आईतबार बेलुका हावा हुण्डरीले बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको थियो ।