कनेक्ट आइपिएसमा रिफर गर्दा ५० रुपैयाँ खातामा

<p>काठमाडाैं । कनेक्ट आइपिएसको रिफर अ फ्रेन्ड अफर अन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रिफरियरले २५ आफ्नो बैंक खतामा र रिफरीले  २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन रिफरियर आफ्ना साथी तथा [&hellip;]</p>

काठमाडाैं । कनेक्ट आइपिएसको रिफर अ फ्रेन्ड अफर अन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रिफरियरले २५ आफ्नो बैंक खतामा र रिफरीले  २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफरियर आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्नेछ । रिफरिले भने कनेक्टआइपिएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी ए पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफरी ले रु. २५ को मोबाईल टप–अप प्राप्त गर्नेछ ।

रिफररले आफ्नो रिफरल कोडसँगै लिन्क पनि र गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछन् ।

कनेक्ट आइपिएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याटफर्म मार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

Share News