काठमाडौं । सरकारले श्रमिकहरुको न्यूनतम ज्याला बढाउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।
‘श्रम र श्रमिकको कभर हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण एवम् कार्यान्वयममा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागू गरिने,’ उनले भने ।