विकासन्युज

लाभांश पारित गर्न नेपाल पुनर्बीमाले डाक्यो १८ औं वार्षिक साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटि होटलको आईपीओ सूचीकृत भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको सेयर र संस्थापक सेयरधनीहरुको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको भएको हो । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । साथै, कम्पनीलाई सिआईटिवाई सिम्बोनल प्रदान गरेको छ । सोही आधारमा आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

मुक्तिनाथ विकास बैंकले धितोमा रहेको सवारी बेच्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको यनरुवा शाखा कार्यालयबाट माँ भगवती पुस्तक भण्डारका सञ्चालक राजकुमार यादवले कर्जा लिएर चुक्ता नगरेपछि जग्गा र सवारी साधन बिक्री गर्ने भएको हो । व्यक्तिगत जमानीकर्ता हरी माया यादवको नाममा रहेको इनरुवा नगरपालिका १ स्थित कित्ता नम्बर ०-१-०-० क्षेत्रफल भएको जग्गा बिक्रीमा राखिएको हो । यस्तै, को २ च १६१४ नम्बरको सन् २०१८ मा बनेको निजी पिकप टाटा मोटर्स बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते अनुमति दिएको हो । दुबै लघुवित्तको चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेका छन् । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । गत भदौ ३१ गते दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला बन्ने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

आईएमई लाइफले असार १ गते र २० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

५ सय कित्ता किन्न मिल्ने नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण लगानीकर्ताका लागि आज जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गर्दा बाँकी रहेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, प्राइम कमर्सियल बैंक बन्याे विजेता

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९तिन दिन० सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ । यस्तै, माछापुच्छ्रे बैंकले द्वितिय स्थान हासिल गरेको छ । प्रतियोगितामा उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्ट विकेट किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य बनेका थिए । कार्यक्रममा ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताएका थिए । यस्तै,महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताएका थिए ।

कुमारी बैंकले बाल अस्पताल निर्माणको लागि २५ लाख दिने

काठमाडौं । कुमारी बैंकले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले एक कार्यक्रमकाबीच प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिई प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा निर्माण गरिरहेको बाल अस्पतालको लागि उक्त रकमको सम्झौता भएको बैंकले जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखारहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत बैंकिङ्ग सेव दिइरहेको छ ।