महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, प्राइम कमर्सियल बैंक बन्याे विजेता

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९तिन दिन० सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ । यस्तै, माछापुच्छ्रे बैंकले द्वितिय स्थान हासिल गरेको छ । [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९तिन दिन० सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ । यस्तै, माछापुच्छ्रे बैंकले द्वितिय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्ट विकेट किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य बनेका थिए ।

कार्यक्रममा ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताएका थिए ।

यस्तै,महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताएका थिए ।

Share News