कुमारी बैंकले बाल अस्पताल निर्माणको लागि २५ लाख दिने

<p>काठमाडौं । कुमारी बैंकले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले एक कार्यक्रमकाबीच प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । नेपालमा [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले एक कार्यक्रमकाबीच प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिई प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा निर्माण गरिरहेको बाल अस्पतालको लागि उक्त रकमको सम्झौता भएको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखारहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत बैंकिङ्ग सेव दिइरहेको छ ।

Share News