सेरेस मिनी इभीको स्पेसिफिकेसन सार्वजनिक
काठमाडौं । नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस मिनी इभी प्रस्तुत गरेको छ। सेरेसको बारेमा कम्पनीका अनुसार २०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ। सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफूलाई चीन भन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१ औं राष्ट्रका रुपमा नेपालमा प्रवेश गर्ने भएको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालीन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई सञ्चालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन–अपमा सेरेस ५, सेरेस ई–१, र अब सेरेस ३ पनि समावेश छ। एमएडब्लु वृद्धि अटोकर्पको बारेमा १९६४ मा स्थापित, एमएडब्ल्यु ग्रुप नेपालको दोस्रो ठूलो आटोमोटिभ समूह हो, जसले स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन र फोटोनका ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ। आफ्नो उल्लेखनीय ५९ वर्षको यात्रामा, कम्पनीले १,००० भन्दा बढी कर्मचारीहरूको कार्यबलद्वारा नेपालभर ३५३ भन्दा बढी बिक्री र सर्विसहरूसँग आफ्नो स्थान विस्तार गर्दै आइरहेको छ। एमएडब्ल्यु ग्रुपको विशाल अनुभव र प्रतिबद्धताका कारण नेपाली उपभोक्ताहरूले विश्वस्तरीय सवारी साधन र सेवाहरु प्राप्त गर्दै आइरहेको कम्पनीको भनाई छ। मिनी इभीको मुख्य हाइलाइटहरू सेरेसले बनाएको मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको हो जुन विद्युतीय स्केटबोर्ड जस्तै छ। यो डिजाइनले मिनी इभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ। प्रयोगकर्ताहरुलाई सुरक्षित राख्न १७ बलियो प्यानलहरू जडान गरिएको छ र यसका साथसाथै ३९ कठिन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै साँच्चै सुरक्षित छन् भनी सुनिश्चित गर्दछ। यस मिनी इभिमा १६.८ र १३.८ केडब्लुएच ली–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमी देखि २२० किमीको रेन्ज प्रदान गर्दछ। गाडीमा जडान गरिएको वाएरलेस एंडरोइड अटो र एप्पल कारप्ले ले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ। गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि २ वटा ड्राइभ मोड प्रदान गरेको छ र रिजेनेरेटिभ ब्रेकिङ्गको पनि व्यवस्था छ। थप सुविधाको निम्ति यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस : ईबिडी, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किङ्ग ब्रेक, सिट बेल्ट, पार्किङ्ग केमेरा र सेन्सर, टिपीएमएस तथा आईएसओएफआईएक्स चाइल्ड सिटका साथसाथै ८.८ इन्च को टच स्क्रिन इन्फोटेंमेन्ट सिस्टम को राम्रो व्यवस्था गरिएको छ। क्लेभर डिजाइन यस मिनी इभी प्रशस्त र स्मार्ट इन्टीरियर बनाउनमा ध्यान केन्द्रित गरी इलेक्ट्रिक स्केटबोर्ड फ्रेमवर्कमा बनाइएको छ। मिनी इभीले अतिरिक्त लेगरूम र हेडरूमको साथ आरामदायी फराकिलो अनुभव प्रदान गर्दछ। घुमाउरो बडी डिजाइनले यसको बाहिरी भागमा एरोडायनामिक र स्टाइलिश उपस्थिति दिन्छ भने रियर-भ्यू मिररहरू फ्लोटिंग ढाँचाको साथ उत्क्रिस्ट देखिन्छन्। मिनी ईभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ, र पछाडिको सिटहरू ५०स्५० अनुपातमा एडजस्ट गर्न सकिनुका साथसाथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ। यस मिनी ईभीमा शहरी ड्राइभिङ अनुभवलाई रमाइलो बनाउन स्मार्ट प्रविधिले भरिएको छ। स्टेयरिङ ह्वील फंक्शनहरूले भरिपूर्ण छ र यसमा भएको यूनिक डिजाइन र फ्युचरिस्टिक कन्ट्रोलहरूले कारलाई थप प्रविधियुक्त बनाउँछ। क्लेभर टेक्नोलोजी यस मिनी ईभीमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरुले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सकिनेछ। यो सँगसँगै यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरु देखाउने गर्दछ जसले प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ। यस मिनी इभीको अर्को विशेषता भनेको स्मार्ट-कि पनि हो। क्लेभर सेभिङ सहरी यात्रुहरूको लागि बचत साँच्चै महत्त्वपूर्ण हुने गर्दछ। सोही कुरालाई मध्यनजरमा राखेर सेरेस मिनी इभीले प्रति १००० किलोमिटर रु. १००० को चार्जिङ्ग लागत प्रदान गर्दछ। क्लेभर सेफ्टि मिनी इभी बाहिरी वा भित्री दुवै पक्षमा सुरक्षित र बलियो गाडी हो। यो गाडी १६.८ र १३.८ केडब्लुएच लीआयन ब्याट्री विकल्पहरूसँग संचालित हुन्छ जसले लामो साइकल जीवनको लागि ३९ ब्याट्रीहरू जडान गरिएको हुन्छ। थप सुविधाको निम्ति यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस : ईबिडी, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किङ्ग ब्रेक, सिट बेल्ट, पार्किङ्ग केमेरा र सेन्सर, टिपीएमएस तथा केडब्लुएच चाइल्ड सिटको पनि व्यवस्था गरिएको छ। नेपालमा सेरेस मिनी इभीको लन्चसँगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त छ।
किन मलाई विदेश जाउँ जाउँ लाग्छ ?
आज भोलि किन हो किन मलाई विदेश जाउँ जाउँ लाग्न थालेको छ । नेपालमा भविष्य छैन झै लाग्न थालेको छ । दिनमा कैयौ पटक मनमा विदेश जाने भुत सभार भएको छ । आज भोलि मेरो मस्तिष्कले नेपालमा भविष्य छैन छिटो विदेश जा बाहेक भन्दैन । यो मेरो कुविचार हो या समाजमा भइरहेको नैराश्यता प्रति मेरो दिमागले सोचेको सोच हो या भनौ साथीहरुको लैलहीमा आएको विचार । मैले छुट्याउन सकेको छैन तैपनि मलाई विदेश जाउँ लाग्न थालेको छ । बिहान कलेजमा पढायो । दिउँसो ठिकठाकैको जागिर । कनिकुथी एमफिल सम्मको पढाई । तन मन दिएर सहयोग गर्ने साथी भाई पाएकै छु । तैपनि विदेशी भुत सभार भएको छ म मा । मेरो दिमागले भनी रहेको छ । विदेशमा पैसाको रुख छ । गएको भोलिपल्ट बाट रुखको पैसा टिप्ने त हो भन्ने सोचाई विकास भइरहेको छ । जुन गलत हो भन्ने पनि था छ । तैपनि विदेश जाने भुत दिनानुदिन बढ्दै गइरहेको छ । विदेशमा गाह्रो छ नेपाल मै केही गर्नु पर्छ भन्ने दिमागको एक पाटोले भन्दा अर्काे पाटोले तँ कायर तँ नामर्द भन्छ र जित चै विदेश जानेकै हुन थालेको छ । सँगैका साथीहरु विदेश गएको र नयाँ नयाँ ठाउँ अनि परिवेशहरुमा घुम्दै गरेको फोटो देख्दैमा मेरो विदेश जाने सोचाईमा विकास भएको छ । उनीहरुले पठाउने रेमिटान्समा मेरो मन लोभिएको छ । तर त्यहाँ गर्नु पर्ने संघर्ष अनि गएको दिन देखिको बोझलाई मेरो दिमागले आकलन सम्म गर्न सकेको छैन । तै पनि लही लहीमा विदेश जाउँ जाउँ लाग्न थालेको छ । तर मलाई लाग्छ पक्कै पनि मलाई विदेश जाउँ जाउँ भन्ने भावनाको विकास यो समाज प्रतिको नकारात्मक टिप्पणी, राजनीतिक अस्थिरता अनि उदेक लाग्दो देशको आर्थिक अवस्था एक हो । देशमा मंहगीले आकाश छोइसकेको छ । राष्ट्र बैंकले प्रकाशन गर्ने मुद्रा स्फृति ६ देखि ७ प्रतिशतको हाराहारीमा छ तर बजारमा वस्तुको मुल्यले आकाश छाइसकेको छ । सामान्य जिविकोपार्जन गर्न समेत सामान्य रोजगारीले सकिने अवस्था छैन । व्यापारीकरणले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नराम्ररी गाजेको छ । सामान्य रोग लाग्दा उपचार गर्न लाग्ने खर्च अनि सामान्य शिक्षाको लागि तिर्नु पर्ने शुल्क सम्झदा समेत जिउँ जिरिङ्ग हुने गरेको छ । समाजमा राजनीति प्रतिको वितृष्ता त्यति कै व्याप्त छ । दैनिक पत्रिकाका शीर्षकहरु यो काण्ड र ऊ काण्ड भनेर आउने गरेको छ । राजनीतिक नेतृत्व आफ्ना कार्यकर्ता जोगाउन मै केन्द्रित रहेका छन् । सत्य तथ्य छानविन गरेर कारवाही गर्नु त कहाँ हो कहाँ कसरी आफ्ना कार्यकर्ता जोगाउन सकिन्छ र अनुसन्धानलाई निष्प्रभाकारी गराउन सकिन्छ भन्ने मै ध्यान केन्द्रित छ । राजनीतिमा पढे लेखेका युवाहरुको आकर्षण छैन । लुटपाट हत्या हिंसा जस्ता कार्यलाई राजनीतिको लागि ठुलो योगदान भन्ने परिपाटी विकास भएको छ । समाजमा दैनिक रुपमा हुने यस्तै प्रकारका घटनाहरु एवं सामाजिक समस्याहरुले मेरो दिमागमा विदेश जाने भुत सभार भएको छ । पढे लेखेका युवाहरुमा यस्तो भावना आउनु पक्कै पनि देश अनि समाजको लागि राम्रो होइन । तर राजनीतिक नेतृत्व रोजगारी श्रृजना गर्न एवं दक्ष जनशक्तिलाई देश विकासमा उपभोग गर्नुको साटो उनीहरुले पठाएको दुइ चार हजार रेमिटेन्सलाई आफ्नो उपलब्धि सम्झीरहेको छ । समाजमा देशमै केही गर्छु भनेर बसेका युवा युवतिहरुलाई अरु देशले भिषा नदिएर बसेको भन्ने मानसिकता विकास भएको छ । आजको पूस्ता त जिन तिन यही परिपाटीले जिवीकोपार्जन गर्ला तर भोलिको पूस्तालाई पनि यसै गरी चल्ला ? आज दक्ष जनशक्ति डाक्टर पाइलट, इन्जिनियर, चार्टड एकाउण्टेण्टस्को रोजाई अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा छ भन्ने जापान लगायतका अन्य देशमा जाने नेपालीको संख्या पनि बढ्दो छ । आज मेरो दिमागमा आएको विदेश जाउँ जाउँ भन्ने भावना हरेक युवाहरुको समस्या हो । दुख सुख गर्दा मलाई त कुनै देशले भिषा देला म त विदेश जाउँला । सबै युवा विदेश जाँदा युवाहरुको भविष्य त सुरक्षित होला तर भोलि देशको दुःखद भविष्यले कसले हेर्ने । युवाहरुमा बढ्दै गइरहेको नैराश्यता भोलिको लागि राज्यको ठूलो समस्या हुनेछ । यसबारे नीति निर्माताले कहिले सोच्ने । म जस्ता युवाहरुमा विदेश जाउँ जाउँ लागेको भावनालाई परिवर्तन गरी नेपाल मै बसौ बसौ लाग्ने बनाउन र विदेशमा रहेका युवाहरुलाई समेत नेपाल फर्किउ फर्किउ भन्ने बनाउन नीति निर्माताले समय मै सोचुन । र मलाई अहिले लाग्न थालेको छ विदेश जाउँ जाउँ लाग्ने मेरो मात्र समस्या हैन समाजको प्रतिनिधि हो ।
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोंचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडीसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्धेश्य राखिएको छ । गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो । ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटकहरु सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए । स्थानीय विजय गुरुङले राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए । सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।’ ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडी बढाइएको हो । पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रबद्र्धनमा जुटेको हो । यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडी बढाइएको चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । ‘ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,’ चुमानले भने, ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’ पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको छ । काठमाडौ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरु सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडी सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । तनहुँकै अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार दश करोड रूपैयाँ बजेट आवश्यक पर्छ । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस
बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, अर्थ मन्त्रालयले सकेन
काठमाडौं । दोस्रो ठूलो सेयरधनी अर्थमन्त्रालयले थप सेयर लगानी गर्न नसक्दा राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धि योजना प्रभावित भएको छ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन २०८० असार मसान्तसम्मको सीमा तोकेको थियो । अन्तिम समय गुज्रिँदा पनि अर्थ मन्त्रालयले पैसा हाल्न नसकेकोले पुँजी वृद्धि योजना अगाडि बढ्न नसकेको सरकारी अधिकारीहरुले बताएका छन् । २२ वर्षअघि स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८ अर्ब २१ करोड पुँजी पुर्याउँदा ५६ वर्षअघि स्थापना भएको नेपालको पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानसँग जम्मा १८ करोड रुपैयाँ पुँजी छ । ६ वर्षअघि मात्र सञ्चालनमा आएका नयाँ बीमा कम्पनीहरुले पनि नियामकले तोके बमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनै लागेका छन् । तर, अर्थमन्त्रालयले पैसा नथप्दा राष्ट्रिय बीमा संस्थानको पुँजी अहिलेसम्म १८ करोड रुपैयाँ मात्रै रहेको छ । पुँजी वृद्धिको लागि सञ्चालक समितिले निर्णय गरेर अर्थमन्त्रालयमा पत्राचार भएको तर स्वीकृत भएर नआएको संस्थानका अध्यक्ष ईश्वर पौडेलले बताए । संस्थानले सेयर पुँजी थप्न गरेको प्रस्ताव निर्णयार्थ पेश नभएको अर्थसचिव अर्जुन प्रसाद पोखरेलले विकासन्युजसँग बताए । लगानी गर्न आवश्यक पैसाको अभाव भएकोले अर्थमन्त्रालयमा निर्णयार्थ पेश नभएको एक अधिकारीले बताए । ‘सबैलाई थाहा छ, सरकारको राजश्व घटेको छ । नियमित भुक्तानी गर्नलाई नै सरकारमाथि धेरै दवाव छ । त्यसले पुँजी वृद्धिको प्रस्ताव प्राथमिकतामा नपरेको हुनसक्छ’ ती अधिकारीले भने । बीमा संस्थानको सबैभन्दा ठूलो सेयरधनी नेपाल राष्ट्र बैंकले भने सेयर पुँजी वृद्धिको लागि आफ्नो हिस्सा भुक्तानी गरिसकेको अध्यक्ष पौडेलले बताए । तेस्रो प्रवर्द्धक नेपाल बैंकले पनि थप लगानी गर्ने निर्णय सञ्चालक समितिबाट गरिसकेको तर भुक्तानी हुन बाँकी रहेको उनले बताए । राष्ट्रिय बीमा संस्थानमा नेपाल राष्ट्र बैंकको ५५ प्रतिशत, अर्थमन्त्रालयको २८ प्रतिशत र नेपाल बैंकको १७ प्रतिशत सेयर रहेको छ । बीमा संस्थानले पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने, सर्वसाधारणलाई ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको छ । संस्थानको नाम पनि परिवर्तन गरी राष्ट्रिय जीवन बीमा कम्पनी बनाउने प्रस्ताव गरिएको अध्यक्ष पौडेलले बताए । २०८० असोज मसान्तसम्म यी काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । वडा अध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वडासचिव प्रकाश खड्काका अनुसार डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका रिजाल दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । काठमाडौं महानगरको पहिलो बैठकपछि रिजाल थप चर्चित भएका थिए । लाइभ गरिएको सो बैठकमा उनले मेयर बालेन साहका कार्यशैलीमाथि प्रश्न उठाएका थिए । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
शैक्षिक योग्यता र दर्ता बिना स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने पक्राउ
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित ३ वटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने, “स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।” स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । क्लिनिक अवैधरुपमा सञ्चालन गरिएका जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाइ छ ।
प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द
काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने बैंकले बताएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ । साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।
यी ७ कम्पनीले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पुर्वाधार निर्माण गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सडक पुर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विभिन्न ७ कम्पनीलाई ठेक्का स्वीकृत गरेको छ । महानगरपालिकाले विष्णुमति करिडोर लगायतका संरचना निर्माण कार्यका लागि ७ कम्पनीको बोलपत्र स्वीकृत गरेको जनाएको छ । महानगरपालिका सार्वजनिक निर्माण विभागले निर्माण कार्यका लागि विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सोही बमोजिम रीतपूर्वक पर्न आएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्य भएका कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर स्वीकृत गरेको महानगरपालिले बताएको छ । महानगरपालिका अनुसार सिजन एण्ड सिवानी कन्स्ट्रक्सन, धर्ती आकाश निर्माण सेवा, आई एण्ड जी कन्स्ट्रक्सन प्रा.लि., जयश्री महालक्ष्मी मल्टिपर्पाेज कम्पनी प्रा.लि., माउन्टेन बङ्गलामुखी जे.भी., पशुपतिनाथ कन्स्ट्रक्सन र जे.के.शाह कन्स्ट्रक्सन कम्पनीले ठेक्का प्राप्त गरेका हुन् ।