विकासन्युज

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई दियो पाँच लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयो गरिएको बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका सीइओ खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने विश्वास लिएको बताए । आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने बताइन । बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको बताएको छ । कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको उपस्थिति रहेको थियो ।

नाडा अटो–शोमा अत्याधुनिक फोर्स अरबानीया लञ्च हुँदै

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ । अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ । नेपालमा आयातीत माइक्रोबसहरु मध्ये सबैभन्दा उत्कृष्ट सुविधा आरबानीयामा रहेको आयाम इन्टरकन्टिनेटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो माइक्रो बस कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको बताइएको छ । पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागी यो माइक्रो बस उपयुक्त हुने कम्पनीले बताएको छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ । सुरक्षाका दृष्ट्रिकोणले सम्पूर्ण रेटिङ्गहरुमा यो गाडी अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क्रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सिस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था जस्ता सुविधा रहेको कम्पनीले बताएको छ । स्लाइडिङ्ग डोर सहितको तीन ढोका युक्त यो गाडीमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् ।

नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कूटर सार्वजनिक हुने, मल्टिफङ्सनल स्क्रिनको विशेषता

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुन लागेको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउने जगदम्बा मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ ।’ ३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्ने बताइएको छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ । टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । पाँच घण्टामा शतप्रतिशतसम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउने बताइएको छ । आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु यसमा समावेश गरिएको छ । स्कुटरको ७ इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउने बताइएको छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको कम्पनीको दावी छ ।

कोसीमा उद्धव थापा पदमुक्त, ४८ घन्टाभित्रमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो। कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो। सर्वाेच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेकाे हाे । थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाध्यक्ष इस्राइल मन्सुरीले पनि मत  दिएका थिए । सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका थिए । थापाले प्रदेश सभाबाट पाएको विश्वासको मत खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश मागेका थिए ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार नियुक्त, शिक्षा विधेयक संसदमा पेस गरिने

फाइल तस्बीर काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो । झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम नियुक्तिका लागि सिफारिस भएको थियो । त्यसैगरी, संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेस गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको शर्माले बताइन् । त्यसैगरी, निजामती सेवा दिवसको अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि सरकारले गरेको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको शर्माले जानकारी दिइन् ।

सन्दिप प्रकरण : गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।  

लगातार दुई दिन सार्वजनिक बिदा 

काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार दुई दिन सार्वजनिक विदा परेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चेपाङहरूको प्रमुख चाड छोनाम ‘न्वागी’ हो । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । छोनामको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ ।    

सेयर बजारमा राष्ट्र बैंकको नीतिको प्रभावबारे अध्ययन गरिरहेका छौं : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा राष्ट्र बैंकको नीतिको कारण परेको प्रभावका बारेमा अध्ययन गरिरहेको बताएका छन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । मन्त्री डा. महतले भने, ‘राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं सेयर कारोबारले सहज रुप लियोस् । लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ ।’ सेयर लगानीकर्ताले भने राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउनुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति ल्याए यता नेप्से परिसूचक करिब ३०० अङ्कले घटेको छ । अर्थमन्त्री डा. महतले सेयर बजारलाई प्रभावित गर्न खोज्नेहरुको बारेमा निगरानी गरिरहेको बताए । ‘केही व्यक्तिहरुले सेयर कारोबारमा मेनुपुलेसन गर्न नपाउन, इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर सेयर बजार प्रभावित गर्न नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ’, मन्त्री महतले भने । पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी सेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने मन्त्री महतले बताए । अन्य पेशा व्यवसायका मानिसहरुले सेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने महतले बताए ।