चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार नियुक्त, शिक्षा विधेयक संसदमा पेस गरिने

<p>काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो । झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम नियुक्तिका लागि सिफारिस भएको थियो । त्यसैगरी, संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता [&hellip;]</p>

फाइल तस्बीर

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम नियुक्तिका लागि सिफारिस भएको थियो ।

त्यसैगरी, संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेस गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको शर्माले बताइन् ।

त्यसैगरी, निजामती सेवा दिवसको अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको शर्माले जानकारी दिइन् ।

Share News