सामान्य घटेर बन्द भयो दशैंअघिको सेयर बजार, अर्बपनि पुगेन कारोबार
काठमाडौं । दशैंअघिको सेयर बजार सामान्य अंकले घटेको छ । दशैंको बिदाअघिको अन्तिम दिन अर्थात कार्त्तिक २ गते बिहीबार खुलेको सेयर बजार ४.०५ अंकले घटेर बन्द भएको हो । यससँगै सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर १९०३.८४ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबारको बजारमा भने एक अर्बको पनि सेयर कारोबार भएको छैन । २८४ वटा स्क्रीप्सको ९७ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नबिल बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । त्यस्तै, प्रभुको ५ करोड १५ लााख ३७ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यसैगरी नबिल बैंकको ३ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । यता टप गेनर्सको शीर्ष स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ । जसको इकाई मूल्य ५.८७ प्रतिशतले बढेर प्रतिइकाई ७.५७ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका १३ समूहमध्ये तीन समूह हरियादेखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अन्य सूमह सामान्य अंकले बढ््दा बाँकी समूह घटेका छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको बजारमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य भने सर्वाधिक अर्थात ८.२५ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य सो प्रतिशतले घटेर प्रतिकित्ता २४७ रुपैयाँमा झरेको छ ।
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफले समता एजुकेसन फाउन्डेसनलाई दियो ५ लाख
काठमाडौं । छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा, सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जील्लामा करीब ४०,००० विद्यार्र्थी सहित (मात्र १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्थीक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ । कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्री सम्म एकै विध्यालय मा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्र्थीलाई सबैभन्दा न्युन शुल्कमा बिज्ञान बिषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय समबन्धी शिक्षा प्रदान गर्ने योजना रहेको छ । यो पवित्र उद्देश्यका साथ अघी बढको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काद्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेलज्यू लाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको छ । यसका साथै, कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, र्याली, रक्तदान कार्यक्रम, सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि शिपमुलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केहि व्यक्तिहरुलाई सेतो छडि वितरण लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । कम्पनीको वार्षिक उत्सवको अवसरमा आयोजित सम्पूर्ण कार्यक्रमहरु सफल बनाउन साथै कम्पनीको दिर्घकालिन प्रगतिको लागी सम्पुर्ण नेपालीहरुको माया, साथ र विश्वासको अपेक्षा राखेको छ ।
सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो
झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताए । उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए । ‘काँचो सुपारी सोझै तेस्रो मूलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ’, अधिकारीले भने, ‘हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।’ उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिए । अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सरेन्द्र साहले विलौचियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गरे । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उनको भनाइ थियो । झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । रासस
दशैंको मुखमा सुनको मूल्य छोइ नसक्ने गरी बढ्यो, किन बढिरहेको छ ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । पछिल्लो समय सुनको मुल्य दैनिक बढिरहेको छ । दुई साताअघि एक लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बढेर १ लाख १३ हजार ७ सय पुगेको हो । अझै सुनको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । यो अवधिमा ७.२६ प्रतिशत बढेको हो । सुनको मूल्य प्रत्येक दिन पाँच सय तथा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रि बजारमा मूल्य बढेको कारण नेपालमा पनि बढेको जानकारहरु बताउँछन् । अमेरिकी बजार, यूरोपियन बजार र एसियन बजारहरुमा हुने सुनको कारोबारको समग्र मूल्यले नै विश्वको सुनको बजारमा भाउ तोकिरहेको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा आउने सुनको भाउको उतार–चढावको प्रत्यक्ष असर सुनको नेपाली बजारमा पनि तत्काल नै पर्दछ ।
मेलम्चीको पानी माघभन्दा अगाडि काठमाडौंमा नआउने, नयाँ हेडबक्स बनाउन दातृ निकायको प्रस्ताव
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आगामी माघ महिनाभन्दा अगाडि काठमाडौंमा आउने सम्भावना न्यून देखिएको छ । केही वर्ष अगाडि मेलम्चीमा आएको बाढीले पानी सप्लाई गर्ने हेडबक्समा पुर्याएको क्षति र त्यसपछाडिका वर्षा समयमा भएको क्षतिका कारण मेलम्चीको पानी काठमाडौं आउन समय लाग्ने भएको हो । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार विगतमा मेलम्ची आयोजनाको हेडबक्समा क्षति भएपछि अस्थायी प्रबन्ध गरेर पानी सप्लाई गरिएकोमा यसपटक असम्भव भएका बताएका छन् । हेडबक्समा क्षति पुर्याएर सुरुङभित्र पसेको माटो सफा नगरीकन पानी सप्लाई गर्ने अवस्था नरहेकाले तत्काल अस्थायी प्रवन्ध गरेर पानी सप्लाई गर्ने अवस्था नदेखिएको उनले बताए । साथै सुरुङ सफा गर्नको लागि पनि सुरुङ सम्म पुग्ने बाटो निर्माण गर्नुपर्ने र मैसिन लैजानुपर्ने भएकाले त्यसको लागि समय लाग्ने उनको भनाइ छ । ‘वर्षाको समयमा धमिलो सुरुङ भित्र पस्दा बालुवा सबै भरिन्छ भनेर बन्द गरिएको थियो, बन्द गर्न भन्दा अगाडि हामीले बलियो गेट बनाएका थियौं, तर साउनमा र असोजमा पनि बाढी आयो’, उनले भने, ‘हामीले वर्षायाम सकिएपछि पानी ल्याउन सकिन्छ भनेका थियौं, त्यो नहुने भयो अहिले ।’ अस्थायी रुपमा प्रयोग गरिएको सानो सुरुङ पुरै भरिएकोले सफा गर्न पनि समय लाग्ने उनले बताए । फेरि पनि सफा अस्थायी रुपमा पानी सप्लाई गर्न सकिने तर, समय लाग्ने उनले बताए । अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको काम गर्ने जनशक्ति र तरिकालाई हेर्दा दुई महिनाबढी समय लाग्ने उनको भनाइ छ । नयाँ हेडबक्स बनाउन एशियाली विकास बैंकको प्रस्ताव मेलम्ची खानेपानी आयोजनामा बाढी तथा पहिरोका कारण नियमित रुपमा समस्या आएपछि अहिले भएको हेडबक्स सार्न दातृनिकाय एशियाली विकास बैंकले सुझाव दिएको छ । समितिका सूचना अधिकारी पन्तका अनुसार बैंकले सर्वे गरेर अहिले भएको ठाउँबाट केही माथि हेडबक्स सारेर समस्याको स्थायी समाधान गर्न सुझाव दिएको उनले बताए । ‘हेडबक्समा पूर्णरुपमा क्षति भएको छ, त्यो ठाउँमा सँधै जोखिममा रहने भयो, ०७८ मा बाढी आएपछि दातृनिकायले चासो दिएर बाढी किन आयो, फेरि आउँछ की आउँदैन, आयो भने रोकथाम गर्न सकिन्छ कि सकिँदैन भनेर पर्याप्त अध्ययन गरेर हामीलाई प्रतिवेदन बुझाएको छ’, उनले भने, ‘प्रतिवेदनमा के सिफारिस गरेको छ भने हेडबक्स अहिले भएको ठाउँबाट केही माथि सार्नुपर्छ ।’ दातृ निकायको प्रतिवेदनका आधारमा काम गर्ने नगर्ने विषयमा निर्णय गर्नुपर्ने र त्यसको लागि थप लागत लाग्ने अवस्था सिर्जना हुने उनले बताए । नयाँ बनाउने हेडबक्सको लागि पनि दातृनिकायले लगानी गर्न तयार भएको उनले बताए । नयाँ हेडबक्स निर्माणको लागि २÷३ वर्ष समय लाग्ने भन्दै उनले सो अवधिमा अस्थायी तरिकाले काठमाडौंमा पानी सप्लाई गर्न सकिने विषयमा पनि अध्ययन प्रतिवेदनले औंल्याएको उनले बताए ।
दसैँमा मौसम सामान्यतया सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने । महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकरदुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल
बेइजिङ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो । नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको अनुगमन, भू-उपग्रहमार्फत तस्वीर खिचेर बाढी पहिरो, डढेलोजस्तो प्रकोपको पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याउने तथा आपत्कालीन स्थितिमा खटिनुपर्ने खोज तथा उद्धार टोलीलाई क्षमता अभिवृद्धि गर्ने, नेपाल सरकारको गृह मन्त्रालय, प्राधिकरणलगायत सरोकारवाला निकायका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेबारेमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । सो क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बिएरआई)का कामसँगै जोखिम न्यूनीकरण र आपत्कालीन व्यवस्थापनका लागि एशियाली क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको उनको भनाइ थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाल भ्रमण गरेका बेला दुई देशबीच सोसम्बन्धी समझदारी भएको थियो । छलफलमा नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललगायत तथा चीनका तर्फबाट त्यहाँको आपत्कालीन व्यवस्थापन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । नेपाली प्रतिनिधिमण्डलले २०७२ सालको भूकम्प पछाडि चीन सरकारले तत्काल राहत तथा उद्धार एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेको थियो । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलले बहुप्रकोपको जोखिम आँकलन गर्ने तथा आपत्कालीन अवस्थामा निर्देशन दिने ‘कमाण्ड सेन्टर’ अवलोकन गरेको थियो । रासस
एसिसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियालाई ३०१ रनले हराउँदै सेमिफाइनलमा प्रवेश भयो नेपाल
काठमाडौं । एसिसी उन्नाईस वर्षमुनि (यू-१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ । मलेसियाको युएसडी-युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलालले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुईरदुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एकरएक विकेट लिए । रासस