भिटामिन डि को कमिले एन्जाइटी हुनसक्ने
एजेन्सी । शरीरमा क्याल्सियमको कमि हुन गएमा भिटामिन डी चाहिन्छ । हड्डी तथा मांसपेशी कमजोर भएमा भिटामिन डी चाहिन्छ । डिप्रेसन तथा एन्जाइटी बढेको बेलामा पनि शरीरमा भिटामिन डी को कमि भएको देखिन्छ । एक भिटामिनले शरीरको हरेक क्रियाकलापलाई प्रभावित पारेको हुन्छ । मानिसहरुले उदास, दःखी, डिप्रेसन तथा एन्जाइटीको कारण बाहिरी विषयवस्तु तथा सम्बन्धलाई लिएर खोज्ने गर्छन् तर, शरीरभित्रकै रसायनमा आएको घटबढका कारण त्यो समस्या आएको हुनसक्नेमा मानिसले अनुमान गर्ने गर्दैन । अमेरिकन नेशनल हेल्थ एन्ड न्यूट्रिशन पत्रिकामा छापिएको एक सोधका अनुसार भिटामिन डी को कमि र एन्जाइटी तथा मानिसको मुडको सिधा सम्बन्ध रहेको उल्लेख गरेको छ । ‘वर्क योर माइन्ड फूड’ की लेखिका पोषणविद् तथा मनोचिकित्सक डा उमा नायडुले सो विषयमा गरिएको अनुसन्धानहरुले भिटामिन डी ले डिप्रेसन र एन्जाइटीको विरुद्धमा राम्रो काम गर्ने बताएकी छन् । भिटामिन डी ले मस्तिस्कमा न्यूरो–स्टेरोइड रसायनको रुपमा काम गर्छ र एन्जाइटीसँग लड्न मद्दत गर्छ । क्याम्ब्रिज युनिभर्सिटीको एक प्रेसमा छापिएको सोधमा जुन मानिसमा भिटामिन डी को कमि छ सो मानिसमा डिप्रेसनको खत्रा बढी रहेको औंल्याएको छ । तर, यो होइन की हरेक डिप्रेसनको उपचार भिटामिन डी सेवनद्वारा निको हुन्छ । शरीरमा भिटामिन डी को मात्रा सामान्य अवस्थामा रहेमा रोग लाग्ने सम्भावना कम रहन्छ ।
यस्ता छन् सरकारका प्रमुख निर्णयहरु
फाइल फोटो काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपबल्कि अफ इजिप्ट अन कोप्रेशन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन् । उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् । ‘राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने । गृहमन्त्रीज्यु अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गय राति हृदयघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेशन भएको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनु हुनेछ । बोल्नसक्ने स्थितिमा आउनुभएको छ ।’, उनले भनिन् । प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको बताइन् ।
महिनामै ३६ खर्बसम्म हुने आरटीजीएस कारोबार २१ खर्बमा सीमित, दशैंमा नोटको प्रभाव कि प्रविधिप्रतिको अविश्वास ?
काठमाडौं । भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा याे काराेबार ५९.६३ प्रतिशत कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको भदौमा आरटीजीएसमार्फत् ७२ हजार ५६० जनाले ३६ खर्ब २० अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । चालु आर्थिक वर्षको भदौमा कारोबार रकम सँगै कारोबार गर्नेहरुको संख्या पनि घटेको हो । गत साउनमा ६९ हजार ५६८ जनाले २८ खर्ब ६८ अर्ब ७४ करोड ३० लाख रुपैयाँको कारोबार गरेका छन् । यस्तै, एटीएमबाट पैसा झिक्नेहरुको संख्या भने बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएकाे छ । तथ्यांकका अनुसार भदौमा १ करोड ११ लाख ६८ हजार ७२७ जनाले ८३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ एटीएमबाट झिकेका छन् । गत साउनमा ८१ अर्ब ३८ करोड ३० लाख रुपैयाँ झिकिएको छ । प्रत्येक महिना पैसा झिक्नेसँगै रकम पनि बढेको देखिन्छ । यस्तै, साउनको तुलनामा भदौमा कनेक्ट आइपीएस गर्नेहरुको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । भदौमा १२ लाख २६ हजार ८५० जनाले १ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँको कारोबार कनेक्ट आइपीएस मार्फत् गरेका छन् भने गत साउनमा ६ लाख ८६ हजार ७९ जनाले १ खर्ब ३१ अर्ब ६करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ । यस्तै, गत आर्थिक वर्षको भदौमा १० लाख १० हजार ३५० जनाले १ खर्ब ५८ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । गत आर्थिक वर्षको भदौको तुलनामा यस वर्षको भदौमा कारोबार गर्ने संख्यासँगै कारोबार रकम पनि घट्दै गएको देखिन्छ । राष्ट्र बैंकका अधिकारीहरु भने दशैं लागेसँगै मान्छेहरु बढी नोटको कारोबार गर्ने भएकोले विद्युतीय कारोबार केही घटेको बताउँछन् । के हाे आरटीजीएस ? यो ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ । बिना चेक, बिना झण्झट केही मिनेटमै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रक्रियालाई नै आरटीजीएस हो । भुक्तानी प्रणालीमा एक व्यक्तिले अर्को व्यक्तिलाई भुक्तानी गर्दा चेक नकाटिकन नै भुक्तानी गर्न सकिन्छ । कुनै पनि वस्तु तथा सेवा खरिद बिक्री भएपछि त्यसको भुक्तानी गर्नुपर्ने हुन्छ । यस प्रणालीमार्फत अहिले भुक्तानी गरेको रम अर्को व्यक्तिले लगत्तै पाउँछ । यो प्रणालीअन्तर्गत बैंकले एकै पटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्छन् ।
सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
गृहमन्त्री श्रेष्ठलाई हृदयाघात, चीनको अस्पतालमा भर्ना
काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ । उपप्रधान श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेको थिए । भ्रमणकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।
होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट
काठमाडौं । होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट हुने भएको छ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् । नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।
महेशलाई समर्थन गर्दै रविनाले लिइन् उम्मेदवारी फिर्ता
काठमाडौं । गैर आवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै श्रीमती थापाले संघलाई एकताबद्ध गर्न आफुले त्यस्तो निर्णय गरेको जनाएकी हुन्। ‘अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसको स्वागत र समर्थन गर्दछु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु,‘ उनले वक्तव्यमा भनेकी छन् । यसअघि २०२१-२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने जनाएकी थिइन्।
एभरेष्ट बैंकले मनायो २९ औं वार्षिकोत्सव
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २ सयभन्दा बढी कर्मचारीहरूकाबीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।