डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा तिमिलाले जिते एक लाख रुपैयाँ
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएकको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख रुपैयाँ जितेका छन् । कात्तिक ०६ गते सोमबार भएको लक्की ड्र मार्फत तिमिलाले नगद एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री
लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्रीले सो कुरा बताएका हुन् । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सो अवसरमा अर्थमन्त्रीले नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न बिभिन्न सुधारका कार्य शुरु गरेको समेत बताए । उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे । बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए । नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने वीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए । बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको बिभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका बिभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए । विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय उर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरुका बारेमा ब्रिटिश कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गरेका थिए। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिवद्ध रहेको लगानीकर्तालाई आश्वासन दिए। लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरुको बारेमा प्रस्तुति दिंदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताए। त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको उर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरु, भारत तथा चीनसँग विद्युत विकास तथा खरीदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पूजीको आवश्यक रहेकोले लगानीकर्ताहरुको लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गरे । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिंदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरे । ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेण्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफुहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औल्याए । सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिए । साथै उक्त अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरु— ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, फिनल्याण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । यसै सिलसिलामा माननीय मन्त्रीज्यूको हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जी पी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा कुराकानी भयो। उक्त सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, वीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु,व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करीब सय जनाको उपस्थिति रहेको थियो।
स्याङ्जाका हुमनाथले पढाउन छाडेर कृषिकर्म गर्दा …
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन् । उनले सञ्चालन गरेको पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्ध यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका हुन् । उनले गोलभेंडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा आठ लाख बचत गर्ने गरेको दाबी गरे । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन् । किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आएका छन् । उनले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आएका छन् । ‘विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ’, उनले भने, ‘हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।’ पित्लेकमा २६ र खहरेमा १० गरेर उनले कुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गरेका छन् । उनको सात स्थायी टनेल छन् । फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उहाँसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उनले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर ३५ हजार र ९० लिटर मह उत्पादन गरेर एक लाख ५० हजार आम्दानी गरेको बताए । चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले २५ लाख पुगेको छ । ‘सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ ।’ हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुष्ट रहेको बताए । ‘गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ’, उनले थपे, ‘नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।’ उनले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गरे । ‘स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुहुन्छ, मलाई हौसला दिएर जानुहुन्छ’, उनले खुसी व्यक्त गरे, ‘यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।’ उनले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिए । उनले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाएका छन् । छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गरे । ‘हामीले स्थानीय बजारलाई लक्षित गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ’, हुमनाथले भने, ‘हाम्रो तरकारी बजारमा पुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।’ सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गरे । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उनको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उनको तर्क छ । हुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहेका छन् ।
बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?
मुस्ताङ । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा हुनुहुन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् रु कुनै ठेगान छैन । ‘आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो’, उनले भने, ‘सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।’ दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन । यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । ‘पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ’, उनले भने, ‘कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।’ कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो। उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ। बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् । कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन्। उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्याएको थियो । ‘बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,’ ६३ वर्षीय गुरुङले भने, ‘मेरो घरमा रु २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु।’ कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारीरहेको बताए । ‘सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ’, उनले भने । सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए । कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए । ‘पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ’, कृष्णले भने, ‘कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ।’ अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको बताए । ‘बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ’, अध्यक्ष रिङजीनले भने, ‘बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ।’ अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे । ‘बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन’, अध्यक्ष रिङजीनले भने, ‘ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।’ पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ । विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । ‘२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्’, अध्यक्ष रिङजिनले भने, ‘बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।’ विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको उनको भनाइ छ । ‘देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्’, संयोजक फेन्चोकले भने, ‘स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।’ सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताउनुभयो । ‘बाढी आउँदासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए’, उनले भने, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुर्ननिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनःनिर्माणको काम सुरु हुनेछ ।’ बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक फेन्चोकले बताए । उनले जोखिम अध्ययन गरेर मात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राखे । ‘कागबेनी पहिलेदेखि नै खोला माथि बसेको बस्ती हो, करिब एक सय २० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्’, उनले भने, ‘प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनुहुँदैन ।’ तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीनरचार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक फेन्चोकले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको सङ्गमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक फेन्चोकले उल्लेख गरे । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ। बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् । हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनःनिर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको संयोजक फेन्चोकले बताए । गत भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गरेका थिए । ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनःनिर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढङ्गलले कागबेनी बस्तीको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुर्ननिर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताएका थिए । यही कात्तिक दुई गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । सो क्षेत्रको निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बाढीपहिराजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका थिए । संयोजक फेन्चोकले जलवायुजन्य विपद् सामनाका लागि दातृ निकायबाट आउने ५० करोड मुस्ताङलाई दिने घोषणा गरेका थिए । रासस
भिभो भी२९ फाइभजी नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र ४२ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ भने कात्तिक १६ देखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ खुल्ला गरिएको छ । यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ गरी ग्राहकहरुले ३ हजार ९ सय ९९ मूल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १ सय २० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजका साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषता छन् । २४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ आकर्षक तस्वीर र भिडियो प्रदान गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ६ सय ९५ प्रोसेसर रहेको छ । ४ हजार ८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्याम पनि रहेको छ । यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कात्तिक २० देखि खरिद गर्न सक्नेछन् ।
जथाभावी फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०–८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिए । उनका अनुसार गत आव २०७९–८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । ‘घर, पसल र कार्यालयबाट निस्कने फोहर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । सामानसहित ट्रक नियन्त्रणमा बिलबिजकभन्दा बढी लोड गरेको तयारी कपडा तथा विद्युतीय सामानसहित पर्सा प्रहरीले ट्रक निन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डबाट बिलबिजकभन्दा बढी सामान लोड गरेको ना३ख ४६५१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिलविजकभन्दा बढीका सामान बोकेको ट्रक वीरगन्जबाट झापातर्फ जाँदैै गरेको गोप्य सूचनाका आधारमा रोकेर जाँच गर्दा बिलबिजक शङ्कास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । बरामद सामग्रीको मूल्याङ्कन करिब रु ४२ लाख ३२ हजार आठ सय २७ कायम गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस
कुटपिट र झगडामा व्यस्त एनआरएनए, बैंक खाता रोक्का गरेर कार्यालय कब्जा गर्ने रणनीति
काठमाडौं । आफ्नो जन्मभूमी अर्थात् नेपालको समृद्धिमा योगदान पुर्याउने भनेर संगठित भएका गैर आवासिय संघ (एनआरएनए)का पदाधिकारी तथा सदस्यहरु नै एकआपसमा कुटपिट र झैझगडामा व्यस्त हुन थालेका छन् । लामो समयदेखि विवाद झेल्दै आएको एनआरएनएको ११ औं महाधिवेशनमा धाँदली भएको भन्दै विवाद थप चुलिएपछि सामूहिक झैझगडा र कुटपिटमा उत्रिएका हुन् । एनआरएनएको सम्मेलनमा कमिटि चयनका लागि प्रयोग गरिएको विद्यु्तीय मतदान प्रणालीमार्फत् नियोजित रुपमा धाँदली गरिएको भन्दै छानविन समिति गठन गर्ने र पुनः मतदान गर्ने जस्ता विषयहरु असन्तुष्ट पक्षले उठाएको थियो । सो विषयमा विजयी पक्षले समेत छानविनमा सहमति जनाएको थियो । तर, सहमति विपरित निर्वाचित अध्यक्ष बद्री केसी सहितको पदाधिकारीले सपथ लिएपछि असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटि गठन गरेर अगाडि बढ्ने काम गरेको छ । अहिले एनआरएनएमा दुवै पक्षले एनआरएनको कार्यालयलाई एकआपसमा कसले कब्जामा लिने भन्ने होडबाजीमा उत्रिएका छन् । सोही शिलशिलामा एनआरएनको बालुवाटारस्थित कार्यालयमा मंगलबार आरके शर्मा र केसी पक्षका व्यक्तिहरुबीचमा झडपको अवस्था सिर्जना भएको थियो । झडपमा बेल्जियम निवासी पत्रकार ओम शर्मालाई चोट लागेको छ । बद्री केसीले दिए उजुरी मंगलबार एनआरएनएको कार्यालयमा भएको झडपपछि एनआरएनएका निर्वाचित अध्यक्ष बद्री केसीले असन्तुष्ट पक्षको नेतृत्व आरके शर्मासहित ५ जना विरुद्धमा भिन्न–भिन्न अभियोगमा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । बुधबार अध्यक्ष केसीले जीउ, ज्यान र सम्पत्तिको सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनियाताको विषयलाई लिएर उजुरी दिएका हुन् । एनआरएनए दुई समूहमा विभाजित भएपछि संगठनको बैंक खाता रोक्का गर्न असतुन्ष्ट पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन गरेको छ । परराष्ट्रले समेत संघको बैंक खाता रोक्का गर्न निर्देशन दिइसकेको छ । साथै आधिकारिक संघको दाबी गर्दै आरके समूहले परराष्ट्र मन्त्रालयमा आइतबार नै निवेदन समेत दिइसकेको छ । महाधिवेशनपछि शुरु भएको विवादलाई सल्ट्याउने पक्षमा निर्वाचित भएको दाबी गर्ने समूह रहेको देखिँदैन भने असन्तुष्ट पक्षले पनि निर्वाचनको परिणामलाई अस्वीकार गर्ने बताउँदै आएको छ । मध्यस्थता गर्ने पक्षको अभाव र दुवै पक्षको आ-आफ्नै अडानका कारण एनआरएनको विवाद थप चुलिँदै जाने देखिन्छ । अझ पछिल्लो समयमा एनआरएनए स्पष्ट रुपमा राजनीतिक दलमा विभाजित हुँदै खोज्दा समस्या थप बढ्ने समेत देखिएको छ । १० औं महाधिवेशनदेखि विवाद एनआरएनएमा अहिले देखिएको विवाद भर्खरै विकास भएको भने होइन । २०७८ चैतमा भएको दशौं महाधिवेशनमा नै एनआरएनए दुई समूहमा विभाजन भएको थियो । त्यसपछि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले ६/६ महिनामा अध्यक्षको नेतृत्व गर्नेगरी एनआरएनए सञ्चालन भएको थियो । विभाजनको डिलमा पुगेर समझदारीमा आइपुगेको एनआरएनको ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भनिएपनि राजनीतिक रुपमा कित्ताकाट हुँदै जाँदा भोटिङ प्रणाली नै कब्जामा लिएर मतपरिणाम तय गरेको आरोप लाग्नेगरी विवाद फेरि थपिएको छ । निर्वाचनमा धाँदली भएको समितिको निष्कर्ष निर्वाचनको नतिजामा विवाद सिर्जना भएपछि असन्तुष्ट पक्षले माग गरेबमोजिम निर्माण भएको छानविन समितिले समेत निर्वाचनमा योजनाबद्ध रुपमा धाँदली भएको ठहरसहित प्रतिवेदन बुझाएको थियो । समितिले निर्वाचन समितिले निर्वाचनका बेलामा गम्भीर अनियमितता गरेको र तथा तेस्रो पक्षले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको निष्कर्ष निकालेको छ । निर्वाचनपछिको अवस्थामा एनआरएनए कार्यालय दिनहुँ तनावपूर्ण अवस्थाबाट गुज्रदै आएको छ । एनआरएनका विभिन्न समूहबीचमा झडप हुँदै गएपछि अहिले सो कार्यालयलाई प्रहरीले सुरक्षा दिँदै आएको छ । नेपालको समृद्धिमा योगदान पुर्याउने नाममा संगठित हुन शुरु गरेका एनआएरएनएका पदाधिकारी तथा सदस्यहरु नै पद तथा प्रतिष्ठाको लागि लड्न शुरु गरेपछि उनीहरुको आदर्श नै जोखिममा पर्ने देखिएको छ ।
जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा आयात
बाँके । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ । नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केराखेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए । उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ । बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केराखेती गरिरहेका छन् ।