विकासन्युज

लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन-कुन हुन् ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकका अनुसार कोहलपुर नगरपालिका ११ न्यूरोड चोक शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थानबाट कारोबार हुने छ । यस्तै, तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइनमा रहेको शाखा कार्यालय शाखा गाभिएर तुलसीपुर उपमहानगरपालिका ६ घोराहीस्थित साविक लक्ष्मी बैंकको शाखा कार्यालयबाट कारोबार हुने बैंकले बताएको छ । कात्तिक २३ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।

दिल्लीमा प्याजको मूल्य २५ प्रतिशत घट्यो, उपभोक्तालाई राहत

एजेन्सी । भारत केन्द्र सरकारको हस्तक्षेपपछि नयाँदिल्लीको बजारमा प्याजको मूल्य घट्न थालेको छ । बुधबार दिल्लीको ओखला मन्डीमा प्याजको खुद्रा मूल्य लगभग २५ प्रतिशतले घटेर किलोको ५६ देखि ६० रुपैयाँमा काराेबार भइरहेकाे छ। महाराष्ट्रको बजारमा पनि प्याजको भाउ घट्न थालेको छ । तर, राजस्थान र मध्यप्रदेशजस्ता धेरै राज्यमा प्याजको मूल्य उच्च छ । प्याजको नयाँ स्टक बजार आएपछि आगामी दिनमा मूल्य घट्ने अनुमान गरिएको छ । गत साता प्याजको भाउ निकै बढेको थियो । तर, बुधबार प्याजको भाउ घटेपछि उपभोक्ताले राहत महसुस गरेका छन् । दिल्लीमा अक्टोबर २४ र २५ का बीचमा प्याजको भाउ अचानक बढ्न थालेको थियो र दुई दिनअघि प्रतिकिलो ८० रुपैयाँ पुगेको थियो। अबको केही दिनमा प्याज प्रतिकिलो ५० रुपैयाँ पुग्ने अनुमान छ। आपूर्ति घटेकाले गत साता प्याजको भाउ बढेको थियो । गत साता प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेपछि बजारमा प्याज कारोबारमा नकारात्मक असर परेको थियो । त्यसले गर्दा प्याजको बिक्री पनि घटेको छ । प्याजको नयाँ स्टक बजार आएपछि आगामी दिनमा भाउ अझै घट्ने अपेक्षा व्यापारीहरूले गरेका छन् । भारतीय खाद्य मन्त्रालयका अनुसार महाराष्ट्रको बजारमा पनि प्याजको भाउ घट्न थालेको छ । तर, राजस्थानको बजारमा प्याजको मूल्य भने उच्च छ । जयपुरको मुहाना क्षेत्रमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम छ । मध्यप्रदेशको बडवानीमा पनि प्याजको भाउ ७० रुपैयाँ प्रतिकिलो कायम छ भने विदिशामा पनि ६० देखि ७० रुपैयाँमा प्याज बिक्री भइरहेको छ । विदिशा क्षेत्रका साना व्यापारीले थोक व्यापारीले प्याजको कालोबजारी गरेको आरोप लगाएका छन् । कृषकले प्याज बजार ल्याउन ढिलाइ गर्नु नै मूल्य बढ्नुको प्रमुख कारण रहेको थोक व्यापारीहरूले बताएका छन् ।

तिहारका लागि विद्यालयमा फूल उत्पादन

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ । ‘करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ’, उनले भने, ‘रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ ।’ विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ । विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले बताए । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए । ‘उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ’, उनले भने । विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ । विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए । रासस

सदियौंदेखि पीडा सहँदै आएको एउटा सहर

लण्डन। यरूशलेमका प्यालेस्टिनी इतिहासकार आरिफ अल-आरिफले सन् १९४३ मा प्रकाशित एउटा पुस्तकमा गाजा सहरबारे उल्लेख गरेका छन्। यस पुस्तकमा उनले अरबी, अङ्ग्रेजी, फ्रेन्च र टर्की साहित्यमा यस तटीय सहरको बारेमा लेखिएका कुराहरूको सारांश सुरक्षित राखेका थिए । सन् १९०७ मा अमेरिकी रब्बी मार्टिन मेयरद्वारा गाजाबारे लेखिएको पुस्तकमा अमेरिकी प्राचिनविद् रिचर्ड गोथिलले यो ‘इतिहासको अध्ययनमा रुचि राख्नेहरूका लागि एउटा रोमाञ्चक शहर’ थियो भनेर लेखेका छन् । यसको रणनीतिक महत्वको व्याख्या गर्दै गोथिलले लेखेका छन्, ‘गाजा दक्षिणी अरब र सुदूर पूर्वबाट भूमध्य सागरमा सामान ढुवानी गर्ने क्याराभानहरूको मिलन स्थल भएको छ । यो सहर सिरिया, एशिया माइनर (टर्की) र युरोपमा सामान ढुवानी गर्ने केन्द्र पनि थियो । यो सहर प्यालेस्टाइन र इजिप्टबीचको कडी हो ।’ चाखलाग्दो कुरा के छ भने १३ औं शताब्दीका लेखक तथा यात्री याकुत अल-हमामीको विश्वकोश ‘किताब मुजाम अल-बुलदान’ (डिक्सनरी अफ कन्ट्रीज)मा गाजा भनिने यस क्षेत्रका तीन वटा सहरको उल्लेख गरिएको छ । यसको पहिलो नाम जजिरा अल अरब थियो । प्रसिद्ध अरबी कवि अल-अखतल अल-ताग्लिबीले पनि यस सहरको बारेमा एक कविता लेखेका छन् । अल-हमावीले यसको अर्को नाम ‘इफ्रिकिया’ दिन्छ, जुन ट्युनिसियाको पुरानो नाम पनि हो । अल–हमावीका अनुसार यो र कायरोबीच तीन दिनको यात्रा गर्नुपर्ने छ । अल-हमावीले गाजालाई इजिप्टको दिशामा लेभान्टको सबैभन्दा टाढाको भागको सहरको रूपमा वर्णन गरेका छन् । यो सहर अश्केलोनको पश्चिममा प्यालेस्टाइनी इलाकामा अवस्थित छ । प्राचीन कालदेखि नै अरब जगतले यसलाई गाजा भन्दै आएको छ । इस्लामी युगमा पैगम्बर मोहम्मदका हजुरबुवा ‘हाशिम बिन अब्द मनाफ’ को समयमा यसलाई ‘हाशेम का गाजा’ भनिन्थ्यो । त्यहीँ उनको मृत्यु भएको थियो । प्रसिद्ध इस्लामी विद्वान र लेखक इमाम अल-शफीको जन्म यहीँ भएको थियो । हिब्रूमा यसलाई ‘अजा’ भनिन्छ । किनभने हिब्रूमा यसलाई अरबी अक्षर ‘गेनु (जी) को सट्ट’ ऐनु (ए) वा ‘हम्जा’ लेखिएको छ । अल-आरिफले आफ्नो पुस्तक ‘द हिस्ट्री अफ गाजा’मा लेखेका छन् कि यसलाई केही समुदायले ‘हाजाती’ भनेका थिए भने प्राचीन इजिप्टियनहरूले यसलाई ‘गजातु’ वा ‘गदातु’ भनेका थिए । ग्रीक शब्दकोशमा यो पनि उल्लेख गरिएको छ कि गाजालाई हरेक युगमा फरक(फरक नाम दिइएको थियो । यी नामहरूमा ‘आइनी’, ‘मिनोआ’ र ‘कन्स्टेन्टिया’ समावेश थिए । चौथो शताब्दीमा वर्तमान इजरायलको काइस क्षेत्रमा जन्मेका मसीही धर्मशास्त्री युसेबियसले गाजालाई घमण्ड र शक्तिको अर्थको रूपमा वर्णन गरेका थिए । प्रसिद्ध स्कटल्याण्डका लेगिकोग्राफर सर विलियम स्मिथले पनि सन् १८६३ मा प्रकाशित आफ्नो ‘डिक्सनरी अफ द ओल्ड टेस्टामेन्ट’ मा गाजाको उल्लेख गरेका छन् । सन् १९१० मा प्रकाशित डिक्सनरी अफ द न्यु टेस्टामेन्टका लेखक सोफ्रोनियसले ‘गाजा’ फारसी शब्द हो, जसको अर्थ शाही खजाना हो भनेका थिए । तर, धेरैले यो शब्दको उत्पत्ति ग्रीक भाषाबाट भएको विश्वास गर्छन् । ग्रीक भाषामा यसको अर्थ धन वा खजाना हो । धेरै अर्थमा गाजाको अर्थ फारसी र ग्रीक भाषामा घनिष्ठ सम्बन्ध हो । भनिन्छ, एक इरानी राजाले गाजामा आफ्नो सम्पत्ति लुकाएका थिए । त्यसपछि राजा इरान फर्के । भनिन्छ, यो घटना रोमी कालमा भएको थियो । याकुत अल-हमावीले ‘गाजा’ टायर नाउँ गरेका एक व्यक्तिको पत्नीको नाम भएको पनि उल्लेख गरेका छन् । तिनको नाउँमा, टायरको फोनिसियन सहर निर्माण गरिएको थियो । टायर हाल लेबनानमा रहेको छ । अङ्ग्रेजी पुरातत्त्वविद् सर फ्लिन्डर्स पेट्रीलाई इजिप्ट र यसको वरपरको पुरातत्वका विशेषज्ञ मानिन्छन् । उनले प्राचीन गाजाको स्थापना ख्रीष्टभन्दा तीन हजार वर्ष पहिले ‘हिल अल अजवाल’ नामक पहाडमा भएको बताए । उनका अनुसार त्यस समयमा आक्रमणका कारण यहाँका बासिन्दाले सहर छाडेका थिए । आक्रमणबाट विस्थापित भएका मानिसहरू सहरबाट तीन माइल टाढा गएर नयाँ गाजा सहरको स्थापना गरेका थिए । हालको गाजा पनि सोही स्थानमा छ । यो आक्रमण इजिप्टको हिक्सोस राजवंशको शासनकालमा भएको विश्वास गरिन्छ । हिजोस वंशले ईसापूर्व १६३८ देखि १५३० सम्म १०८ वर्षसम्म इजिप्टमा शासन गरेका थिए । यस अवधिमा यो राजवंशले गाजालाई नियन्त्रण गरेको हुन सक्ने विश्वास गरिन्छ । तर, कोही-कोही यस्ता पनि छन् जसले यो कथालाई अस्वीकार गर्छन् र भन्छन् कि गाजा अझै पनि यसको पुरातन स्थानमा छ, जहाँ यो पहिलो पटक मानिसहरु थिए । यस विचारअनुसार ‘ताल अल-अजौल’ गाजाको व्यापारिक बन्दरगाह थियो । केही मानिसहरू विश्वास गर्छन् कि प्राचीन गाजा अलेक्जेन्डर द ग्रेटद्वारा नष्ट गरिएको थियो र आधुनिक गाजा दोस्रो स्थानमा बस्यो । यो विषयलाई सर पेट्रीले पनि विश्वास गरेका छन् । अल-आरिफले आफ्नो पुस्तकमा लेखेका छन् कि गाजा सहर मेनिट्स कुलले बसालेको थियो । मेनाइट्सलाई अरब संसारको सबैभन्दा पुरानो बासिन्दा मानिन्छ । यी मानिसहरूले ईसापूर्व १० मा सभ्यताको झण्डा उठाएका थिए । अल-आरिफका अनुसार गाजा सहरलाई केन्द्रको रूपमा स्थापित गर्ने श्रेय यिनै मानिसहरूलाई जान्छ । अरबहरूका लागि गाजाको महत्व यस तथ्यको कारण पनि थियो कि यो इजिप्ट र भारतबीचको महत्त्वपूर्ण व्यापारिक सम्बन्ध थियो । लाल सागरमा नेभिगेसनको तुलनामा यो सहर उनीहरूका लागि उत्तम व्यापारिक मार्ग थियो । अरब प्रायद्वीपको दक्षिणमा रहेको यमनबाट यस क्षेत्रमा व्यापार सुरु भएको थियो । कुनै समय अरब विश्व र भारतबीचको व्यापार त्यहाँ फस्टाएको थियो । यमन पछि व्यापारको यो मार्ग उत्तरमा मक्का, मदिना र पेट्रामा गयो र दुई शाखाहरूमा विभाजित भएको मानिन्छ । दोस्रो शाखा तैम, दमास्कस र पाल्मिराको मरुभूमि सडक हुँदै भूमध्य सागरको गाजामा पुगेको थियो । केही इतिहासकारहरूको निष्कर्ष छ कि माया र शिबा साम्राज्यहरू गाजा सहर स्थापना गर्ने पहिलो अरब शासकहरू थिए । अल-आरिफका अनुसार एभिट्स र अनाकिट्स गाजामा बसोबास गर्ने पहिलो दुई व्यक्ति थिए । तिनीहरूलाई प्राचीन प्यालेस्टिनी पनि भनिन्छ र पुरानो नियमका पुस्तकहरूमा सो विषय उल्लेख गरिएको छ । यो पनि विश्वास गरिन्छ कि दक्षिणी जोर्डनको बद्दु जनजाति पैगम्बर इब्राहिमका वंशज डायनामाइट र अदोमीहरू पनि गाजामा बसेका थिए । उत्पत्तिको पुस्तक (हिब्रू बाइबल र ख्रीष्टियनहरूको पुरानो नियमको पहिलो पुस्तक) अनुसार, गाजा संसारको प्राचीन सहरहरू मध्ये एक हो । उत्पत्तिको पुस्तकअनुसार नूहका छोरा हामका सन्तान कनानी सभ्यताले यसलाई बसालेका थिए । तर, अर्को उल्लेखअनुसार कनानीहरूले एमोरी कुलसमूहबाट यो भूमि जितेका थिए । ट्युनिसियामा जन्मेका इतिहासकार इब्न खल्दुनका अनुसार कनानीहरू अरबी थिए, जसले आफ्नो पुर्खालाई अमालेकिया जनजातिसँग जोडेका थिए । तर, कसै-कसैले कनानीहरू वास्तवमा फारसको खाडीबाट आएका हुन् भनी विश्वास पनि गरेको पाइन्छ । इतिहासकारहरूको अनुमानअनुसार तिनीहरू पाँच हजार वर्षअघि यस क्षेत्रमा बस्थे । बेलायती पुरातत्त्वविद् सर पेट्रीका अनुसार सहरको पर्खालको ठूलो भाग जहाँ अवशेषहरू फेला परेका थिए त्यो कनानी युगमा निर्माण गरिएको थियो । त्यहाँका उत्खननकर्ताहरूले कनानीहरूपछि फेरि यति ठूलो आकारका ठूला-ठूला ढुङ्गाहरू भेट्टाएनन् । कनानी सहरका भग्नावशेषहरू गाजा पट्टीको तेल अल(अजुल शहरको दक्षिणी छोरमा पनि फेला परेका थिए, जुन इजिप्टको हिक्सोस राजवंशले कब्जा गरेको देखिन्छ । त्यहाँ मानिसहरुको अन्त्यष्टि गरेका चिहान पनि फेला परेका छन् । यीमध्ये केहीलाई ईसापूर्व ४० को काँस्य युग भनिएको छ । अल-आरिफका अनुसार कनानीहरूले गाजा क्षेत्रमा जैतुनखेती गर्थे । यी मानिसहरूको व्यापार माटोको भाँडाकुँडादेखि खानीसम्म फैलिएको थियो । कनानी सभ्यतालाई वर्णमालाको आविष्कारक मानिन्छ । यहूदीहरूले यी मानिसहरूका धेरै नियमहरू र सिद्धान्तहरू अपनाए भनी बताइएको छ । इतिहासअनुसार गाजामा इजिप्ट, बेबिलोनी, अश्शूरी, ग्रीक, इरानी र रोमी साम्राज्यहरूले शासन गर्दै आएको पाइन्छ । प्यालेस्टाइनी इतिहासकार आरिफ अल-आरिफले गाजाको इतिहासलाई ‘गौरवशाली’ भनेका छन् । गाजाले आफ्नो जीवनकालमा सबै प्रकारका विपत्ति र खतरनाक परिस्थितिहरूको सामना गरेको छ । या त आक्रमणकारीले उनलाई पिटे वा उनी आफैं यहाँबाट उखेलेर फ्याँकिए । यस उदाहरणको कुनै अपवाद छैन ।  (बीबीसीबाट अनुवादित)

गुटेरेसको नेपाली पदचापका विश्व सन्देश

करिब १४ वर्षअघि ९२०६६ को मङ्सिर १९० मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को स्वास्थ्य र सभ्यतामै के असर गर्छ भन्ने तर्क र बहस सुरु भएका थिए । सुरुसुरुमा जलवायु परिवर्तनले हिमाल र हिमालय बस्तीलाई असर गर्ने दृष्टान्त प्रस्तुत हुँदै थिए । पछि यो राष्ट्रिय एजेण्डा नै बन्यो र यसले समग्रमा प्राणीजगत्को अस्तित्वमाथि नै छिट्टै धावा बोल्ने चर्चा थालिए । त्यसैले पनि हामी हिमालको बस्तीका मानिसले यो सम्भावित खतराको सन्देशलाई विश्वको सबै भूगोलमा पु¥याउनु थियो । यसकारण जलवायु परिवर्तनका यी सङ्कटलाई फरक शैलीबाट विश्वको ध्यान तान्नुपर्ने थियो । यसैको पृष्ठभूमिमा नेपाल सरकारले हिमाल पग्लिएकै ठाउँमा पुगेर बैठक गरेको थियो । विश्वका मिडियाले यो बैठकको समाचारलाई संसारमा फैलाए । हाम्रोजस्तै कार्यशैली अपनाएर मालदिभ्सले पनि समुद्रमुनि मन्त्रिपरिषद्को बैठक गरेको थियो । जसरी नेपालले हिमशृङ्खला पग्लिएर सकिँदैछ भन्ने सन्देश दिन सगरमाथाको फेदमै पुगेर बैठक ग¥यो, त्यस्तै प्रतिकात्मक सन्देश दिन खोजेको थियो समुन्द्रमुनिको बैठकले । यी दुई बैठकको सन्देश थियो–हिमाल पग्लिएको पानी गएर समुद्रमा जम्मा हुन्छ र समुद्री सतह बढ्छ । अनि यता हिमालमा सुक्खापनले असर गर्छ, उता समुद्रको सतह बढेपछि वरपरको बस्ती डुब्छ । कालापत्थर बैठकको केही दिनपछि, सन् २००९ को डिसम्बरमा डेनमार्कको राजधानी कोपेनहेगनमा विश्व जलवायु सम्मेलन आह्वान गरिएको थियो । खासमा सोही सम्मेलनमा विश्वको ध्यान खिच्नका लागि गरिएका थिए यी बैठक । कोपेनहेगन बैठकमा नेपालले जलवायु परविर्तनका कारण नेपाल र पर्वतीय देशमा देखएिको सङ्कटबारे विश्वको ध्यानाकर्षण गराएको पनि थियो । जलवायु परिवर्तनले विश्वमा पार्दै आएको असर न्यूनीकरणका लागि विश्वका अरु पनि केही राष्ट्रले यस्तै फरक शैलीका बैठक तथा कार्यक्रम आयोजना गरेका थिए । तर दुःखद् कोपेनहेगन सम्मेलनको मुख्य वेबसाइटमा हाम्रो बैठकको सूचना थिएन, मालदिभ्सको थियो । सो सम्मेलनको वेबसाइट खोल्दा मालदिभ्सको बैठकको तस्बिर र सूचना सुरुमै आउँथ्यो तर हाम्रो कालापत्थरको आउँदैनथ्यो । सम्मेलनमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा चासो राख्नुभयो र नेपालको राष्ट्रसङ्घीय मिसनका अधिकारीलाई सोध्नुभयो । त्यसबेलाको राष्ट्रसङ्घीय नेपाली मिसनले त्यति चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् । सायद उनीहरुले ‘लबिङ’ या पहुँच पु¥याउन सकेका थिएनन् । सम्मेलनमा नेपालले नेपालका हिमाल पग्लिन थालेको र हिमाली बस्ती सङ्कटमा पर्न लागेको तथा मालदिभ्सले हिमशृङ्खला पग्लिन थालेकाले अब मालदिभ्स र यस्तै समुद्री किनारका देशका मानव बस्तीको अस्तित्व पनि सङ्कटमा पर्न सक्ने सम्बोधनका क्रममा जनाएका थिए । यसले विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको ध्यान खिचेको पनि थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता पीडित राष्ट्रहरुले पाउने क्षतिपूर्तिको प्रचलन नेपालको त्यो पहलले स्थापित गरायो । जुन अहिले पनि निरन्तर त छ तर प्रसस्तै अपुग छ, लाखौँ करोडौँ कोष टाढाका सूर्य भगवानलाई दुई थोपा अघ्र्य चढाएजस्तै । विगतका यी उदाहरणको तुलनामा यतिखेर भने नेपालले एक अभूतपूर्व अवसर प्राप्त गरेको छ । किनभने अबका केही दिनपछि राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन हुँदैछ र त्यसको आयोजक संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले त्यही प्रभावित ठाउँमा आफैँ पुगेर अवस्थाको अध्ययन गर्नुभएको छ । त्यो बैठकयता कति हिमाल पग्लियो र कति सेता हिमचुचुरा कालापत्थरमा परिणत भए भन्ने कुरा अनुसन्धानकै गर्भमा रहे पनि अब भने कालापत्थर बैठक गरेर विश्व सम्मेलनमा प्रतिकात्मक जानकारी दिनुपर्ने अवस्था छैन । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस त्यहीँ पुग्नुभयो र प्रभावित क्षेत्रका बासिन्दासँग अन्तक्र्रियासमेत गर्नुभयो । “अहिले त्यही म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन् । हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।” जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि मैले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको छु । हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत सोमबार सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रको अवलोकन गरेपछि सामाजिक सञ्जालको आफ्नै वालमार्फत दिनुभएको भिडियो सन्देश हो यो । त्यसमा उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको थियो । उहाँले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । त्यसअघि सोही दिन गुटेरेसलाई भेटेपछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयले जलवायु परिवर्तनले के कस्ता समस्या उत्पन्न गरेको छ भन्नेबारेमा जानकारी गराएका थिए । उनीहरुले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानिनोक्सानी बढेको, पानीका स्रोत र मुल सुक्दै गएका, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेकोजस्ता समस्या अवगत गराएका थिए । यो वास्तविकता देखेका महासचिव गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेस जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हिमालमा पुगेका केही हप्तापछि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ९कोप–२८० को आयोजना हुँदैछ । सोही सम्मेलनमा आफूले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानका नागरिकको कुनै भूमिका नरहेको तथ्य उठाउने बताउनुभयो । नेपालको सङ्घीय संसद्लाई सम्बोधन गर्दा उहाँले जलवायु परिवर्तनको असर नेपालमा कति परेको छ र आफ्ना कारण विना नै नेपाल कसरी पीडित बन्नुपरेको छ भन्ने कुरा धनी र यसका कारक देशसँग राम्रोसँग उठाउने बताउनभुयो । उहाँको यो भ्रमणले पक्कै पनि नेपालले नखाएको विष अब लाग्दै, लाग्नु हँुदैन र लागि नै हाले पनि विषको मात्रा नगन्य हुनुपर्छ भन्ने वास्तविकता विश्वका धनी दशेको कानमा पर्ने आशा गर्न सकिन्छ । यो हाम्रा लागि शुभ समाचार हो । महासचिव गुटेरेसको भ्रमणले बोकेको अर्को नेपाली सन्देश शान्तिको हो । हामीसँग विश्वमा अन्यत्र कतै वीरलै रहेका शान्तिका सन्देश छन् । जस्तो कि शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राष्ट्रसङ्घीय महासचिव पुग्नु नै नेपालको शान्तिको सन्देश विश्वमा पुग्नु हो । यतिखेर विश्वको झण्डै एक तिहाइ जनसङ्ख्याले बुद्ध दर्शनलाई अँगालेका छन् । त्यसैले हामी नेपाली विश्वको कुनै पनि भूगोलका भन्दा भाग्यमानी हौँ । बुद्धका शान्तिका सन्देश विश्व जति आधुुनिक, विकसित र कथित समृद्ध हुँदै गएको छ त्यति नै सान्दर्भिक हुँदै गएका छन् । शान्तिका नाममा विश्वको कुनै पनि मानिसका दिमागमा सबैभन्दा पहिला आउने बुद्ध हुन र स्थान लुम्बिनी हो । त्यसैले त महासचिव गुटेरेस लुम्बिनी पुगेर विश्वका कुनै पनि युद्धरत मुलुकलाई युद्ध छोडेर शान्तिको बाटोमा लाग्न आग्रह गर्नुभयो । मङ्गलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकलाई शान्तिको मार्गमा लाग्न आग्रह गर्नुभयो । उहाँले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी एक पवित्र उद्यान हो भन्दै लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले लुम्बिनीबाट यो आह्वान गरिरहँदा विश्वमा युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनसहित विभिन्न मुलुकमा युद्ध जारी छ । तिनका लागि उहाँको यो भ्रमणको सन्देश सान्दर्भिक छ । अर्को हामीसँगको शान्तिको सन्दशे भनेको विश्वका द्वन्द्वग्रस्त देशमा नेपाली सेनाको उपस्थिति र मध्यस्थता हो । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले विश्व शान्तिका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । राष्टसङ्घका आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सैनिक टोली खटिइआएको छ । विश्वका लगभग ४४ मिसनमा एक लाख ४६ हजारभन्दा बढी नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देशका रुपमा रहेको नेपालका अहिले पनि विश्वका करिब १२ मुलुकमा पाँच हजारभन्दा बढी सैन्य तथा प्रहरी कार्यरत छन् । शान्तिसँग जोडिएको नेपालको अर्को पाटो भनेको हामीले हाम्रो हाम्रो द्वन्द्वलाई कसरी आफ्नै मौलिक प्रयासबाट सम्पन्न गर्न सक्यौँ भन्ने पनि हो । संसारले नै अध्ययन गर्नुपर्ने गरी हामीले हाम्रो माटोको सशस्त्र द्वन्द्वको आफैँले व्यवस्थापन ग¥यौँ र शान्ति स्थापनाको नेपाली मोडल स्थापना गरी देखाइदियौँ । विद्रोही पक्षलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको निर्वाचनमार्फत् सरकारमा पठाएर विद्रोहीपक्षकै संलग्नता र सहमतिबाट उत्कृष्ट समावेशी संविधान निर्माण गरी उनीहरुलाई नै सरकारको नेतृत्वमा पठाएको मोडल विश्वमा अन्यत्र सायदै पाइन्छ होला । जुन वास्तविकतालाई महासचिव गुटेरेसले पनि स्वीकार गर्नुभयो र यसबाट विश्वले सिक्नुपर्ने अभिव्यक्ति पनि दिनुभयो । हामीले आर्जेका यी उपलब्धिहरुलाई बाह्य विश्वमा देखाउन महासचिव गुटेरेसको भ्रमण एउटा सुखद् अवसर र सन्देश दुवै हो । संयुक्त राष्ट्रसङ्घको महासचिव संसारका मिडियाले सबैभन्दा बढी पछ्याउने पद हो । संसारका शक्ति राष्ट्रका नेतृत्वको चियो गरेजस्तै मिडियाले समाचारमा महासचिवको पदचाप पनि बढीनै पछ्याउँछन् । त्यस्ता व्यक्तिको नेपाल भ्रमणले देशको कूटनीतिक उचाइ बढाउँछ नै । महासचिव गुटेरेसको यो भ्रमण नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक लाभ हो । यो कूटनीतिक उपलब्धिभित्रै नेपालले भोगिरहेको जलवायु सङ्कट र नेपालको शान्तिको सन्देश संसारमा फैलाउने अर्को एक अवसर पनि हो । महासचिव गुटेरेसका नेपालको अर्थपूर्ण र महत्वपूर्ण पदचापको सन्देश जलवायु सङ्कट र शान्तिको सन्देश संसारमा पु¥याउनु हो । हाम्रा हिमालको सङ्कटलाई न्याय उहाँका आँखाले देख्दा जति प्रभावकारी अरुबाट कमै हुनसक्छ । त्यतिकै महत्वपूर्ण उहाँले लुम्बिनीबाट विश्वका अशान्त देश र द्वन्द्वहरुलाई शान्तिका लागि गर्नुभएको आह्वान छ । उहाँका पदचापले फैलाएका यी सन्देश विश्वमा कहाँ पुगे र त्यसबाट हामीले कसरी र के लाभ लिने भन्ने विषयलाई हाम्रो कूटनीतिक कौशलताले पछ्याउनुपर्ने खाँचो त छँदैछ । रासस

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको एफपीओ आज कात्तिक १६ गते बिहीबारका दिन बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । त्यसैले १२ हजार ३८१ जना लगानीकर्ताले लघुवित्तको १० कित्ता सेयर प्राप्त गरेको नेपाल एसबीआई मर्चेन्टले बताएको छ । साथै, ६.४५ कित्ता सेयर बाँकी रहेकाले ६ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ जनाले ०.४५ कित्ता सेयर प्राप्त गरेका छन् । लघुवित्तको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ ।

चालु संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताए । उनका अनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ । ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसावले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ’, उनले भने । बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।