लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन-कुन हुन् ?

<p>काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट [&hellip;]</p>

काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् ।

लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार कोहलपुर नगरपालिका ११ न्यूरोड चोक शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थानबाट कारोबार हुने छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइनमा रहेको शाखा कार्यालय शाखा गाभिएर तुलसीपुर उपमहानगरपालिका ६ घोराहीस्थित साविक लक्ष्मी बैंकको शाखा कार्यालयबाट कारोबार हुने बैंकले बताएको छ ।

कात्तिक २३ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।

Share News