विकासन्युज

नबिल बैंकले कमायो डेढ अर्ब नाफा, लाभांश क्षमता १३.३४ प्रतिशत

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेर ७५ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेर ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको लाभांश क्षमता १३.३४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६.२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ घटेर २१.७२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८६.५३ प्रतिशत र आधार दर ९.५८ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको नाफासँगै ईपीएस पनि बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अबए ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोष १५.६७ प्रतिशत घटेर ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ, निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३.१३ रुपैयाँ बढेर १८.६६ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा १.३ प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८३.५६ प्रतिशत र आधार दर १०.०१ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको नाफा १.२२ अर्ब रुपैयाँ, साढे २४ अर्ब पुग्यो जगेडा कोष

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेर ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत बढेर ५ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेर १ अर्ब  ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६.६३ प्रतिशत बढेर २४ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ३.९१ प्रतिशत बढेर ४ खर्ब ४३ अर्ब रुपैयाँ र कर्जा ०.२७ प्रतिशत बढेर ३ खर्ब ५७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ६.२९ रुपैयाँ घटेर १३.७१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८१.१८ प्रतिशत र आधार दर १०.०७ प्रतिशत रहेको छ ।

विश्व बैंकको नीतिमा प्रश्न गर्दै बाबुराम भट्टराईले भने-‘पृथ्वीमा स्वर्ग छैन’

काठमाडौं । विश्व बैंकका प्रबन्ध निर्देशक अन्ना ब्जेर्डे काठमाडौं आए लगत्तै बुधबार एक्स गर्दै भनिन्: ‘नमस्ते नेपाल ! नेपालम पहिलो भ्रमणमा रहँदा, म सबैको हितको लागि हरित, लचिलो र समावेशी नेपाल निर्माणमा मद्दत गर्न हामी कसरी मिलेर काम गर्न सक्छौं भनेर प्रतिक्षारत रहनेछु ।’ पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रिएक्स गर्दै भने-नेपालको पूर्व अर्थमन्त्री र राजनीतिक अर्थशास्त्रको उत्सुक विद्यार्थीको हैसियतमा विश्व बैंकलाई मेरो विनम्र सल्लाह छ कि कृपया नेपाल जस्ता अल्पविकसित देशहरूमा “सबैका लागि एउटै साइज फिट हुन्छन्’’ भन्ने प्रचार गर्न र लाद्न बन्द गर्नुहोस् ।’’ ‘हरियो’, ‘लचिलो’ र ‘समाबेसी’ जस्ता उत्कृष्ट शब्दहरू ‘स्वर्ग’ भने जस्तै हुन् । ‘स्वर्ग’ सँग कसको असहमत छ ? तर त्यहाँ कसरी पुग्ने ? सबै धर्मका ‘पुजारीहरू’ लामो समयदेखि यसको बारेमा भनिरहेका छन्, तर अहिलेसम्म कसैले देखेका छैनन्, किन ? पूर्व प्रधानमन्त्री भट्टराईले विश्व बैंकका प्रबन्ध निर्देशकलाई प्रश्न गरेका छन् । ‘त्यसैले स्पष्ट, बस्तुगत र समानुभूतिपूणर् बनौं । समय र स्थान विशेषको आधारमा विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय र स्थानीय परिवेश अनुसार आर्थिक विकासले विभिन्न ऐतिहासिक चरणहरू पार गर्दछ । तसर्थ, नीतिहरू निश्चित देश वा देशहरूको समूहको ठोस सन्दर्भ अनुरूप डिजाइन गर्नुपर्छ’ नेता भट्टराईले विश्व बैंकलाई सुझाव दिदै लेखेका छन् । नेपालको आर्थिक र सामाजिक परिदृष्यबारे सटिक टिप्पणी गरेका छन् । अतिकम विकसित देश अर्थात एलडीसी (म यूडिसी वा अल्पविकसित देशहरू भन्न रुचाउँछु) अझै पनि पूर्व-औद्योगिक निर्वाह कृषि चरणको दलदलमा फसेका छन् । जहाँ उत्पादनका सबै साधनहरुले कम लाभ पाइरहेका छन् । कम प्रतिफलका कारण ठूलो मात्रामा श्रमिक जन्मथलो छोडेर वाहिरिएका छन् । बाह्य निर्भरता व्यापक छ, देश निरन्तर बढ्दो ऋणको जालमा परेको छ, अनियन्त्रित भ्रष्टाचार छ, चौतर्फी असमानता छ, विनाशकारी रुपमा वातावरणीय ह्रास भैरहेको छ । सबै सूचक/परिदृष्यमा विकृति छ र संकट गहिरिदै गएको छ । पृथ्वीमा स्वर्गको सपना देख्नको लागि सच्याउने पर्ने नीतिगत विषयमा पनि पूर्व प्रधानमन्त्री भट्टराईले विश्व बैंकमा प्रबन्ध निर्देशकलाई सुझाव दिएका छन् । ‘परम्परागत कृषिलाई रूपान्तरण नगरी, पर्याप्त औद्योगिक आधार निर्माण नगरी, प्रशिक्षित श्रमशक्तिलाई देशभित्र कायम नराखी, बाह्य शक्तिसँगको ऐतिहासिक प्रभुत्व-निर्भरता सम्बन्धलाई नसच्याइ तपाईले पृथ्वीमा नयाँ ‘स्वर्ग’को सपना देख्न सक्नुहुन्न’ उनले भनेका छन् । उनको विकासको लागि ४ वटा पिलरबारे पनि सुझाएका छन् । ‘हामीले नयाँ समाजवादी वैकल्पिक आन्दोलन (नेपालको समाजवादी पार्टीको वरिपरि संगठित) मा नेपाल र अन्यत्रको लागि ग्रोथ + इक्विटी + दिगोपन + खुशीको चार आयामी विकास मोडेल प्रस्ताव गरेका छौं ।’

विश्वकप क्रिकेट सेमिफाइनलको टिकट आइएमई पेमार्फत काट्न क्यानको अनुरोध

काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ । मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको हो । नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले अनुरोध गरेको छ । क्यान, क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरेकाले घरमै बसेर खेल हेरी सहयोग गर्न क्यानको अनुरोध छ ।

बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क घुम्न पाइने

काठमाडौं । बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क घुम्न पाइने भएको छ । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले इटालीमा बनेको मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् । यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्याच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउने कम्पनीले जनाएको छ । नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । १८०एस मोडल – जुन विशेष डिजाइन र उत्तिकै आरामदायी छ । टिआरके–२५१ – यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन गरिएको छ । ३०२एस – जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६००आइ – जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्त छ । साथै ७५२एस मोडल – जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जा समेत प्रदान गर्दछ ।

अब कैदीहरुलाई आममाफी दिँदा सरकारले पीडितको राय लिनुपर्ने

काठमाडौं । अब सरकारले कैदीलाई आममाफी दिँदा पीडित पक्षको समेत राय लिनुपर्ने भएको छ । हत्या अभियोगमा आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को आममाफीको विषयमा सुनुवाई गर्दै सर्वोच्चले सो फैसला सुनाएको हो । कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न सर्वोच्चले आदेश दिएको छ । यसरी गर्ने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्रै निर्णय गर्न पनि सर्वोच्चले परमादेश दिएको छ । ‘कैद कट्टी गर्ने र कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारवाही र निर्णय गर्दा कानूननद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरूसहित कानूनमा उल्लेख भएका अन्य शर्तहरू समेतको समुचित रूपमा अनुशरण गरी तथा अवस्थानुसार सार्वजनिक हित, चासो र सरोकारका विषयतर्फ समेत दृष्टिगत गरी सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्नु र यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने’, सर्वोच्चको पूर्ण इजलासले बिहीवार गरेको फैसलामा उल्लेख गरिएको छ । सर्वोच्चको फैसलाको पूर्ण पाठ [pdf id=444259]

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजनामा लिम्बुले जिते १ लाख

काठमाडौं । सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजनामा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जितेका छन् । सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा भएको हाे । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो । जस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १००,००० रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५,००० रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको कम्पनीले जनाएको छ । सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले ५०० रुपैयाँको वालेट टप् अप, २० जना सप्ताहिक बिजेताहरुले जनही २५,००० रुपैयाँ जित्न सफल भैसकेका छन् भने १ जना भाग्यशाली मासिक बिजेताले  १ लाख जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन् । कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।