एसबिआई बैंक र बिजेएनबीच सहज फाइनान्सिङ सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालि (बिजेएन) बीच बैंकको चालू पुँजी आवश्यकताअन्तर्गत फाइनान्सिङ सहज बनाउन सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कर्जा अधिकृत अर्जुन नेपाल र बिजेएनका बजार प्रतिनिधितर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोशले हस्ताक्षर गरे । यस बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
भूकम्प पीडितलाई एक करोड ५० लाख सहयोगको घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिन लागिएको आईएमई ग्रुपले जनाएको छ । गत शुक्रवार राती कणर्ाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने भएका छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हरसम्भव सहयोगका लागि जुटेको बताएका छन् । ढकाल नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । महासंघले जाजरकोट भूकम्प प्रभावितलाई सहयाेग गर्ने महासंघका सबै सदस्य संस्थाहरूलाई अपिल पनि गरेकाे छ । जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सयौंले नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । एक हजारभन्दा बढी मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्बिक विवरणहरु आएका छन् ।
नेपालमा भित्रियो पहिलो हाइड्रोजनबाट चल्ने कार
काठमाडौं । हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार नेपालम भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु)ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन तथा अनुसन्धानकै निम्त केयुले सो कार नेपाल भित्र्याएको हो । विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिँह थापाका अनुसार नेपाल आयल निगमको सहायतामा सो गाडी कोरियाबाट ल्याइएको हो । विश्वविद्यालयले हाइड्रोजन गाडी सँगै रिफ्युलिङ स्टेशन पनि ल्याएको छ । प्राडा थापाले सबैका लागि सो गाडी टेस्ट ड्राइभको लागि खुला भएको बताएका छन् । साथै उनले भव्य उद्घाटन गरेर सो गाडीलाई सञ्चालनमा ल्याउने बताए । विश्वविद्यालयले खरिद गरेर ल्याएको सो गाडीलाई अन्तर्राष्ट्रिय बजारमा झण्डै ८० लाख रुपैयाँ पर्छ । १६१ हर्स पावर क्षमता रहेको उक्त गाडीमा एकपटक हाइड्रोजन भरेपछि ३८० माइल सम्म कुद्न सक्छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्याङ्क र १२० किलोवा क्षमताको मोटर रहेको छ । पछिल्लो समय विश्वभरी नै धेरै चर्चा, अनुसन्धान र परीक्षणको चरणमा रहेको हाइड्रोजन कार अधिक विद्युत् उत्पादनको सम्भावना रहेको नेपालमा उपयोगी हुने अनुमान गरिएको छ ।
भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए। बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।
बिवाइडीले एक महिनामै बेच्यो ३ लाख युनिट इभी
एजेन्सी । चीनको विद्युतीय सवारीसाधन (इभी) उत्पादन गर्ने कम्पनी बिवाइडीले एक महिनामै ३ लाख थान इभी बेचेर नयाँ कीर्तिमान कायम गरेको छ । विवाइडी इभी उत्पादन गर्ने चीनका प्रमुख कम्पनीमध्ये पर्छ । यो अग्रणी चिनियाँ इभी निर्माताले इभी बिक्रीमा नयाँ कीर्तिमान बनाएको हो । कम्पनीले गत अक्टोबरमा ३ लाखभन्दा बढी युनिट बिक्री गरेको छ । रिपोर्टअनुसार यस्तो रेकर्ड राख्ने यो विश्वको पहिलो कम्पनी हो । जसले लगातार छैटौँ महिनाको बिक्रीमा यो कीर्तिमान बनाएको हो । विवाइडीले इभी बजारमा आफ्नो प्रभूत्व कायम राखेको छ । कम्पनीले गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धिदर हासिल गरेको छ । बिवाइडीले अक्टोबरमा ३ लाख १ हजार ९५ युनिट इभी बेचेको छ । यसमा ११ हजार ५ सय युनिट हाई इन्ड डेन्जा इभी समावेश छन्। सीएनईभी पोस्टको प्रतिवेदनअनुसार विश्वस्तरमा हुने निर्यात तथा बिक्रीको कुरा गर्ने हो भने कम्पनीले ३० हजार ५ सय २१ सवारीसाधन बिक्री गरेको छ । यहाँ अर्को तथ्य पनि बाहिर आएको छ । जसमा प्लगइन हाइब्रिड कारभन्दा शुद्ध विद्युतीय कारको बिक्री बढी छ । प्रतिवेदनका अनुसार हाइब्रिड कारको तुलनामा शुद्ध विद्युतीय कार ६० प्रतिशत बढी खरिद भइरहेको छ । जबकि, प्लगइन हाइब्रिड कारमा १९ प्रतिशतको वृद्धि भएको छ । बिवाइडीले सन् २०२३ सम्ममा ३० लाख युनिट इभी बेच्ने लक्ष्य राखेको छ । वर्षको अन्तिम दुई महिना अझै बाँकी रहेकाले कम्पनीले यो कार्यसम्पादन कायम राख्न प्रयास गर्ने छ । इभीको यति ठूलो संख्यामा बिक्रीले भविष्यको यातायातको माध्यम पनि संकेत गर्छ । हाल बिवाइडी इभी बिक्रीमा विश्वको सबैभन्दा ठूलो कम्पनीका रूपमा उदाइरहेको छ। चीनमा बिक्री हुने प्रत्येक पाँच नयाँ कारमध्ये दुई प्लगइन कार छन्। यसको बजार हिस्सा ३९ प्रतिशत पुगेको छ । ७ लाख ७० हजार युनिट इलेक्ट्रिक कारमध्ये ५ लाख कार पूर्णरूपमा इलेक्ट्रिक कार थिए भने २ लाख ५० हजार कार हाइब्रिड थिए। विश्वस्तरमा पनि चीन इभी उत्पादन र बिक्रीमा अगाडि छ । इभीको विश्वव्यापी बिक्रीको ६० प्रतिशत चीन एक्लैले ओगटेको छ।
हुवावेले २०२३ को पहिलो तीन त्रैमासिकको व्यापार परिणाम गर्यो घोषणा
काठमाडौं । हुवावेले आईतबार २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा, हुवावेले सीएनवाई ४५६.६ बिलियन राजस्व आर्जन गर्यो, वार्षिक रूपमा २.४ प्रतिशतको वृद्धि र १६.० प्रतिशतको खुद नाफा मार्जिन संगरहेको कम्पनीले जनाएको छ । ‘कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप छ, म हाम्रा ग्राहकहरू र साझेदारहरूलाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु। अगाडि बढ्दै, हामी हाम्रो व्यापार पोर्टफोलियोको अधिकतम बनाउन र हाम्रा उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइहरूमा लैजान आर एण्ड डीमा हाम्रो लगानी बढाउन जारी राख्नेछौं’, हुवावेका घुम्ती अध्यक्ष केन हुले भने । २०२२ मा, हुवावेले अमेरिकी डलर ९३.५ बिलियन राजस्व र अमेरिकी डलर ५.२ बिलियन (लगभग) खुद नाफा कमाएको थियो। हुवावेले २०२२ मा अमेरिकी डलर २३.५ बिलियन को वार्षिक खर्च संग, कम्पनी को वार्षिक राजस्व को २३.५ प्रतिशतको प्रतिनिधित्व संग अनुसन्धान र विकासमा आफ्नो लगानी सुदृढ गर्न जारी राख्यो र विगत दस बर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च अमेरिकी डलर १४२.३ बिलियन भन्दा बढि ल्याएको जनाएको छ ।
आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर वितरणपश्चात् हुन आउने पुँजीमा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।
समृद्धि फाइनान्सको पुतलीसडक शाखाद्धारा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सको पुतलीसडक शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाडांैको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु, तथा डस्ट्प्यान उपलब्ध गराएको छ । साथै समृद्धि फाइनान्सले कार्तिक १९ देखि २५ गते सम्म २२ औ वार्षिकोत्सव हप्ता मनाईरहेको छ । यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रहरु गर्ने जानकारी गराएको छ । कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई कार्यक्रम र कार्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल ¥याली गर्ने जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।