
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालि (बिजेएन) बीच बैंकको चालू पुँजी आवश्यकताअन्तर्गत फाइनान्सिङ सहज बनाउन सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका कर्जा अधिकृत अर्जुन नेपाल र बिजेएनका बजार प्रतिनिधितर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोशले हस्ताक्षर गरे ।
यस बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।