काठमाडौं । सरकारले घरेलु मदिरालाई खुला रूपमा बिक्री वितरण गर्न दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर शुनिश्चत गरि नियन्त्रित उत्पादन ब्राण्डिङ र निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
उनका अनुसार गोरखा एग्रो पार्क, सुदूरपशिचम प्रदेशमा मेगा फूड पार्क, कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
यस्तै, दैलेखमा पेट्रोलियम पदार्थ अनुसन्धान प्रक्रिया आगामी आर्थिक वर्ष सम्पन्न गरिने उनले बताए । हलिडवूड र बलिवूड चलचित्र छायाङ्कन नेपालमा गर्न दिने गरी सहज व्यवस्था गरिने उनको भनाइ छ ।